Advertisement
SKIP THIS

२५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस सम्पन्न


सोल- २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस दक्षिण कोरियाको राजधानी सोलको महानगरपालिका भवनमा आइतबार भब्यताको साथ सम्पन्न भएको छ | सो दिवस प्रवासी मजदुर संघ (एमटियु) ले   आयोजना गरेको हो |

 

 

कोरियामा १५ राष्ट्रको लाखौ मजदुरहरु कार्यरत रहेका छन् तर तिनीहरु कुनै न कुनै कारणले कम्पनि मालिकहरुबाट स्वयंम शोषण र उत्पीडनमा परेका छन् | यहाँ इपिएसबाट भित्रिएका प्रवासी मजदुरहरुले मजदुर अधिकारको खासै अनुभूति गर्न सकेका छैनन् तर कोरियामा एमटियुले मजदुर अधिकारको लागि स्थापनाकाल सन् २००५ देखि नै मजदुर अधिकारको लागि वकालत गर्दै आएको छ |

 

 

एमटियुले इपिएस प्रणालीमा भएको नराम्रो नीति जस्तै : मजदुरहरुको अधिकार कटौती गरि कम्पनि मालिकलाई नै सम्पूर्ण अधिकार सुम्पिएको हालको  नराम्रो नियम कानूनको बिरोध स्वरूप विभिन्न मागहरु राख्दै निरन्तर संघर्ष गर्दै आएको छ |

 

 

कम्पनि परिवर्तन गरेको १४ दिन भित्र कोरियामै थ्वेजिकम पाइनुपर्ने ,कृषि तथा सेवा क्षेत्रमा कार्यरत मजदुरहरुले पनि अन्य कामदार सरह बिदा र सेवा सुविधा पाइनुपर्ने ,  कोरियामा कार्यरत हुदा आफ्नो परिवार ल्याउन पाइनुपर्ने, कोरियामा काम गर्न पाउने उमेरको हद ४० बर्षभन्दा बढी अर्थात उमेरको हद तोक्न नहुने, कम्पनि मालिकहरुबाट हुने गरेको आर्थिक, श्रम तथा यौन शोषणको अन्त्य हुनुपर्ने, प्रवासी मजदुरहरुलाई सम्भाव्य अपराधीको रुपमा हेर्ने दृष्टिकोण अन्त्य हुनुपर्ने जस्ता माग राख्दै २५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवस भब्यताको साथ सम्पन्न गरेको हो |

 

 

मजदुर दिवस डिसेम्बर १८ तारिक परेपनि कोरियाको बिदाको दिन पारि प्रवासी मजदुर दिवस सम्पन्न गरिएको हो | सोलको महानगरपालिका आयोजित कार्यक्रमका प्रमुक अतिथि कोरियन प्रजातान्त्रिक मजदुर महासंघको बरिष्ठ उपाध्यक्षले बोल्दै कोरियाको सरकारले यहाका प्रवासी मजदुरहरुमाथि ठुलो विभेद गरेको र कम्पनि मालिकहरुबाट आर्थिक, श्रम तथा यौन शोषण गर्दा समेत मजदुरहरुले अधिकारको लागि एक हुन नसकेको बताए ल उनले थपे . ” हालको नियमले मजदुरहरु असाध्यै दुखमा छन् तर प्रवासी मजदुरहरु नै एक भएर आन्दोलनमा नलागे सधै शोषण सहेर बस्नुपर्ने हुन्छ”,तसर्थ एमटीय़ूळे गर्ने कार्यक्रमहरुमा आन्दोलित हुन सकेमात्र  मजदुरको हालको बिकराल समस्या समाधान हुन्छ भन्नुभयो  |’

 

 

एमटियुका अध्यक्ष उदय राइले पनि मजदुरहरु एक हुनुको विकल्प नरहेको बताउदै उनले भने, ‘दक्षिण कोरियामा प्रवासी मजदुरहरुमाथि गरिने विभेदको अन्त्य हुनुपर्ने र त्यसको लागि सम्पूर्ण मजदुर एक भएर बिरोधमा न उठेसम्म मजदुर समस्या अन्त्य हुनेछैन भन्नुभयो |’

 

 

कार्यक्रममा सबै देशका एक एक जना मजदुर प्रतिनिधिले मजदुरहरुको समस्या राखेका थिए भने ईपिएस प्रणाली हटाएर एमटियुले उठाएको माग,जस्तै : परिवार ल्याउन पाउने डब्लुपिएस लागु गराइनुपर्ने माग सहित विचार ब्यक्त गरेका थिए ल उक्त कार्यक्रममा नेपाली मजदुरहरुका प्रतिनिधि स्वरूप किरण प्रकाश बिसीले मजदुरहरुले पाइरहेका समस्या र समाधानका बुँदाहरु प्रस्तुत गरेका थिए |

mtu

 

२५ औ अन्तराष्ट्रिय प्रवासी मजदुर दिवसको अन्त्यमा महानगरपालिकाको भवन बाट केसिटियुको कार्यालयसम्म र्याली समेत थियो भने र्यालीको अन्त्यमा कोणसभा संगै कार्यक्रम सम्पन्न भएको थियो |

 

 

उक्त दिवसको कार्यक्रमा नेपाल, म्यानमार , भिएतनाम, कम्बोडिया , बंगलादेश, श्रीलंका, थाइल्याण्ड, चिन, साथै अन्य देशको गरि करिब एक हजार मजदुरहुरु उपस्थित रहेका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पत्रकार महासंघको साधारण सभा तथा श्रम कन्सुलरसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • बागमती प्रदेश एकता समाज कोरियाको अध्यक्षमा सरोज केसी निर्वाचित
  • खोटाङ हलेसी साङ्गीतिक सौगात–५ को लागि सबिन राईको ब्यान्ड कोरिया आउँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...