कोरियामा ‘मान्छेहरु तडपिएर’ र ‘यस्तो स्वार्थी संसारमा’ सार्वजनिक


दक्षिण कोरियाः केही समय यता कोरियामा नेपाली म्युजिक भिडियो बन्ने क्रम तिब्र गतिमा बढेको छ । कोरियाको सफा र सुन्दर शहर अनि यहाँका आकर्षक स्थलहरु नेपाली म्युजिक भिडियोमा छाउन थालेका छन् ।

कामको व्यस्तताका वावजूद पनि कोरियाको सुन्दरतालाई प्रतिभाशाली युवाहरुले आफ्नो सिर्जनासँगै अभिव्यक्त गरिरहेका छन् । त्यसैले त यतिखेर सृर्जनात्मक युवा कलाकारहरुले नेपाली म्युजिक कम्पनीहरुको मन जितेका छन् । समय अभाव, अपुग प्राविधिक उपकरण अनि नेपालको तुलनामा बढी खर्च हुँदाहुँदै पनि नेपालकै जति लगानीमा उत्कृष्ट भिडियो निर्माण गर्ने काममा लागेका छन् नेपाली युवा प्रतिभाहरु ।

यीनै प्रतिभाशाली युवामध्ये एक हुन्,सहदेव भट्ट । सुदुरपश्चिम बैतडीका सहदेव यतिखेर कोरियामा बन्दै गरेको म्युजिक भिडियोमा छाइरहेका छन् । आधा दर्जन म्युजिक भिडियोमा आफ्नो प्रतिभा प्रस्फुटन गरिसकेका भट्टद्धारा निर्देशित एवं अभिनित म्युजिक भिडियो अहिले सर्वाधिक चर्चामा आएको छ ।

सेन्टिमेन्टल आधुनिक गीत र गजलहरुमा बर्चस्व कायम गरेका गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘मान्छेहरु तड्पिएर रुन्छन् यहाँ किन होला’ म्युजिक भिडियो सार्वजनिक भएसँगै यतिखेर सहदेवलाई धेरै म्युजिक भिडियोमा अफर आइरहेको छ । ‘म थोरै गर्छु तर राम्रो गर्छु,’ उनी भन्छन् ।

वैदेशिक रोजगारीको शिलसिलामा कोरिया आएका भरत सुवेदीको शब्द र डी आर अटुको संगीत रहेको खरेलको उक्त गीतमा सहदेव भट्टलाई साथ दिएकी छिन् कोरियाकी अर्की चर्चित मोडेल गंगा खतिवडाले । कोरियाको विभिन्न ठाउँमा फणिन्द्र भण्डारीले छायांकन गरेको उक्त म्युजिक भिडियोको सम्पादन भने टेकेन्द्र साहले गरेका छन् । यहि गीतबाट निर्देशनमा समेत लागेका सहदेवले यो भन्दा पहिले पनि केहि आधुनिक गीतहरुमा अभिनय गरिसकेको छन् । उनी अभिनित म्युजिक भिडियो सार्वजनिक हुने क्रममा रहेको छ । त्यस्तै अर्का मोडेल गंगा खतिवडा कोरियामा स्थापित र सर्वाधिक रोजाइको मोडेलमा पर्छिन् ।

 

अंग्रेजी साहित्यमा स्नातक सहदेव पछिल्लो समय कोरियामा धेरै म्युजिक भिडियो बन्दै गरेकोमा खुशी व्यक्त गर्छन् । भन्छन्, ‘तर गुणस्तरीय एकदमै कम छन् ।’ गुणात्मक भन्दा गुणस्तरलाई ध्यान दिए राम्रा म्युजिक भिडियो बन्न सक्ने उनको कथन छ । थोरै गर्ने तर राम्रो गर्ने सोचमा रहेका सहदेव खर्च बढी लागेपनि आर्कषक लोकेसनका कारण नेपाली म्युजिक भिडियोको कोरियामा भविष्य राम्रो रहेको बताउँछन् । भन्छन्, ‘हाम्रो टिमले नेपालकै लगानीमा बनाउने गरेका छौं । भिडियोको संख्या बढाउने रहर छैन गुणस्तरीय बनाउनेमा जोड दिन्छु ।’

received_974631479277694
त्यस्तै भर्खरै कोरियामा सार्वजनिक गरिएको अर्को नेपाली म्युजिक भिडियो हो फडिन्द्र भण्डारी अर्पणको ‘यस्तो स्वार्थी संसारमा’ । गीतकार भण्डारीको लय संकलन रहेको उक्त गीतमा इतु जोजिजुको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियोमा कलाकार गंगा खतिवडा, आर्यनबिक्रम शाही र स्नेहा लामाले अभिनय गरेका छन् । गीतको छायांकन कोरियाका विभिन्न रमणीय स्थलहरुमा गरिएको छ । उक्त गीतलाई जोजीजु इन्टरटेन्मेन्टले बजार व्यवस्थापन गरेको हो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...