Advertisement
SKIP THIS

कोरियामा ल्होछार (ल्होसार) भब्य रुपले मनाउने


सोल कोरिया
सदाको वर्षहरुमा जस्तै यसवर्ष पनि कोरियामा ल्होछार (ल्होसार १५ पुस) भब्य रुपले मनाउने भएको छ । तमु धीँ दक्षिण कोरियाको ७औं अधिवेशन पश्चात आईतबार प्रदीप गुरुङ्को अध्यक्षतामा सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले यसवर्ष पनि भब्य रुपले ल्होछार मनाउने निर्णय गरेको हो ।

बिशेषगरी नेपाली गुरुङ् समुदायमा पुसे १५ को दिनमा ल्होछार मनाउँदै आएको भए पनि कोरियामा भने जनवरी पहिलो आईतबार मनाउँदै आईरहेको छ । यसवर्षको ल्होछारमा ‘ल्हु ल्हो’ (भेँडा वर्ग) लाई बिदाई र ‘प्र ल्हो’ (बाँदर वर्ग) लाई स्वागत गरी ल्होछार बिशेष कार्यक्रम गरी मनाईनेछ ।

ल्होछारलाई भब्य र सभ्य रुपले सम्पन्न गर्नको लागि अगामी आईतबार सोलको योङ्दाप स्थित धीँकै कार्यालयमा तमु बृहत भेला समेत बोलाईएको छ । भेलाले ल्होछार मूल आयोजक समिति गठन गर्नुका साथै विभिन्न उपसमितिहरु समेत गठन गर्ने बताईएको छ ।

आईतबारै सम्पन्न नयाँ कार्यसमितिको पहिलो बैठकले सचिव द्धय सुनिल गुरुङ्लाई संगठन सचिव र हिमांशु गुरुङ्लाई कार्यालय तथा प्रचार प्रसार सचिव तोकेको छ ।

त्यस्तै अमृत गुरुङ्को संयोजकत्वमा सल्लहाकारहरु चयन गरिएको छ । अन्य सल्लहाकारहरुमा सुरज गुरुङ्, भिम गुरुङ्, नविन गुरुङ्, लक्ष्मी गुरुङ्, जुनु गुरुङ्, बिपीन गुरुङ्, खगेन्द्र गुरुङ्, शक्ति गुरुङ्, भिम गुरुङ् (एभरेष्ट रेष्टुरेण्ट), धर्म गुरुङ्, खोम गुरुङ्, धन गुरुङ्, धावाछिरिङ् गुरुङ्, ईश्वर गुरुङ्, बेल गुरुङ्, लिल गुरुङ्, बुद्धि गुरुङ्, मानसिं गुरुङ्, अमर गुरुङ्, गोलमान गुरुङ् र प्रेम गुरुङ् रहेका छन् ।

सोहि अवसरमा निवर्तमान कोषाध्यक्ष एकबहादुर गुरुङ्ले नवनिर्वाचित कोषाध्यक्ष अनु गुरुङ् र सहकोषाध्यक्ष ममिता गुरुङ्लाई संस्थाको कोष हस्तान्तरण गरेका थिए ।

बैठकले निवर्तमान कार्यसमितिले सञ्चानल गर्दै आएको बिभिन्न अभियान तथा कार्यक्रमहरुलाई निरन्तरता दिने निर्णय समेत गरेको धीँका नवानिर्वाचित महासचिव श्रीराम गुरुङ्ले जानकारी दिए ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...