Advertisement
SKIP THIS

कोरियामा फिल्म फ्रिसी प्रदर्शन हुने


सोल-तमु धीँ दक्षिण कोरियाको आयोजनामा कोरियामा गुरुङ फिल्म फ्रिसी (युवा) प्रदर्शन हुने भएको छ । धीँले सञ्चालन गरीरहेको तमु हाउस ब्यवस्थापनको सहयोगार्थ उक्त फिल्म दक्षिण कोरियामा प्रदर्शन गर्न लागिएको तमु धीँका वरिष्ठ उपाध्यक्ष तथा फ्रिसीका निर्माता प्रितम गुरुङले जानकारी दिए ।

 

 

विभिन्न परिस्थितिले अभिभावकहरु देश बाहिर हुँदा तिनका बालबच्चाहरुमा पार्ने असरहरु, छोराछोरीले खोज्ने अभिभावकको साथ, बिस्तारै युवाअवस्था प्रवेश गरेपछि उनीहरुमा पैदा हुने मातृभुमीप्रतिको माया र बिदेशमा हुने अभिभावकहरु आफ्नो सन्तान, घरपरिवारदेखि टाढा हुँदाको पिडालाई फिल्ममा समेटिएको निर्माता रिता गुरुङले बताए । “फ्रिसी गुरुङ संस्कृतिमा आधारित रहेर निर्माण गरिएको फिल्म हो । नेपाली समाजमा हाल ब्यप्त  बिदेशिने प्रवृत्तिले अभिभावक र सन्तानहरु बिचको दुरी, सोच र स्वदेशमै केहि गर्नुपर्छ |” भन्ने कथावस्तुलाई यो फिल्मले प्रस्तुत गर्न लागेको उनले बताए ।

 

 

फिल्ममा तमु र नेपाली भाषाको मिश्रण रहेको हुँदा  तमु लगायत गैर तमु सबै नेपाली दाजु-भाई दिदी-बहिनीहरूले हेर्न सकिने कुरा निर्माता प्रितम गुरुङले जानकारी दिंदै थेगु र बुसान क्षेत्रमा पनि  उक्त फिल्म प्रदर्शन गर्ने बताए ।

 

 

 

ह्वाइट लोटस स्टुडियो पोखराको प्रस्तुति रहेको उक्त फिल्मलाई युग बहादुर गुरुङले निर्देशन गरेका छन । गुरुङकै परिकल्पना तथा कथा रहेको फ्रिसीको निर्माताहरुमा प्रितम गुरुङ (द. कोरिया) , टोप गुरुङ (द. कोरिया), रिता गुरुङ (द. कोरिया ) र सरिता गुरुङ  (द. कोरिया) रहेका छन । प्रतीक गुरुङ र धन माया गुरुङ्को मुख्य भुमिका रहेको यो फिल्म फेब्रुअरी २८ तारिखमा याक्सु हलमा प्रदर्शन गरिने भएको छ ।

 

 

गत जनवरी २४ तारिख आईतबारका दिन धींका अध्यक्ष प्रदीप तमुको अध्यक्षतामा बसेको बैठकले फिल्म प्रदर्शन गर्ने निर्णय गरेको थियो साथै उक्त बैठकमा गत जनवरी ३ तारिखमा मनाईएको तमु ल्होछार/ल्होसार कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा  सहयोग गरि भव्यरुपमा सफल पारिदिएकोमा कोरियाका सम्पूर्ण संघ-संस्था तथा तमुलगायत अन्य सबै नेपाली दाजु-भाई दिदी-बहिनीहरूमा तमु धीं दक्षिण कोरियाले हार्दिक धन्यवाद ब्यक्त गरेको छ। बैठक धीँका सचिव हिमांशु गुरुङले सन्चालन गरेका थिए ।

 

 

स्थान :- याक्सु हल

मिति :- फेब्रुअरी २८, आइतबार

समय:- दिउँसो १ बजे

सम्पर्क :- प्रितम गुरुङ निर्माता

कोरिया प्रदर्शन

संयोजक ०१०-३४६३-५५३२

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...