Advertisement
SKIP THIS

कोरियामा “परदेशी” ले ईतिहास रच्यो ।


सौल – शुब्बा राना मगर

नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गरेको मौलिक नेपाली कथानक चलचित्र परदेशी प्रदर्शनी कार्यक्रम दोङ्देमुन स्थित चुङ्गु खुमिन ह्वेग्वानमा गत आइतबार (२०१५ डिसेम्बर ६ तारिख ) भब्यताका साथ सम्पन्न भएको छ ।

बहुप्रतिभाशालि  कलाकार नारायण रायमाझी द्वारा निर्मित तथा निर्देशित चलचित्र  परदेशी चलचित्रको प्रिमियम शो का लागि रायमाझी पनि कोरिया आएका थिए | निर्माता/ निर्देशक नारायण रायमाझी संगै  बसेर करिब ८०० जनाले  चलचित्र हेरेका थिए | हलमा नरुने कोहि थिएनन् नरोएर पनि मन थाम्न सक्ने कोहि भएनन् परदेशी चलचित्र हेरेर सायद सबै प्रबासी परदेशीको कथा ब्यथा,अनि आरोह-अवरोह दुख-कष्ट,भोगाइ अझै ती साना लालाबाला नानिहरुलाई परेको मनोबैज्ञानिक असर आमाबाबु ,घर परिवार साथीभाइ ,आफ्नो गाउँबेशी , पानी पँधेरो अनि प्रबासी जीवनको यथार्थ चित्रण गरेको उक्त चलचित्रले बास्तबमा नै सबै उमेर समुहका मानिसहरुलाइ सजिलै प्रभाब पारेको देखिन्थ्यो । चलचित्रको समय समयमा भएको हास्यब्यँग्य अनि तिता मिठा समय हरुको मिश्रण भएको उक्त अत्यन्त मौलिक अनि यथार्थपरक रहेको कुरा दर्शकहरुको प्रतिक्रियाले प्रष्ट पारेको थियो । चलचित्रले बास्तविकता नबुझी विदेश नजान समेत संदेश दिएको थियो |

pradeshi flim show in korea

 

चलचित्र प्रदर्शनको पुर्ब सन्ध्यामा नेपालबाट परदेशी चलचित्रको प्रिमियर शोका  लागि आएका बहुप्रतिभाशालि  कलाकार तथा  परदेशी चलचित्रका निर्माता/ निर्देशक नारायण रायमाझीको  अत्यन्त लोकप्रिय आधुनिक तथा लोकगीतको अनुपम प्रस्तुतीले चिसो मौसमको माहोललाइ दर्शकहरुले छमछमी नाचेर भुलाइदिएका थिए । नमुछे आमा दहिमा टीका.., भन्थ्यौ आमा.. फुलबुट्टे चोलिमा ..लाइछ्यौ बेसन…., सान्नानिले झुक्क्यायो मलाइ… जस्ता आधि दर्जन भन्दा बढी गीत हरुको प्रस्तुतीले चलचित्र हल सँगीतमय भएको थियो ।

narayan rayamajhi

नेपाल मगर संघ कोरियाका अध्यक्ष श्री खड्ग थापा मगरको  सभापतित्वमा,  दक्षिण कोरियाका लागि नेपाली महामहिम राजदुत श्री कमान सिंह लामा ज्युको प्रमुख आतिथ्यतामा कोरियामा रहेका बिशिष्ठ ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न भएको परदेशी चलचित्र प्रदर्शनी  कार्यक्रममा करिब ८०० जना  दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल मगर संघका महासचिब सुब्बा रानामगर र  सदस्य स्नीका थापा मगरले  सन्चालन गरेका थिए । उक्त कार्यक्रममा नेपाल आदीबासी जनजाति महासङ्घ कोरिया द्वारा पोखरामा अध्ययन गराइरहेका सिमान्तकृत डोल्पाका ३  जना बालबालिकाहरुलाई नेपाल मगर सङ्घ दक्षिण कोरियाले प्रमुख अतिथी महामहिम राजदुत कमानसिंह लामा ज्युको बाहुलीबाट (१,000,000 won) दस लाख कोरियन ओनको चेक जनजाती महासङ्घका अध्यक्ष चित्र बहादुर मोक्तानलाइ हस्तान्तरण गरिएको  थियो । सन २०१२  मा पनि नेपाल मगर सङ्घ दक्षिण कोरियाले १६ 00,000 (सोह्र लाख कोरियन वोन) सहयोग गरेको थियो ।

magar sangh help to nefin

नेपाल मगर संघ दक्षिण कोरियाले उक्त चलचित्र प्रदर्शनबाट भएको आम्दानी नेपालको अनाथ तथा असाहय बालबालिकाहरुको हितमा खर्च गर्ने घोषणा गरिसकेको छ । साथै चलचित्र प्रदर्शन कार्यक्रम अत्यन्त सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने संघ सस्थाका प्रतिनिधिज्यु हरु बिद्यार्थी, पत्रकार,समाजसेवी, ब्यक्ति विशेष ज्युहरुमा नेपाल मगर संघ दक्षिण कोरियाले हार्दिक कृतज्ञता ब्यक्त गरेको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...