राजदूत लामाले गरे ‘ढुकुटीको दोहन’


सोल: दक्षिण कोरियाका लागि नेपाली राजदूत कमानसिङ लामाले आफ्नो निवासको भाडा वास्तविकभन्दा बढी देखाएर मासिक दुई लाखभन्दा बढी नेपाली रुपैयाँ अनियमितता गरेको दूतावास स्रोतले आरोप लगाएको छ।

 

 

राजदूत निवासका लागि मासिक भाडादर ५० लाख वन दिनेगरी सन् २०१३ मा दूतावास र त्यहाँको एक निजी कम्पनी (फुदोंगसान) बीच सम्झौता भएको थियो। राजदूत लामाले भने परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई मासिक भाडादर ७५ लाख वन बुझाइरहेको सम्झौता देखाएर सरकारी ढुकुटीको अनियमितता गर्दै आएको स्रोतले बताएको छ।

 

 

मासिक २५ लाख वन (दुई लाख २५ हजार रुपैयाँभन्दा बढी) सरकारी रकम उनले घुमाउरो बाटोबाट आफैंले लिने गरेको आरोप छ। सोलस्थित दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार राजदूत निवासको भाडादर ७५ लाख वन छ।

 

 

सन् २०१३ अप्रिलमा दूतावास सरेपछि सोही महिना व्यक्तिगत प्रयासमा लामाले आफ्नो निवास भाडामा खोजेका थिए । राजदूत लामाले फुदोंगसान (घर वा फ्ल्याट भाडामा खोजिदिने कार्यालय) का माध्यमबाट घरभाडा निश्चित गरेका थिए।

 

 

होन्ना मदोंगमा रहेको दूतावासलाई सन् २०१३ अप्रिलमा संग्बुकदोंग सारिएको थियो। दूतावाससँगै जोडिएको घर राजदूत लामाले आफ्नो निवासका लागि भाडामा टुंगो लगाएका थिए। स्रोतका अनुसार भाडाबापतको ७५ लाख वन फुदोंगसानको खातामा पठाउने गरिएको छ जसमध्ये २५ लाख वन फुदोंगसानले ‘राजदूतको मान्छे’ खातामा जम्मा गर्ने गरेको छ।

 

 

सुरुका केही महिना राजदूत लामाले एक नेपाली युवाको खातामा उक्त रकम जम्मा गर्न लगाई बुझ्ने गरेका थिए। ती युवामार्फत रकम बुझ्दा गोप्यता चुहिनसक्ने आशंकामा आफ्नै भतिजी पूजा लामाको बैंक खातामा डिपोजिट गर्न लगाई उनीमार्फत रकम बुझ्ने गरेको स्रोतको दाबी छ।

 

 

पूजाले कोरिया छोडेकाले फिर्ता रकम हालका महिनामा कोरियन नागरिक मियोंन्गमार्फत राजदूतले बुझ्ने गरेका छन्। मियोंन्गले राजदूतसँग मिलेर एमआरपी बनाउन फोटो स्टुडियो सञ्चालन गरेका थिए । एमआरपी बनाउने घटेकाले स्टुडियो बन्द भयो भने मियोंन्गले दूतावासमै नियुक्ति पाए।

 

 

बाबुराम भट्टराई प्रधानमन्त्री छँदा लामा एमाओवादी कोटाबाट राजदूत बनेका हुन् । सन् २०१२ मेदेखि कोरियाको राजदूत बनेका लामाको कार्यकाल पाँच महिना बाँकी छ।लामाले अन्नपूर्णसँग भाडाबापत रकम अनियमितता गरेको आरोपमा सत्यता नरहेको बताए।

 

 

‘मलाई दूतावास भवन, निवासको भाडा कति छ भन्ने समेत थाहा छैन। सबै दूतावासका कर्मचारीले गर्छन्। कसैले म माथि हावादारी आरोप लगाएको हो, कुनै अनियमितता गरेको छैन,’ हाल काठमाडौंमा रहेका लामाले अन्नपूर्णसँग भने। राजदूत लामाले सरकारको एक रुपैयाँ पनि अनियमितता नगरेको दाबी गरे।

 

 

‘केही व्यक्तिहरू मेरो प्रतिष्ठा गिराउन किन लागेका हुन् ? मैले बुझ्न सकेको छैन,’ उनले भने। आरोप प्रमाणित भए आफू कारबाही भोग्न तयार रहेको उनले बताए।उनले फुदोङसानले स्थानीय कर्मचारी मियोन्गमार्फत आफ्नो नाममा पैसा पठाइरहेको भन्ने आरोपमा सत्यता नरहेको बताए।

 

 

‘मलाई बदनाम गराउन यस्ता कुरा गरिएका हुन्’, उनले भने। उनले आफ्नो निवासमात्र नभएर दूतावास कार्यालय (चान्सरी), उपनियोग प्रमुखको कार्यालयलगायत भवन फुदोंगसानमार्फत भाडामा लिइएको बताए।

 

 

उनले भने, ‘दूतावासमा त्यतिबेला उपनियोग प्रमुख र अन्य कर्मचारी सम्मिलित एक समितिको सामूहिक निर्णयबाट भवन भाडामा लिइएको हो।’ उनले मियोन्गलाई स्थानीय कर्मचारीका रूपमा दूतावासमा भर्ना गरिएको बताए।

 

 

‘पूजा लामा मेरो धर्मपुत्री भएकाले कोरिया लगेको हुँ। उनी मकहाँ बसेकी हुन्। अहिले अमेरिकामा छिन्। उनको नामको खातामा फुदोङसानले उक्त २५ लाख रकम बुझाउने गरेको भन्ने कसैले आरोप लगाउँछ भने त्यो मूर्ख हो। म पूजाको सबै बैंक अकाउन्टको विवरण उपलब्ध गराउन तयार छु,’ राजदूत लामाले भने।-अन्नपूर्ण पोस्ट  दैनिक

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • हर्क साम्पाङ श्रम अभियानका लागि १ करोड १३ लाख वन संकलन
  • मगर समुदायको मौलिक चाड भुम्या पूजा १७ र १८ तारिखमा हुने
  • विश्व जनदिवसमा ख्यङनाम प्रान्तबाट नेपाल र श्रीलंका सम्मानित
  • घेदुङ कोरियाको अधिवेशन सम्पन्न : अध्यक्षमा राजकुमार स्याङतान
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...