Advertisement
SKIP THIS

कान्तिपुरका अध्यक्ष सिरोहियाको जेठो छोराले हाँकेको कार गम्भीर दुर्घटनामा


घटना विवरण सार्वजनिक गर्न ट्राफिक प्रहरीले मानेन

 

सोल /कोरिया – शनिबार बिहान करिब पौने ५ बजे माइतीघरमण्डलामा बा१२च ६१०० नम्बरको भक्सवागन कम्पनीको सेतो रंगको निजी कार गम्भीर दुर्घटनामा परेको छ । चालकले अत्यधिक मदिरा सेवन गरेर गाडी चलाएको कारण अनियन्त्रित भई भएको दुर्घटनामा चार जना घाइते भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार बिहान करिब पौने ४ बजे चार जना व्यक्ति चढेको उक्त सेतो कार थापाथलीको नर्भिक अस्पतालअगाडि केही बेर रोकिएको थियो । उक्त स्थानमा आउँदा पनि सो कार अनियन्त्रित भएर आएको थियो । त्यहाँबाट अगाडि बढ्ने क्रममा उक्त कार अनियन्त्रित भई सडकपेटीमा चढेको थियो । कार सडकपेटीमा चढेपछि रिक्सामा चिया पसल गर्ने तथा चिया पिइरहेकाहरुको भागदौड भएको थियो ।

 

त्यसपछि सो कार नरोकी थापाथलीचोकबाट माइतीघरमण्डलातर्फ गतिमा हुइँकिएको थियो । तीव्र  कार अनियन्त्रित भएर अगाडि बढ्दा माइतीघरमण्डलामा सडक किनारमा रहेको सोलार प्यानल राखेको पोललाई ठक्कर दिएर सडकपेटीकै सिमेन्टले निर्माण गरिएको पिलरमा ठोकिँदा कार सडकमा तीन बल्ड्याङ भएको थियो । उक्त कारमा चालकसहित दुई पुरुष र दुई महिला रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ ।

 

दुर्घटनामा परेको कार कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाको रहेको स्रोतले जानकारी दिएको छ । कारमा रहेका अर्का पुरुष व्यक्ति बाफलका सौरभ माली भए पनि सुरक्षा स्रोतले ती दुई युवतीको नाम भने बताउन चाहेन । कार सम्भव आफैँले हाँकेका थिए । ‘केटीको नाम बताउन मिल्दैन’, सुरक्षा स्रोतले भन्यो, ‘कैलाश सिरोहियाका जेठा छोरा सम्भवले चलाएको कार गम्भीर दुर्घटनामा परेको हो ।’ स्रोतका अनुसार उक्त कार कैलाशले छोरालाई जन्मदिनको उपहारस्वरुप दिएका हुन् ।  थापाथलीको चिया पसलमा ठक्कर दिन खोज्दा भागेको उक्त कारको बारेमा प्रहरी कन्ट्रोल रुममा चिया पसले र बटुवाहरुले खबर गर्ने तयारी गर्दैगर्दा दुुई मिनेटमै माइतीघरमण्डलामा दुर्घटनामा परेको थियो । विभत्स तरिकाले दुर्घटना भएको उक्त कार सडकमा उत्तानो परेको देखेपछि मर्निङवाकमा निस्केका सर्वसाधारण र प्रहरीले उक्त कारमा रहेका युवायुवतीलार्ई उद्धार गरेर नर्भिक अस्पताल पु-याएका थिए । अस्पताल पुग्नेबित्तिकै घाइतेहरुलार्ई प्रहरीले सोधपुछ गर्ने क्रममा सिरोहिया र मालीले दुवै जना केटी आफ्नो ‘गर्लफ्रेन्ड’ रहेको बताएको स्रोतले जानकारी दियो ।QMemo+_2015-12-15-04-06-07-1

 

दुर्घटनामा परेका चालकको परिचय तथा उनको हैसियत बुझ्दै अस्पतालको प्रहरीले माथिल्लो निकायमा रिपोर्ट गरेपछि करिब १० मिनेटमा क्रेन र -याकर लिएर प्रहरीको जम्बो टोली घटनास्थलमा पुगेर हतार–हतार उक्त कार हटाएको थियो । स्रोतका अनुसार उक्त दुर्घटनाबाट टायर समेत खुस्किएको गाडीलार्ई क्रेनले उचालेर -याकरमा राख्दा कारभित्रबाट ४/५ वटा मदिरा र बियरका बोत्तल भुइँमा छरपस्ट भएका थिए भने घाइतेहरुको रगत बाटोको भुइँसम्म लतपतिएको थियो । कार उठाइसकेपछि प्रहरीको अर्को टोलीले हतार–हतार कुचो लगाएर सडक सफा गर्दै सडकमा लतपतिएको रगत समेत पुछपाछ गरेर घटनास्थललाई पूर्ववत् अवस्थामा ठीकठाक पारेका थिए ।

माइतीघरमण्डलाको उक्त विभत्स एवं रहस्यमय कार दुर्घटना सम्बन्धमा प्रहरीले मुख खोल्न चाहेको छैन । उक्त दुर्घटनाको विषयमा जानकारी लिनखोज्दा उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी जय बहादुर चन्दले आफूूलार्ई उक्त घटनाको सम्बन्धमा कार्यालयबाट सामान्य रिपोर्ट गरेको र आफू घरमा भएको कारण विस्तृत विवरण दिन नसक्ने बताए । उनले उक्त घटना खासै ठूूलो दुर्घटना नभएको दाबी गरे पनि आर्थिक दैनिकलार्ई प्राप्त उक्त दुर्घटनास्थलको तस्बिरले उक्त दुर्घटना भयानक रहेको प्रष्ट हुन्छ । सामान्य दुर्घटनामा मिडियाहरुलार्ई ‘प्रेस रिलिज’ पठाउने ट्राफिक महाशाखाले उक्त घटना लुकाउनखोज्नु निकै अर्थपूर्ण देखिएको छ ।

आर्थिक राष्ट्रिय दैनिक बाट

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियाका नेपाली संस्थाहरुसँग NRNA ले एकता महाधिवेशन बारे अन्तरक्रिया गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • कोरियाको होली उत्सवमा नारा लगाउनेलाई राष्ट्रविरोधिको संज्ञा दिँदै कारबाहिको माग
  • उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...