Advertisement
SKIP THIS

नेपाली कथानक चलचित्र “परदेशी” किम्हे शहरमा पनि भब्यताका साथ सम्पन्न


सौल – सुब्बा राना मगर

 

नेपाल मगर संघ कोरियाको पहलमा नेपालका अनाथ तथा असाहय बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता सहित चलचित्र परदेशी सउल को अपार सफलता पछि दक्षिण कोरियाको किम्हे शहरमा पनि गत आइतबार १३ डिसेम्बर २०१५ मा  भब्यताका साथ सम्पन भएको छ।

नेपाल मगर संघ कोरिया किम्हे/बुसान/थेगु शाखाका अध्यक्ष श्री राज कुमार आले मगरको सभापतित्वमा नेपाल मगर संघ कोरिया अध्यक्ष खड्क थापा मगरको  प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रम नेपाल मगर संघ कोरिया थेगु/किमे/बुसान शाखाका सचिब छबिन रानाले सन्चालन गरेका हुन् । नेपाल मगर संघ थेगु/किमे/बुसान उपाध्यक्ष भिषण पुर्जा मगरको  स्वागत मन्तब्यबाट शुरू भएको उक्त कार्यक्रममा करिब ३५०  जना भन्दा धेरै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो।

degu pardeshi2

 

चलचित्र प्रदर्शनको पुर्ब सन्ध्यामा नेपालबाट यसै चलचित्रको प्रिमियर शोको लागि आएका  बहुप्रतिभाषाली कलाकार चलचित्र “परदेशी”का निर्माता तथा निर्देशक नारायण रायमाझीको  अत्यन्त लोकप्रिय आधुनिक तथा लोकगीतको अनुपम प्रस्तुतीले दर्शक हरुलाई  छमछमी नचाईदिएका थिए । नमुछे आमा दहिमा टीका. भन्थ्यौ आमा.. फुलबुट्टे चोलिमा .. सान्नानिले झुक्क्यायो मलाइ… जस्ता आधि दर्जन भन्दा बढी गीतहरुको प्रस्तुतीले चलचित्र हल सँगीतमय भएको थियो भने डान्सिङ्ग गीतले “वान्स मोर” को माहोल सृजना भएको थियो । उक्त कार्यक्रममा कलाकार तथा निर्माता निर्देशक नारायण रायमाझीलाई  नेपाल मगर सङ्घ किम्हे/ बुसान/ थेगु शाखाले खादा तथा सम्मानपत्र प्रदान गरि सम्मान गरेको थियो । दक्षिण कोरियामा परदेशी सफलता पुर्वक सम्पन्न गरि सोमबार नै  नारायण रायमाझी नेपाल  फर्की सकेका छन् | साथै रायमाझीले कोरियामा रहेका  सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा हार्दिक आभार प्रकट गर्नु भएको छ ।

कार्यक्रम सफल पारि दिनु हुने बिभिन्न संस्थाको प्रतिनिधीज्युहरू नेपाल मगर संघ कोरिया शाखालाई आर्थिक भौतिक सहयोग गर्नु हुने बिभिन्न महानुभावहरू लगाएत कोरियामा रहि फिल्म हल सम्म आएर सहयोग गर्नु हुने सम्पुर्ण महानुभाब हरुलाइ नेपाल मगर संघ कोरिया क्षेत्रिय शाखा थेगु/किमे/बुसानले धन्यबाद ब्यक्त गरेको छ ।

degu pardeshi

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...