तामाङ संघ कोरियाले सोनाम ल्होछार मनाउन ३ जना कलाकार ल्याउने


सोल/कोरिया– नेपाल तामाङ संघ द.कोरियाले २८५२ टे ल्हो (बाँदर बर्ष) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम धुमधामका साथ मनाउनको लागी नेपाल बाट ३ जना ख्यातिप्राप्त तामाङ राष्ट्रिय कलाकार ल्याउने भएको छ । जस अन्तर्गत गायक बिश्व दोङ, मेहेंदो मायाँ गायक सागर एस वाईबा र गायिका शशिकला मोक्तान रहेका छन् । गत आईतबार दोंग्देमुनामा बसेको ल्होछार मूल आयोजक कमिटिको बृहत भेलाले सो निर्णय गरेको हो ।

 

 

साथै उक्त भेलाले २०१६ फेब्रुअरी ७ आईतबार (सलनालको पहिलो दिन) सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।  फेब्रुअरी ८ मा सलनालको बिशेष दिन भएकोले कार्यक्रम गर्न हल उपलब्ध नभएकोले फेब्रुअरी ७ मा सम्पन्न गर्न लागिएको संघका अध्यक्ष देब सिङ तामांगले बताए ।

 

ल्होछार सांस्कृतिक कार्यक्रम भव्यताका साथ सफल बनाउनको लागी संघका अध्यक्ष देब सिङ तामाङको अध्यक्षतामा ४० सदस्यीय ल्होछार मूल आयोजक कमिटी गठन समेत गरेको छ । कार्यक्रम ब्यबस्थित बनाउनको लागी बिभिन्न उपसमिति गठन गरी जिम्बेवार बांडफांड समेत गरिएको छ ।

12404917_435712776623510_342805510_o

ल्होछार मूल आयोजक कमिटिको बृहत भेला बस्दै ..फोटो- जीबी

 

कलाकार तथा हल व्यवस्थापनमा देब सिङ तामाङ्, रबिन तामाङ्, रेगन तामाङ्,कमल तामाङ्, बिकाश मोक्तान र प्रकाश ब्लोन रहेका छन् आर्थिक तथा टिकट ब्यबस्थापनमा केन्जिङ् योन्जन, सुरज तामाङ, राजकुमार गोले, राम तामाङ, असलमान लामा रहेका छन । प्रचारप्रसारमा जीबी. लामा र मिङ्मार ब्लोन रहेका छन । ल्होछार परिकार ब्यबस्थापनको लागी डेन्जित लामा,सोम ब.वाईबा र मनोज तामाङ् रहेका छन् । यसैगरी तामाङ् पोशाक ब्यबस्थापनमा चित्र मोक्तान (काभ्रे),नीराजन तामाङ्, रुपक तामाङ् रहेका छन् । सांस्कृतिक कार्यक्रम ब्यबस्थापनमा बिकाश मोक्तान, प्रकाश ब्लोन, र स्नेहा लामा रहेका छन् । पूजापाठ ब्यबस्थापनमा बिकाश मोक्तान र निरु तामाङ् रहेका छन् । अतिथि सत्कारमा शान्ती लामा, सुजाता तामाङ्, सरिता लोप्चन र मायाँ लामा रहेका छन् । र साउण्ड सिस्टममा राजु काल्तान र बिकाश योन्जन रहेका छन् ।

 

ल्होछार बिशेष परिकारहरुको साथमा बिभिन्न तामाङ् सेलो,गित र मेहेन्दोमायाँ नृत्य र स्थानीय तथा राष्टिय तामाङ् कलाकार हरुको बेजोड सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने भएको छ । कार्यक्रम सफल बनाउनको लागी सम्पूर्ण संघ संस्था, ब्यापारी, बिध्यार्थी, बुद्धिजीवी पत्रकार र सम्पूर्ण कोरिया बासी नेपाली समुदाय र बिशेष गरी तामाङ् समुदाय लाई जातीय पोशाकमा उपस्थित भै कार्यक्रम सफल पारिदिन तामाङ् संघले आग्रह गरेको छ ।

कार्यक्रम गर्ने स्थान समय भने पछि तोकिने बताईएको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • क्यान्सर रोगीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न नेपालमा बस्न चाहान्छु – टेरिसा तामाङ
  • मकवानपुर म्यूजिकल शो स्थगित
  • कोरियन एयरको उडान प्रतिबन्ध ल्याउने तयारी
  • बा
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...