एनआरएनले औषधि र अति आवश्यक सामग्री उपलब्ध गराउने
सोल/कोरिया – गैर आवासीय नेपाली संघ (एनआरएन) ले भारतले गरेको अघोषित नाकाबन्दीको कारण उत्पन्न विषम परिस्थितिमा औषधि र अन्य अति आवश्यक सामग्री उपलब्ध गराउने भएको छ ।
एनआरएनका अध्यक्ष शेष घलेले नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई पत्र लेखी कस्तो किसिम र कुन बस्तु कति परिणाममा चाहिने हो, सो को विवरण एनआरएन लाई उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ ।
साथै पत्रमा भनिएको छ, “मातृभूमिले भोगेको यो विषम परिस्थितिमा सहयोग गरी आम नेपाली जनताले पाएको दु:खमा मलम लगाउने उदेश्यले , गैर आवासीय नेपाली संघले जिबन रक्षाको लागी स्वास्थ्य सम्बन्धि केहि अत्यावश्यक औषधि तथा मानब कल्याणकारी सामग्रीहरु उपलब्ध गराउने योजना भएको हुँदा, हाल कस्ता किसिममा कती परिणाममा अति आबश्यक बस्तुहरु चाहिने हो, सो को विवरण उपलब्ध गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु” ।
राष्ट्रलाई आईपरेको यस अकल्पनीय घडीमा हर सम्भबको सहयोग गर्ने एनआरएन कटिबद्ध रहेको पत्रमा उल्लेख गरिएको छ ।