सेतिमादी साँस्कृतिक कार्यक्रमका लागि कलाकार छनौट |


सौल –

तनहुँ सम्पर्क समिति दक्षिण कोरियाद्वारा आउदो सलनाल २०१६ फेब्रुअरी ८ तारिख हुने सेतिमादी साँस्कृतिक कार्यक्रम भाग १ का लागि कलाकारको छनौट गरिएकोछ|साँस्कृतिक कार्यक्रमका लागि नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई आमन्त्रण गरिएको कुरा तनहुँ सम्पर्क समितिका अध्यक्ष जगत थापा मगरले बताए|

 

साँस्कृतिक कार्यक्रमका लागि चर्चित पप गायक सुगम पोख्रेल,चर्चित पप तथा आधुनिक गायिका मेलिना राई,चर्चित लोक दोहोरी गायक रामजी खाण, चर्चित लोक दोहोरी गायिका सम्झना लामिछाने मगर र हास्यब्यङ्ग कलाकारमा कुमार कट्टेल (जिग्री ) र अर्जुन घिमिरे (पांडे) आउने भएका छन् साथै अतिथि कलाकारका रुपमा ख्यातीप्राप्त लोक गायक प्रेम राजा महत पनि आउने भएका छन्|

 

“ आपसी मेलमिलाप ,सद्भावना र सहभागिता आजको एकता नै प्रबाशीको आबश्यकता ” भन्ने मूल नारा सहित आयोजना गरिने साँस्कृतिक कार्यक्रमको मुख्य उद्देश्य भने तनहुँ जिल्लाको शिक्षा र स्वाश्थ्य क्षेत्रमा सहयोग गर्ने रहेको छ|

 

सेतिमादी सांस्कृतिक कार्यक्रम २०१६ फेब्रुअरी ८ तारिखका दिन सौलको दोंग्देमुन शहर नजिकै जोंग्नो ओ गा मा रहेको  फेकजु गीन्यम ग्वानको  हलमा अर्थात् गत छुसकमा म्याग्दी समाज समितिले आयोजना गरेको स्थानमा हुने भएको छ|

 

साँस्कृतिक कार्यक्रमकै तयारीका लागि, संस्थाद्वारा गरिएका कार्यहरुको जानकारी,साँस्कृतिक कार्यक्रमको उद्देश्यका बारेमा जानकारी र कोरियामा कार्यरत संस्थाहरुसंग हातेमालो गर्नको लागि आगामी डिसेम्बर २७ तारिख चियापान कार्यक्रमको आयोजना पनि नेपाल हाउसमा गरिएको छ|

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले “१० औँ वार्षिक उत्सव” भव्यताका साथ मनायो
  • पूर्वी नेपाल समाजको “देउसी भैलो ” कार्यक्रम सम्पन्न
  • विनोद सौदेनको नेतृत्वमा चुम्लुङ कोरियाको नयाँ समिति गठन
  • चुम्लुङ जेजुदो शाखाको अधिवेशन सम्पन्न, नेतृत्वमा शुष्मा नाल्बो
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...