महत उत्कृष्ट अर्थमन्त्री कसरी ?


हिजो बेलायतको पत्रिका द बैँकरले नेपालीहरुलाई अचम्मित पार्ने गरि एउटा समाचार प्रस्तुत गर्‍यो डा. रामशरण महत ‘एसिया प्रशान्त क्षेत्र र बिश्वकै उत्कृष्ट अर्थमन्त्री’ भनी । प्रजातन्त्रको स्थापना पछि पटक पटक देशको साँचो हातमा लिईसकेका डाक्टर महत नेपाली जनता माझ भने ठिक उल्टो असफल अर्थमन्त्रीका रुपमा चिनिदैँ आईरहेका छन |

 

देशमा गत बैशाखमा गएको बिनाशकारी भुकम्प र त्यसपछि निरन्तर आएको पराकम्पले देश तहसनहस भैरहेको बेला उनै महत अर्थमन्त्रीको पदमा आसिन रहेका थिए । मुलुकलाई पिडाबाट माथी उकास्नु थियो र असारमा दाता सम्मेलन गरि प्रशस्तै पैसा दातासंगै माग्न पनि सफल भए उनले यसैलाई आधार मानेर द बैंकर पत्रिकाले उनलाई उत्कृष्ट घोषण गर्न योग्य ठान्यो ।

 

 

ठिक त्यही बेला उनी बदनामको फन्दामा परेको बेलायती पत्रिकाले देखेन छ क्यारे । भुकम्प पीडित जनतालाई वितरण गर्न भने लागेको त्रिपाल र जस्तापाता बेच्ने अर्थमन्त्री उत्कृष्ट हुँदा भुकम्पबाट घरबार बिहिन भएर पुस माघको कठ्याङ्ग्रीने जाडोमा पनि त्यही टहरामा कष्टकर जीवन बिताइरहेकाले के सोचे होलान । अकुत सम्पत्ति कमाउने कुबुद्धी नपलाएको भए कमसेकम त्यो घोटाला गरेको त्रिपाल र जस्तापाताले रातको शीत त मत्थर पार्थ्यो नि । अहिले अर्थमन्त्री डा. महत छैन तर त्यो काण्डले र हिजोको समाचारले उनी माथी यी प्रश्नहरु तेर्सिने थिएन भनेर सायदै कल्पना गर्ने होलान् यो देशमा ।

 

असफल अर्थमन्त्रीको पहिलो नम्बर मै डाक्टर महतको नाम आउँछ । उनी अर्थमन्त्री हुँदा पनि खासै जनता लक्षित नीति कार्यक्रमहरु ल्याउन नसकेर आलोचित भएकै थिए । आलोचनै आलोचनाको जन्जिरमा बाँधीएको ब्यक्तिलाई कसरी उत्कृष्ट भन्न सक्लान नेपाली जनताले?

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...