Advertisement
SKIP THIS

जापानले पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने


काठमाडौं- जापानले भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ |

 

 

जापानले गत असार महिनामा भएको दाताहरुको सम्मेलनमा गरेको प्रतिबद्धता अनुसार पुनर्निमाणका लागि २५ अर्ब ५० करोड रुपैयाँ सहयोग गर्ने भएको हो । जापानले २२ अर्ब रुपैयाँ ऋण स्वरुप तथा ३ अर्ब ५० करोड रुपैयाँ अनुदान स्वरुप सहयोग गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्थ मन्त्रालयबीच सोमबार सहयोग सम्बन्धी सम्झौता भएको छ।

 

 

 

जाइकाका अध्यक्ष डा. शिनिची किताओका र अर्थमन्त्री विष्णु पौडेलको उपस्थितिमा अर्थसचिव लोकदर्शन रेग्मी र नेपालका लागि जापानी राजदूत मासासी ओगावाले हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार ऋणको रकममध्ये १२ अर्ब रुपैयाँ विद्यालयहरुको तथा १० अर्ब रुपैयाँ घरको पुनर्निमाणमा खर्च हुने छ । अनुदानको ३ अर्ब ५० करोड रुपैयाँ भने भुकम्पबाट प्रभावितहरुको पुर्नस्थापना परियोजना अन्र्तगत प्रसुति गृह र वीर अस्पतालको पुनर्निमाण, सिन्धुपाल्चोकको चौतारामा खानेपानीको पुर्नस्थापना तथा गोरखाको बारपाकमा पुल र सडक निर्माणमा खर्च हुने सम्झौतामा उल्लेख छ । जापानी राजदूत मासासी ओगावाले आफ्नो मुलुकले उपलब्ध गराउने सहायताबाट भुकम्प प्रभावितहरुको राहतमा ठूलो सहयोग पुग्ने विश्वास लिएको बताए।

 

 

 

जापानले गत असार महिनामा भएको दाताहरुको सम्मेलनमा पुनर्निमाणका लागि २७ अर्ब रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । नेपालले ऋण रकम ४० वर्षभित्र तिर्नुपर्ने छ । ऋणमा वार्षिक शून्य दशमलव शून्य एक प्रतिशत ब्याज लाग्ने सम्झौतामा उल्लेख छ । सरकारले भुकम्प प्रभावितहरुलाई घर पुनर्निमाणका लागि प्रतिपरिवार २ लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । सरकारले ऋणको रकम पीडित परिवारलाई अनुदानको रुपमा दिन पाउने जाइकाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • देउसी भैलो आयोजना गरि ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले तिहार मनाए
  • पूर्वी नेपाल समाजद्वारा ‘देउसी भैलो’ कार्यक्रम सम्पन्न
  • गैर आवासीय नेपाली संघ कोरियाको महासचिवमा नरेश शर्मा नियुक्त
  • सौलमा चलचित्र ‘रिमै’ नोभेम्बर २ मा, फेरी दयाहाङ र रिश्मा एकसाथ पर्दामा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...