कतारमा प्रबासी कामदारलाई रोजगारी परिवर्तन गर्न सहज हुने


काठमाडौं-कतारले विदेशी कामदारहरुलाई सहज हुने गरी नीतिगत फेरबदल गरेको छ । यसबाट त्यहाँ रहेका नेपाली कामदारहरु पनि लाभान्वित हुनेछन् ।

 

 

एक वर्षभन्दा लामो बहसपछि कतारले विवदास्पद ‘काफला स्पोन्सरसिप सिस्टम’मा परिमार्जन गरेको हो । यो परिमार्जनपछि कतारमा रोजगारी परिवर्तन गर्न तथा देश छोड्न आप्रवासीहरुलाई सहज हुनेछ ।

 

सबैभन्दा महत्वपूर्ण परिवर्तनका रुपमा देश छोड्नका लागि दिइएको निवेदन अस्वीकृत भएको अवस्थामा अपिल गर्ने नयाँ प्रणाली स्थापना गरिने भएको छ । यसका अतिरिक्त आप्रवासीहरुले कुनै रोजगारदातासितको निश्चित करार अवधि सकिएपछि अर्को जागीर खानका लागि स्पोन्सर (प्रायोजक) को स्वीकृति चाहिँदैन ।

 

 

यसअघि रोजगारी परिवर्तन गर्न कुनै स्पोन्सरले नो अब्जेक्सन लेटर नदिएको अवस्थामा कामदारले दुई वर्षसम्म प्रतिक्षा गर्नुपथ्र्यो । अब त्यो अवस्था रहेन । यद्यपि परिमार्जित व्यवस्था अर्को वर्ष मात्रै कार्यान्वयनमा आउन सक्ने सरकारी समाचार एजेन्सी क्यूएनएले जनाएको छ ।

 

 

अधिकारीहरुले कानूनमा सुधार गर्ने प्रतिबद्धता जनाएको एक वर्ष भइसकेको थियो । पुरानो व्यवस्थाले विदेशी कामदारहरुमाथि अन्याय भइरहेको विषयमा यहाँ रहेका मानवअधिकारवादी संघ-संस्थाले ध्यानाकर्षण गराइरहेका थिए ।

 

 

आप्रवासीहरुले यहाँ बैंक ऋण लिन, ड्राइभरको लाइसेन्स लिन तथा कतार छोड्नलाई पनि स्पोन्सरको अनुमति चाहिने व्यवस्था थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अष्ट्रेलियाबाट दलेन्द्र गुरुङको “आरुपाटे” सार्वजनिक [भिडियो सहित]
  • तमू समुदायको ल्होसारलाई संगीतमय बनाउन “जालुमाया गुरुङ” कोरिया आउने
  • नेफिन कोरियाद्वारा “पहिचान संवाद” सुरु, पहिलो शृङ्खलामा रैथाने संगीतकर्मी झुमा लिम्बू
  • कोरियाको सौलमा डिसेम्बर १५ तारिख चासोक तङनाम मनाइने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...