Advertisement
SKIP THIS

भारतीय नाकाबन्दी बिरुद्ध कोरियामा प्रर्दशन


सोल-नेपालमा भारतले अघोषितरुपमा लगाईरहेको नाकाबन्दी बिरुद्ध कोरियामा रहेका नेपालीहरुले बिरोध प्रर्दशन गरेका छन् ।

 

 

नाकाबन्दीले नेपालको निर्बाध पारबहान अधिकार कुण्ठित गरेको र भारतले नेपालको सर्वभौमसत्ता तथा मानव अधिकारको अपमान गरेको भन्दै सोमबार सोल स्टेशनमा जम्मा भएका करिब ५ सय नेपालीले बिरोध जनाएका हुन् ।

 

 

नेपाली भेषभूषामा आएका ब्याबसायी, मजदूर, बिद्यार्थी, पत्रकार, समाजसेवीले ‘अन्र्तराष्ट्रिय कानुन र हाम्रो सर्वभौमसत्ताको सम्मान गर’, ‘नेपालमा भारतीय हस्तक्षेपको बिरोध गरौं’ भनेर लेखिएको मुख्य ब्यानर र ‘ब्याक अफ ईण्डीया’, ‘ईण्डीया रेस्पेक्ट इन्टर नेशनल ह्यूमन राईटस एण्ड ल’ ‘ईण्डीया स्टप ब्लकिङ बोडरस’ आदि लेखिएको प्ले कार्ड बोकेका थिए ।

pics2

दिउसो २ बजे शुरु भएको बिरोध कार्यक्रम १ घण्टा चलेको थियो । कार्यक्रम  एनआरएनका अध्यक्ष राजु क्षेत्रीले अध्यक्षता गरेका थिए भने सपोर्ट नेपालका निर्देशक यज्ञराज सुवेदीले संचालन गरेका थिए ।

pics4

त्यसपछि कोरियाली संचारकर्मीहरुसंग पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकारहरुलई,  एनआरएन आईसीसी सदस्यद्धय केपी सिटौला र विनोद कुंवरले जवाफ दिएका थिए ।

pics6

पत्रकार सम्मेलनपछि नामसान पार्क हुदै साढे ५ किलोमिटर हिडेर बिरोध र्याली ४.३० बजे ज्ञापनपत्र बुझाउन हानामदोङमा रहेको भारतीय दूतावासमा पुगेको थियो तर  दूतावासले ज्ञापनपत्र लिन अस्वीकार गरेको थियो ।

 

 

दूतावास क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 

 

ज्ञापनपत्र लिन अस्वीकार गरेपछि नेपालीहरुले ‘ब्याक अफ ईण्डीया’ भन्दै नारा लगाएका थिए । ज्ञापनपत्र मंगलबार हुलाकमार्फत पठाइने एनआरएन आईसीसी सदस्य केपी सिटौलाले जानकारी दिए । सिटौलाले भने ‘ज्ञापनपत्र अस्विकार गरेर भारतले आफ्नो हेपाह प्रवृतिको अझ पुष्टि गरेको छ , यसको शसक्त प्रतिकार संसारमा छरिएर रहेका नेपालीले गर्नुपर्छ ।’

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...