Advertisement
SKIP THIS

जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्बको रेमिट हाइड्रो ल्याउने


काठमाडौं – सर्वसाधारणका लागि अहिले २ अर्ब रुपैंयाको साधारण शेयर निष्काशन गरेको सरकारी कम्पनी जलविद्युत लगानी तथा विकास कम्पनीले २० अर्ब रुपैंयाको रेमिट हाइड्रो सञ्चालनमा ल्याएको छ । विदेशमा बस्ने नेपालीको लगानी आकर्षित गर्न स्थापित कम्पनीले १ सय २५ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि सरकारसंग आकर्षक जलविद्युत आयोजना दिन माग गरेको छ ।

 

 

स्वदेशी वित्तीय स्रोतका साथै विदेशमा बस्ने नेपालीले पठाउने रेमिट्यान्सको रकम जलविद्युत आयोजनामा लगानी गर्न एचआइडीसीएलले रेमिट हाइड्रो नामको आफ्नै सहायक कम्पनी स्थापना गरिसकेको छ । ६ महिना अघि स्थापीत कम्पनीले २० अर्ब रुपैंयामा १ सय २५ मेगावाट क्षमताको आकर्षक जलविद्युत आयोजनाको निर्माण गर्ने एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताए ।

 

 

 

मेरो लगानीसंग कुरा गर्दै प्रमुख कार्यकारी रौनियारले भने ‘अहिले मुलुकमा वार्षिक ६ सय देखि ७ सय अर्ब रुपैंया रेमिट्यान्सबाट भित्रिरहेको अवस्था छ । यसका साथै विगतका आइपीओलाई हेर्ने हो भने चार पाँच दिनमा बीसौं अर्ब रुपैंया संकलन भएको अवस्था छ । यो अवस्थालाई हेरेर हामीले सहायक कम्पनी मार्फत काम अघि बढाएका हौं । यसले विदेशमा बस्ने नेपालीहरुका लागि आकर्षक अवकाशन योजना पनि दिने छ ।’

 

 

कम्पनीले रेमिट हाइड्रोका लागि आवश्यक २० अर्ब रुपैंयाका लागि विदेशमा रहेका नेपालीहरुलाई २४ प्रतिशत, सर्वसाधारणका लागि १५ प्रतिशत र स्थानीयका लागि १० प्रतिशत शेयर स्वामित्व बितरण गर्ने छ । बाँकी ५१ प्रतिशत स्वामित्व कम्पनीको हुनेछ ।
कम्पनीले आकर्षक जलविद्युत आयोजनाका लागि सरकारसंग माग गरिसकेको रौनियारले बताए |

 

 

‘प्रारम्भिक अध्ययन गरेर आकर्षक किसिमको १ सय २५ मेगावाट क्षमताको योजनाका लागि सरकारलाई औपचारिक रुपमा आवेदन दिएको ३ महिना भैसकेको छ । र सम्भवतः हामीले चाँडै नै यसको लाइसेन्स पाउने अवस्था छ र यो कुरा मात्र नभएर ठोस रुपमा नै अघि बढिरहेको छ । लगानीकर्ताले छिट्टै फेरी लगानी गर्न पाउने अवस्था बन्दैछ भने आयोजना पनि छिटो सम्पन्न गरेर उर्जा अभावलाई केही हदसम्म घटाउन कम्पनीले योगदान दिने छ’ रौनियारले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...