Advertisement
SKIP THIS

कोरियामा मगर जातिले माघी भब्य मनाए


सोल-नेपाल मगर सङ्घ दक्षिण कोरियाले सउलमा  आयोजना गरेको मगर – माघे सक्रान्ती विशेष कार्यक्रम अत्यन्त सफलता पुर्वक सम्पन्न भएको छ ।

 

नेपाल मगर संघ दक्षिण कोरियाका अध्यक्ष खड्ग थापा मगर ज्यूको सभापतित्वमा सँचालन भएको  उक्त कार्यक्रमको प्रमुख अतिथी भने नेपाली राजदुताबास दक्षिण कोरियाबाट श्रम सहचारी अनिल गुरुङ्ग ज्यूले गर्नु भएको थियो ।

magar1

विशेषत: यो अत्यन्त चिसो मौसम अनि कार्य ब्यस्तताको बाबजुद पनि आफ्नै कार्यक्रम सम्झी पाल्नुहुने सम्पुर्ण संघ सँस्थाका प्रतिनिधि ज्यू हरु , विशिष्ठ, ब्याक्तित्वहरु,समाजसेवी, राजनैतिक भात्री सँगठनका मित्रहरु,साथै  पत्रकार मित्रको पनि बाक्लो उपस्थिति रहेको थियो ।

 

माघे सक्रान्ती, खासगरी यो पर्व हिउँदे अनिकाल र उँधेउली जीवन पार गरी खुशीयालीका साथ बाँच्न पाउने परिकल्पना सहित हराभरा उभेउली जीवनमा प्रवेश गरेको खुशीयाली एवम् उत्सवको रुपमा माघे संक्रान्ति मनाइन्छ । यस चार्डमा खासगरी धनुष वाण खेल्ने, छेलो हान्ने, वनको तरुल भ्याकुर, कन्दमुल र माछा मासु बनाइ खाने, सेल रोटी,मासको बारा (बट्टुक), मासको दाल भात घ्यु र नून एकै ठाउँमा पकाइ खिचडी बनाउने, खिचडी पितृ पिण्डो दिने, छोरी चेलीबेटी, इष्टमित्रहरुलाई बोलाउने र मिठो चोखो खाने परम्परा छ ।

 

magar4

उक्त कार्यक्रमको  अबसरमा एकीकृत सृजनशिल अनाथलाय नेपाललाई मगर सङ्घ कोरियाका अध्यक्ष खड्ग थापा मगर , प्रमुख अतिथी अनिल गुरुङ्ग, आदिबासी जनजाति महासँघ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान लगायत विभिन्न संघ सँस्थाबाट पाल्नु भएका विशिष्ट ब्यक्तित्वहरुको उपस्थितिमा एकीकृत सृजनशिल अनाथलय कोरियाकि सँरक्षक श्रीमती सुभद्रा राई पालुङ्गवा ज्यूलाई नेपाली रु.१,००,००० (अक्षयरुपी एक लाख रुपैयाँ मात्र) हस्तान्तरण गरेको थियो । साथै जेजु कम्युनिटी ग्रुपकि(जेजु-दो) सँयोजक समेत रहेकी अनाथलयकी संरक्षक राईलाई नेपाल मगर सँघ कोरियले मगर-पछ्यौरा(घलेक)ले ओढाइ सम्मान पनि गरेको थियो ।

 

उक्त कार्यक्रममा विशेष सहयोग गर्नु हुने हल ब्यबस्थापनमा एनआरएनआइसीसी प्रतिनिधि बिनोद कुंवर ज्यु, कलाकार स्पोन्सर र ब्यबस्थापनमा ओम नारायण जुग्जाली मगर ज्यु, खानेकुरा ब्यबस्थापनमा NRNA कोरियाका  महासचिब तथा ब्यबसायी दीपक पुनमगर ज्यु लगायत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण आदरणीय महानुभाब हरुमा मगर सङ्घ कोरियाले बिशेष आभार प्रकट अनि साधुबाध ब्यक्त गरेको छ ।

 

 

उक्त  मगर- माघेसक्रान्ती विशेष कार्यक्रमको लागी आउनु भएकी राष्ट्रिय लोक दोहोरी कलाकार सुश्री अमृता लुङ्गेली मगर ज्यूको अत्यन्त राम्रो दोहोरी  गीतहरुको गायन अनि स्थानिय कलाकारहरुको गायन अनि नृत्यको बेजोड प्रस्तुतीले कार्यक्रम हलमा अत्यन्त चिसो मौसमको बाबजुद पनि गरमागरम छाएको थियो ।

 

मगर जातीको परम्परा अनुसार पहिले खानपिन औपचारिक कार्यक्रम अनि रमाइलो कार्यक्रमको ब्यबस्था गरि तीन चरणको  कार्यक्रम  दक्षिण कोरियामा नौलो अनि ब्यबस्थित भएको कुरा आगन्तुक पाहुनाहरुको सकरात्मक बिश्लेषण रह्यो ।

magar5

कार्यक्रमको तयारी देखि कार्यक्रम अबधी भर साथ दिनु हुने सम्पुर्ण  चेलीबेटी, मित्रबन्धु अनि मगर तथा गैर  मगर दाजुभाइ तथा दिदीबहिनीहरु अनि सम्पुर्ण स्थानीय कलाकारहरु प्रती नेपाल मगर सँघ कोरियाले विशेष धन्यबाद ब्यक्त गरेको छ ।

 

उक्त माघे सक्रान्ती विशेष औपचारिक कार्यक्रम संघका महासचिब सुब्बा रानामगर ज्यूले सन्चालन गर्नु भएको थियो भने अनौपचारिक एबम् साँस्कृतिक कार्यक्रम द्वय स्नीका थापा मगर र के.बी पुन मगर ज्यू ले सन्चालन गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...