बन्दना राईको अध्यक्षतामा “एकिकृत सिर्जनशील अनाथलय ” को कमिटी गठन


सोल  – “प्रवासी भूमिमा हाम्रो एकरुपता ,सामाजिक सेवामा सँगै हिँड्ने प्रतिबद्धता ” भन्ने मूल नाराको साथ २०१५ नोभेम्ब र १५ तारिक आईतबारको दिन बन्दना राई ( छाङ्छा ) को अध्यक्षतामा २५ सदष्य रहनेगरी ” एकिकृत सिर्जनशील अनाथलय ” को प्रवास कार्यसमिती दक्षिणकोरिया गठन भएको छ ।

 

उपाध्यक्षहरु सरिता लोप्चन , सुजिता पुन , एनसी महर्जन , रमेश लुङ्गेली मगर ,माया तामाङ , डोलु आले मगर , किरन थापा मगर सचिव रोशन राई , सह -सचिब राजु खड्का , कोषाध्यक्षमा योङ्सेन राई  सह – कोषाध्यक्ष सुमन राना मगर साथै अन्य सदष्यहरु रहेका छन
समाजका असाहय र अनाथ बालबालिकाहरुको संरक्षण गर्ने मुख्य उद्धेश्यले स्थापित संस्थाको प्रवास कमिटी दक्षिण कोरियाको पहिलो बैठक भने नोभेम्ब र २२ तारिक सुवोनमा बसेको थियो ।उक्त बैठकबाट  बिशिष्ट समाजसेवीहरु शुभद्रा पालुङ्वा , जुनु गुरुङ , लक्ष्मी गुरुङ , गीता राई   र स्नेहा लामालाई संरक्षक र अन्य एक्काइस जना बिशिष्ट समाजसेवीहरुलाई सल्लाहकारमा राखिएको छ ।

 

बैठकले ” एकिकृत सिर्जन शील अनाथलय” भित्र रहेका सम्पुर्ण बालबालिकाहरुको आधारभुत आवश्यकता साथै शैक्षिक उन्नतिको लागी शैक्षिक कोष स्थापनार्थ दक्षिक कोरियामा रहेका बिभिन्न संङ्घसंस्था , बुद्धिजिवी , समाजसेवी आम नेपालीहरुसँग हातेमालो गर्दै आर्थीक संकलन अभियान चलाउने समेत निर्णय गरेको छ ।

 

 

बि सं २०६४ साल मा स्थापित यस एकिकृत सिर्जनशील अनाथलयको केन्द्रिय कार्यलय काठमाण्डौं स्थित गोंगबूमा रहेको छ भने हाल यस संस्थाको संरक्षकमा जुनु पुन रहेकी छिन । उक्त अनाथलयमा जम्मा २१ अनाथ बालबालिकाहरु रहँदै आएका छ्न

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • मगर संघ थेगुको अधिवेशन सम्पन्न : अध्यक्षमा खडक घर्तीमगर
  • जेजुदोमा सोनाम ल्होछार
  • कोरियामा अनिल लामिछाने मगर २०७९ को मगर व्यक्तित्व घोषणाबाट सम्मानित
  • काेरियाकाे सोनाम ल्होछार एक झलक (फोटो फिचर)
  • ईपिएस

    कोरियामा एक नेपालीले झुन्डिएर आत्महत्या : तीन महिनामा ७ नेपालीको ज्यान गयो

    रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत रोजगारीका लागि कोरिया आएकी २७ बर्षिय निर्मला तामाङले सोमबार आत्महत्या गरिकी छिन् । उनी सात महिना अघि मात्रै यहाँ आएकी थिइन् । कृषि कामदारको रुपमा आएकी तामाङले पहिलो कम्पनीमा काम गाह्रो भएकोले कम्पनी परिवर्तन गरेको कोरियामै ...

    कोरियाले नेपालसहित १६ देश संग इपिएसकाे सम्झौता नवीकरण गर्ने

    दक्षिण कोरियाले नेपालसहित १६ मुलुकसँगको रोजगार अनुमति प्रणाली (इपिएस) सम्झौता एकैपटक नवीकरण गर्ने भएको छ। सन् २०२० देखि नवीकरणको प्रक्रियामा रहेको सम्झौता १६ मुलुककै एकैपटक गर्ने भएकाले केही ढिलाइ भएको इपिएस शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी ...

    ईपिएस मार्फत कोरिया आएका कामदारलाई खुकमिन एनगुममा सहभागि गराउन माग

    रोजगार अनुमति प्रणाली ईपिएस मार्फत दक्षिण कोरियामा रहेका कामदारहरुले यहाँको राष्ट्रिय पेन्सन विमा (खुकमिन एनगुम)मा नेपाली पनि सहभागि हुन पर्ने माग राखेका छन् । श्रम तथा रोजगार मन्त्री शेर बहादुर कँुवर र ईपिएस कोरिया शाखाका निर्देशक पुष्प कुटुवालसँग जुम भर्चुअल ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...