“न्यानो मायाँ” संकलन गर्दै बिबेकशील नेपाली कोरिया


 

सोल/कोरिया- बिबेकशील नेपाली कोरियाले “न्यानो मायाँ” संकलनको अभियानमा सहयोग गरिदिनु हुन सम्पूर्ण कोरियाबासी नेपाली समुदाय लाई हार्दिक अपिल गरेको छ ।

 

बिबेकशील नेपाली कोरियाले आज एक अपिल जारी गर्दै सो आहवान गरेको हो । “ हाम्रो देश नेपालमा महाभूकम्प तथा भारतीय अघोषित नाकाबन्दीबाट कष्ठकर बनेको जिबन सामान्य बन्न नपाउदै हरेक वर्ष झैँ यस बर्ष पनि अत्याधिक जाडोको कारण बालबालिका तथा वृद्बृदा हरुले ज्यान गुमाउनु परेको खबरले हामी स्तब्ध भएका छौ ।” जारी गरीएको अपिलमा भनिएको छ  ।

bbek

 

साथै अपिलमा भनिएको छ । “नेपाल सरकारले बर्षेनी रुपमा आईपर्ने दु:खद बिपत्तिहरुको लागी गर्नुपर्ने पुर्बतयारी  तथा उद्दार कार्यहरु प्रभाबकारी नभएको अवस्थामा भूकम्प तथा शीतलहर प्रभावित क्षेत्रहरुमा बिशेष गरी बालबालिका तथा वृद्बृदालाई बढिरहेको अत्याधिक चिसो बाट जोगाउन “बिबेकशील नेपाली दल” ले  न्यानो मायाँ अभियान मार्फत पुराना तथा नयाँ  कपडाहरु संकलन तथा वितरण कार्य गरिरहेको अबगत गराउन चाहन्छौं ।”

 

“न्यानो मायाँ” संकलन अंतरगत यहाँ हरु संग भएको उपयोग गर्ने मिल्ने कम्बल,ज्याकेट,टोपी,पन्जा र अन्य न्यानो कपडा हरु सहयोग गर्न सकिने छ । साथै आर्थिक सहयोग पनि गर्ने सकिने छ ।

 

विवेक

 

द. कोरियामा बिभिन्न पेशा,व्यापार,ब्यबसाय र रोजगारको शिलशिलामा रहेका नेपाली समुदाय लाई सहयोग गर्न आहवान गरिएको छ ।

 

नेपालमा बिबेकशील नेपालीले “न्यानो मायाँ” संकलन अन्तर्गत हाल सम्ममा चितवन, नवलपरासी,बारा,झापा र काठमाण्डौमा संकलन गरिएको कम्बल,ज्याकेट,लगाएतका न्यानो कपडा बितरण गरिसकेको छ ।  अन्य जिल्ला हरुमा “न्यानो मायाँ” संकलन गरी वितरण गर्ने बिबेकशील नेपाली दलले जनाएको छ  ।

 

 

आर्थिक सहयोगको लागी                                                                                  अर्थ संकलन सहयोग तथा सुझाब

सुब्बा खगेन्द्र ०१०-४८६५-३३०६                                                                         कमल प्याकुरेल-०१०-५९६९-५३५७

हाना बैंक -०८१                                                                                                   दुर्गा फुयाल-०१०५७०९-३१४४

अकाउन्ट नं (४६८९१-०२५८-५१५०७)                                                                   हेमन्त मिश्र -०१०-६४४५-३२५१

सन्तोष खतिवडा -०१०-७४५९-८४५४

इश्वर बान्तवा -०१०-६४६४-०८४२

हिरा क्षेत्रि   -०१०-२१४३-०४४०

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...