कोरियामा चमक्दै गरेका प्रतिभाशाली नेपाली युवाहरु


12421685_10208468112886186_212330134_n

 

 

 

 

सोल – सन् २००८ मा कोरिया सरकार नेपाल बीच रोजगार अनुमति प्रणाली ( ईपिएस प्रणाली) लागु भए पछि कोरिया आउने नेपालीको संख्या ह्वात्तै बढयो | अहिले कोरिया ३५ हजारको हाराहारीमा नेपालीहरु छन् | कोरियाको दिन रात काम त्यसै माथि १२ देखि १६ घण्टा काम गर्नु पर्ने बाध्यता हप्ताको एक दिन बिदा | बिदाको दिन कसैले साथी भाई भेटेर मनाउछन त कसैले घुमेर कसैले आफ्नो प्रतिभा प्रष्फुटन गर्न यहि बिदाको समय सदुपयोग गर्छन | कोरियामा पछिल्लो समय कला र संगीत क्षेत्रमा लागेर थुप्रै प्रतिभाशाली युवाहरुले आफ्नो छुट्टै परिचान बनाउदै आएका छन् |

 

 

 

 

अशोक थुलुङ ( गायक)

 

 

७ बर्ष अघि ई सेभेन भिसामा कोरिया आएका थुलुङले नेपाल छदा नै ”गुन्द्रुक किनिमा” बोलको गीत २०५८ सालमा रेकर्ड गराएका थिए | सुर साधना कला केन्द्रमा गुरु कैलाश राईवाट ३ बर्ष संगीत शिक्षा लिएका थुलुङले अहिलेसम्म २७ वटा गीतमा स्वर भरि सकेका छन् | २०५९ सालमा ” अनुभव” नामक पहिलो एल्वम बजारमा ल्याएका थिए भने २०६७ सालमा दोस्रो एल्वम ” फिलिङ” ल्याएका थिए | उक्त एल्वमको” जाली रुमाल” बोल रहेको गीतको म्युजिक भिडियो स्वर्गीय आलोक नेम्वाङले निर्देशन गरेका थिए | जुन गीतले दर्शक तथा स्रोताहरुको मन जित्न सफल भएको थियो | मेहनत र ईमान्दारसाथ संगीतमा लाग्न सके दाम र दाम दुवै भएको बताउदै थुलुङले कोरियाको ब्यस्त कामको बावजुत पनि संगीत क्षेत्रमा लाग्नु निकै कठिन कार्य भएको तर   जहाँ ईछ्या त्यहाँ उपाय पनि निस्कने अनुभव सुनाउछन |

 
सिपी मगर ( गीतकार / गायक )

 

 

 

ईपिएस मार्फत दोस्रो पटक पूण कोरिया आएका सिपी मगरले दुई दर्जन जति गीतमा शब्द लेखेका छन् | उसो त उनि गायक पनि हुन् ”डाडै लाकुरी” बोलको गीतवाट गायन क्षेत्रमा डेब्यु गरेका छन् | मगरकै सक्रियतामा बिसौनी समुह गठन गरेर नेपाली कला सस्कृति झल्कने लोक धुन कोरियनहरु माझ चिनाउदै मौका पनि जुराएका छन । बिसौनी समुहले कोरियाको चाडहरु चुसक र सलनालमा बिभिन्न नेपाली संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रममा नेपाली लोक धुन सुनाउदै आएको छ | संगीतमा लाग्ने प्रेरणा घर परिवार र साथीभाईबाट मिलेको बताउने सिपीलाई बिमा कुमारी दुराको ‘गाउ शहरमा लम्जुङ दरबार’लोक गीत निकै मन पर्छ रे उसो त उनलाई भगवान भण्डारी र बिष्णु माझीको स्वर अरुको भन्दा अब्बल लाग्ने गरेको पनि सुनाए । उनी देश बिदेश जहाँ भए पनि गीत संगीतबाट टाढा रहन नसक्ने सुनाए । उनले केहि म्युजिक भिडियोहरु पनि निर्देशन गरेका छन् |

 
डिआर अटु ( संगीतकार )

 

 

 

 

४ बर्ष अघि ईपिएस प्रणालीवाट कोरिया आएका अटु अहिले कोरियाको दिन र रातको काम गरेर बचेको समयमा संगीत सृजना गर्नमा ब्यस्त छन् | कोरियाको १२ / १४ घन्टे काम गरेर बचेको समयमा सृजनात्मक काम गर्नु पक्कै पनि कठिन छ तर जहाँ ईछ्या त्यहाँ उपया भने झैँ दैनिक ४ / ५ घण्टा मात्र सुतेर भए पनि महिना ५ / ७ वटा गीतमा संगीत भर्दै आईरहेको बताउछन | कोरियामा आफ्नो छुट्टै परिचान बनाउन सफल सुनाखरी समुहका सदस्य समेत रहेका अटुको ”दिक्तेल बजारमा” , ”गुडी जाने रेल” , चौबन्दी चोली” , ”घामछाँया” , ”जव साझ ढल्दै जान्छ” बोलका गीत हिट छन् | अहिले उपन्यास पनि लेख्दै गरेको र पुरा भए पछि सोहि उपन्यासमा आधारित चलचित्र बनाउने भावी योजना सुनाउदै अटुले भने कोरियामै गीत रेकर्डिङ स्टुडियो खोल्ने तयारी रहेको बताए |

 
ऐश्वर्य​ श्रेष्ठ ( संचारकर्मी )

 
ऐश्वर्य​ श्रेष्ठ कोरियाका नेपाली माझ नौलो नाम होईन | ३ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका श्रेष्ठ एक कुशल संचारकर्मी हुन् | त्यसो उनको भर्खर ”दोन मान्ही फर” बोलको गीतले कोरियाको बजार तताईरहेको छ | श्रेष्ठको शब्द ,संगीत तथा स्वर रहेको उक्त गीतमा सरु गौतमले साथ् दिएकी छिन | एरभोईस रेडियोमा साप्ताहिक रुपमा कार्यक्रम चलाउदै आएका श्रेष्ठ नेपाली वेव टिभीका प्रमुख समेत हुन् | पत्रकारिता संगै साहित्यमा पनि रुचि राख्ने श्रेष्ठले गीत , गजल , कविता पनि कोर्छन | चाडै नै नयाँ गीत र कविता संग्रह निकाल्ने योजनामा रहेका श्रेष्ठले भविष्य पनि यहि क्षेत्रमा सक्रिय रहने बताए |

 

 

 

 

सपना अधिकारी ( मोडेल )

 

 

11921644_1467560680215929_6097860616232639551_n
३ बर्ष अघि ईपिएस मार्फत कोरिया आएकी सपना अधिकारी अहिले कोरिया रुचाईएकी मोडेल हुन् | उनीले अहिलेसम्म एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरि सकेकी छिन | प्रमोद खरेलको स्वरमा सजिएको ” मेरो दिलमा तिर हानी ” बोलको गीतबाट मोडलिङमा पाईला चालेकी अधिकारीले अहिले आएर आफै नै म्युजिक भिडियो निर्देशन गर्दै आएकी छिन | उनीले ब्यापार र मोडलिङसंगै लादै कोरियामा सिकेको सिप नेपालमा सदपयोग गर्ने भावी योजना सुनाईन |

 
भिम सुब्बा तामाङ (बाबु साइला) ( चित्रकार / साहित्यकार )

 

 

10952353_793619844025069_435500332_n
दुई वर्ष अघि कोरिया आएका बाबु साईला बिगत १५ बर्ष देखि नै क्यानभासमा रङ्ग पोत्ने काम गर्थे | कोरिया आएर पनि चित्रकलालाई निरन्तरता दिइरहेका छन् | उनले कामको बावजुत चित्र कोर्नु चानचुने कुरा नभएको सुनाए |  कोरियाको राजधानी सोल एकल चित्रकला प्रदशनी गरि सकेका साईलाले बिदामा नेपाल गएको वखत लम्जुङ्गको पर्यटकीय स्थल काउलेपानीमा नेपालका राष्ट्रिय स्तरका चित्रकारहरु लगेर पेन्टिङ कार्यक्रम गरि सकेका छन् | कोरियामा पनि उनलाई क्यानभास उतार्न भ्याई नभ्याई छ | माग धेरै आउने गरेको तर समय अभावले माग पुरा गर्न नसकेको सुनाउदै उनले भने मासिक नेपाली ३० / ४० हजार पेन्टिङ बेचेर नै कमाउने गर्छु | उसो त उनि साहित्यकार पनि हुन् | भर्खरै उनको ” बग्ने आशु” नामक एल्वम पनि बजारमा आएको छ | गीत , गजल , कविता पनि लेख्न माहिर साईलाका थुप्रै फुटकर रचनाहरु बिभिन्न मासिक र पाक्षिक पत्रिकाहरुमा छापी सकेको छ | कुशल स्केचर समेत रहेका साईलाले नेपाल गएर अझै बृहत रुपमा यहि क्षेत्रमा लाग्ने बताए |

 

 

 

अनुराग सापकोटा ( छाँयाकार)
अहिलेसम्म दर्जन म्युजिक भिडियोमा क्यामेरा चलाईसकेका अनुराग सापकोटा ४ बर्ष अघि ईपिएस मार्फत कोरिया आएका हुन् | रमेश बनियाको बाध्यता एल्बमको ”खै कसरी भनु मेरो मुटु जलेको छ” बोलको गीतबाट म्युजिक भिडियोको छायांकनको जिम्मेवारी सम्हालेका सापकोटाले त्यस पछि पछाडी फर्केर हेर्नु परेको छैन | कोरियाको व्यस्तताको बावजुत पनि बचेको समयमा क्यामेरा बोकेर कोरियाको विभिन्न रमणीय स्थलमा पुगेर दृश्य क्यामेरामा कैद गर्नु उनको कार्य हो | मोडलिङमा पनि उत्तिकै शौखिन सापकोटाले केहि म्युजिक भिडियोमा अभिनय समेत गरेका छन् | भबिष्यमा पनि अभिनय र फिल्मी क्षेत्र नै मेराे इच्छाकाे क्षेत्र भएकाेले यहि क्षेत्रमा लागेर केही गर्ने लक्ष्य लिएकाे उनकाे भनाइ छ । केही समय पछि नेपाल जाने याेजनामा रहेका उनी स्वदेशमा पनि यहि क्षेत्रमा लाग्ने साेच बनाएका छन।

 
रमेश संग्रौला ( गायक / म्युजिक भिडियो निर्देशक )

 
४ बर्ष अघि कोरिया आएका रमेश संग्रौला कोरियामा परिचित नाम हो | सुनाखरी समुहका संस्थापक अध्यक्ष समेत रहेका संग्रौला एक कुशल गायक , संगीतकार तथा पत्रकार पनि हुन् | नेपाल छदा ३ महिने अनौपचारिक पत्रकातिता तालिम लिएका संग्रौलाले अहिले युनिभर्सल अनलाईन टिभीका निर्देशक पनि हुन् | संग्रौलाको निर्देशनमा दर्जन भन्दा बढी म्युजिक भिडियो बनि सकेका छन् | अहिले पनि एक म्युजिक भिडियोको निर्देशनमा व्यस्त संग्रौलाले कोरियाको ब्यस्त समयको बावजुत यो क्षेत्रमा लाग्न थुप्रै कठिनाई रहेको सुनाए | भविष्यमा अझै निखार ल्याउदै यहि क्षेत्रमा निरन्तर लाग्ने योजना रहेका संग्रौलाले बताए |

 

 

 

साम लिम्बु ( गायक / संगीतकार )
नेपाली संगीत क्षेत्रमा भर्खर उदाउदै गरेका गायक साम लिम्बु ३ बर्ष अधि ईपिएस मार्फत कोरिया आएका हुन् | नेपाल छदा संगीत शिक्षण गर्दै आएका लिम्बुले आफ्नै स्वर , शब्द , संगीतमा ” तिमी मेरो ” नामक एल्वम बजारमा ल्याएका छ | स्लो रक , पप शैलीका गीतहरु समावेश गरिएको एल्वममा सात वटा गीत छन् | भर्खरै रमेश धन साम्पाङको स्वर रहेको ” सानु माया ” एल्वम पनि लिम्बुकै शब्द , संगीत रहेको छ | उसो त उनि म्युजिक भिडियो निर्देशन पनि गर्छन | लिम्बुको निर्देशन चार म्युजिक भिडियो बजारमा आईसकेको छ | दोस्रो एल्वमको तयारीमा लागेका लिम्बुलाई अहिले अरुको गीतमा शब्द , संगीत भर्न पनि भ्याई नभ्याई रहेको बताए |

 

 
नरेन श्रेष्ठ ( छाँयाकार)
सर्लाही नवलपुरका नरेन श्रेष्ठ रोजगार अनुमति प्रणालीबाट कोरिया आएका हुन | अहिले कोरियामा ब्यस्त छाँयाकार रुप चिनिने श्रेष्ठले थुप्रै म्युजिक भिडियोका दृश्यहरु क्यामेरामा कैद गरेका छन् | दामसँगै नाम पनि उति नै कमाएका श्रेष्ठलाई म्युजिक भिडियो, सर्टमुभी ,विवाह पार्टी र समाचार छायाङ्कनमा भ्याई नभ्याई छ । श्रेष्ठले मासिक दुईलाख रुपयासम्म छायांकन गरेर कमाउने गरेका छन् । प्रतिदिन चार घण्टा मात्र सुत्ने गरेको उनले बताए | भर्खर बुसान पुगेर अन्जु पन्तको एक गीतको म्युजिक भिडियो खिचेर आएको बताउदै भविष्य पनि यहि क्षेत्रमा लाग्ने बताए | श्रेष्ठ  नेपाली म्युजिक भिडियो प्रा.लि तथा कोरिया सन्देशका क्यमरामेन पनि हुन्।
उमेश लिम्बु ( चित्रकार )

 

 

12421753_10207059165734300_1504596485_n
नेपालवाट नै क्यानभासमा रंग पोत्न माहिर उमेश लिम्बु कोरिया आएर पनि निरन्तरता दिइरहेका छन् | ईपिएसवाट २० महिना अघि कोरिया आएका लिम्बुले ग्रुप चित्रकला प्रदशनी गरि सकेका छन् | अब छिट्टै एकल चित्रकला प्रदशनीको तयारीमा रहेका लिम्बुले स्केच पनि कोर्छन | पेन्टिङ र स्केच अफर धेरै आउने गरे पनि समय अभावले माग पुरा गर्न नसकेको सुनाए | हप्ताको एक दिन बिदामा कुची समाएर क्यानभासमा रंग पोत्न कठिन भए पनि जहाँ ईच्या त्यहाँ उपाय भने झैँ समय निकाल्ने गरेको लिम्बुले सुनाए | उनि भिडियो एडिटर पनि गर्छन | नेपाल फर्केर अझै पेन्टिङ सिकेर यहि क्षेत्रला लाग्ने बताउछन |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा “संयुक्त कार्यालय ” सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजद्वारा “सभाहल” तथा संयुक्त कार्यालय सञ्चालन
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...