सेतिमादी साँगितिक सौगातको सम्पुर्ण तयारी पुरा


कोरियाली नयाँ वर्ष सलनालको दोस्रो  दिन (फेब्रुअरी-८) मा तनहुँ सम्पर्क समिति कोरियाले गर्न गईरहेको “सेतिमादी साँगितिक सौगातको” सम्पुर्ण तयारी पूरा भएको जनाएको छ।

 

गत आइतबार बसेको मूल आयोजक समितिको बिशेष भेलाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । कार्यक्रम लाई  सभ्य र भव्य बनाउनको निमित्त कुनै पनि कसुर बाँकि नराख्ने बताउदै कार्यक्रम संगितमय बनाई सम्पुर्ण दर्शकलाई भरपुर  मनोरञ्जन दिलाउने कार्यक्रम संयोजक श्री ललित थापाले जानकारी दिए ।

 

कोरियाको ऐतिहासिक कार्यक्रम बनाउनको निमित्त कुनैपनी कुरामा कन्जुस्याइँ नगरी समिती लागि परेको र आवश्यक परेको खण्डमा जिम्मेवार हेरफेर गरि सम्पुर्ण उपस्थित दर्शक हरुलाई बढी भन्दा बढी मनोरञ्जन दिने कुरामा आफु बिस्वस्थ रहेको संस्थाका अध्यक्ष  जगत थापाले जानकारी दिए ।

 

कार्यक्रमले भरपुर मनोरञ्जन दिलाउन सक्ने भएको हुँदा कोरियाको अत्यन्तै व्यस्त समयको बाबजुद हामिले पाउने छोंटो बिदालाई रमाईलो र संगीतमय बनाई व्यतीत गर्नको निमित्त सेतेमादी कार्यक्रमले सहयोग गर्ने र कोरियाको सम्पुर्ण वेबसाईट, संजाल लगाएत विभिन्न शहर हरुमा प्रचार-प्रसार गरिसकेको र सम्बन्धित साथिहरुले पनि आ-आफ्नो तरिकाबाट प्रचार-प्रसारमा सहयोग गरि सेतिमादी कार्यक्रममा सम्पुर्णलाई सहभागी हुनको लागी सहज वातावरण बनाइदिनु हुन संस्थाका महासचिव तथा कार्यक्रम प्रचारप्रसार बिभाग प्रमुख सुनिल मल्लले अनुरोध गरेका छन् ।

 

 

 

भव्य रुमपा सम्पन्न हुन गईरहेको सेतिमादी साँगितिक सौगातमा उपस्थित भई साँगितिक माहोलमा नाच्ने गाउने हाँस्ने रमाउने अवसरलाई नगुमाउनु हुनको लागि सम्पुर्ण कोरियावासी संगितप्रेमी दर्शक महानुभाव हरुलाई अनुरोध गर्दै, परोपकारी कार्यमा समर्पित कार्यक्रमलाई सभ्य र भब्य तवरले सफल बनाईदिनको लागि कोरियामा स्थापित सम्पुर्ण राजनितीक दल, क्षेत्रीय तथा जातीय संग-संस्था, ब्यापारी बुद्धिजीवी, पत्रकार, बिधार्थी लगाएत सम्पुर्ण नेपाली जनसमुदाय हरुलाई समितिले अनुरोध गरेको छ।

 

कार्यक्रम हुने मिति- फेब्रुअरी-८ तारीख सोमबार

समय – दिउँसो ठिक – १२ बजे

स्थान – जुङ्नो ओ गा स्टेशन गेट नम्बर २,३ बाट हिडेर मात्र ५ मिनेट

(दुङ्देमुन बाट हिँडेर १०-१५ मिनेट) बाटो देखाइने छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...