कोरियामा सुविधासम्पन्न विश्वव्यापी फिल्म हल बन्ने भो
सोल –दक्षिण कोरियामा सन २०२० सम्ममा सुविधासम्पन्न विश्वव्यापी फिल्म हल बन्ने भएको छ ।कोरियाका राजधानी सोलबाट करिब ३० मिनेट लाग्ने हवासंगमा निर्माण हुने भएको हो ।
४.२ बर्गकिलोमिटर क्षेत्रफलमा सोलमा रहेको येउइदो भन्दा १.५ गुणा ठुलो फिल्म हल बन्न लागेको हो ।विश्वको दोस्रो सुविधासम्पन्न हल निर्माणमा के वाटर नामक एक कोरियन कम्पनी जुटेको छ । यो विश्वको ५ युनिभर्सल स्टुडियो हो ।अन्य अमेरिका,जापान,सिंगापुर,चीनमा रहेका छन् ।
बन्न लागेको यो स्टुडियोमा वाटर पार्कसहितको रिसोर्ट,गल्फ खेल्ने ठाँउ,के पप,ड्रामाज,मिटिंग हल लगायत अन्य विभिन्न सुविधासम्पन्न भवनहरु निर्माण गर्ने के वाटरले जनाएको छ ।सो हल निर्माणमा चीन र कोरियाले संयुक्त रुपमा काम गर्नेछन् । हल निर्माण गर्दा ७६ हजारले रोजगार पाउनेछन्, भने ४८ हजार कामदारको आवश्यकता पर्नेछ । हल निर्माण गर्न १२.८ बिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।