कोरियामा ३.९ रेक्टर स्केलको भुकम्प गयो
सोल-दक्षिण कोरियामा३.९ रेक्टर स्केलको भुकम्प गएको छ ।मंगलबार बिहान कोरियाको दक्षिण पुर्वी क्षेत्र उल्सानमा केन्द्रबिन्दु भएर भुकम्प आएको भुकम्पविदहरुले बताएका छन् ।
भुकम्पको झडका कोरियाको राजधानी सोल वरपरका क्षेत्र र बुसानमा समेत महसुस गरिएको थियो ।कुनैं क्षति भने नभएको स्रोतले बताएको छ ।सात देखि १० सेकेन्डसम्म भुकम्प गएको ग्वान्जु क्षेत्रिय भुगर्व शाखाले बताएको छ ।भुगर्व शाखाले ३.५ रेक्टर स्केलको भुकम्प गएको भनेर घोषण गरेता पनि ३.९ रेक्टर स्केलको भुकम्प गएको विश्लेषण पछि गरिएको थियो ।
जेजु टापु केन्द्रविन्दु भएको ३.७ रेक्टर स्केलको अगष्टमा भुकम्प गएको थियो ।