Advertisement
SKIP THIS

किम्हेमा दशैं मैजारो


किम्हे, हिन्दूहरुको महान चाड दशैं कोरियामा रहेका नेपालीहरुले भव्यताकासाथ मनाएका छन् । दक्षिणकोरियाको किम्हे शहरमा आइतबार भेला भएका नेपालीहरुले एकअर्कामा खुशी साटासाट गर्दै मान्यजनबाट आर्शिवाद थाप्दै निधारमा रातो टिका र जमरा लगाएर धूमधामका साथ यस वर्षको दशैंको मैजारो गरे । किम्हे माईग्रेन्ट हाउस दशैं आयोजक समितिको आयोजनामा ईन्जे युनिभर्सिटीको हलमा दशैं टिका लगाउने,  नेपाली खानपिन तथा विविध सास्कृतिक कार्यक्रमको साथमा दशैं शुभकामना आदान प्रदान गरी मनाइएको हो ।
कार्यक्रममा कोरियामा सक्रिय स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । मगर समाज किम्हे- बुसान क्षेत्रीय समितिको कलाकारहरुको तर्फबाट सामुहिक नृत्य प्रस्तुत गरेर सांस्कृतिक कार्यक्रमको शुरुवात गरेका थिए । यसैगरी कार्यक्रममा सुजाता बस्नेतले मै ठूली भएछु र गोरी काली सानी सानी बोलको गीतबाट उपस्थित दर्शकहरुलाई झुमाएकी थिईन । साथमा मदन गिरी, सुरेश भुसाल ,सुरज केसी,अर्जुन सुब्बा लगायतले पनि गीत गाएका थिए । यसैगरी सिता मगरको नृत्य, विरेन्द्र नौभाग्य र अनिता राई नौभाग्यले आकर्षक नृत्य तथा नेपाली संस्कृति झल्काउने साकेला नृत्य समेत कार्यक्रममा देखाइएको थियो । साकेला नृत्य कार्यक्रमको आकर्षकको रूपमा रहेको थियो।
12177844_1172882442788863_2101420617_n
यसैगरी यसक्षेत्रमा सक्रिय सन्डे ईभिनिङ व्याण्डले पहिलो चरणमा आकर्षक प्रस्तुतीहरुले दर्शकहरुलाई झुमाएका थिए । कार्यक्रम केही ढिलो गरी शुरु गरेको कारण पछिल्लो चरणका व्याण्डका प्रस्तुती भने दिन नसकिएकोमा आयोजकले क्षमा आचना गदैं आगामी कार्यक्रममा व्याण्डका प्रस्तुतीहरुलाई प्राथमिकताको साथमा राख्ने बताएको थियो ।

12182195_1172883359455438_276149164_n
कार्यक्रमलाई पहिलो औपचारिक र दोश्रो सांस्कृतिक गरी २ भागमा सम्पन्न गरिएको थियो । पहिलो औपचारिक कार्यक्रमका प्रमुख अथितीमा दक्षिण कोरियाका लागि बंगलादेशका काउन्सिलिर , किम्हे माईग्रेन्ट हाउसका अध्यक्ष तथा सपोर्ट नेपालका कार्यलय प्रमुख यज्ञराज सुवेदी, वाई एम सि ए किम्हेका कार्यलय प्रमुख फाक यंग थे, नेपाली विधार्थी समाज (सोनसिक)का अध्यक्ष इन्दिरा तिवारी , नेपाली सम्पर्क समिति दक्षिण कोरियाका उपाध्यक्ष भुवन बस्नेत , झापा मिलन समाज,कोरियाका अध्यक्ष सन्तोष श्रेष्ठ,एन आर एन कोरियाका पूर्व सचिव लक्ष्मण दहाल, एन सि सि बुसानका कार्यवाहक अध्यक्ष तथा समाजसेवी एल वि विष्ट,एन आर एन ख्यंगनाम,किम्हेका अध्यक्ष मधुसुधन महत, बुसान एन आर एन सचिब सुभास थापा, काभ्रे सम्पर्क समिति ख्यंगनाम संरक्षक उत्तम लामिछाने , किरात राई यायोक्खा उपाध्यक्ष आनन्द राई , किम्हे- बुसान मगर संघ अध्यक्ष राजकुमार आले मगर, उन्साङ नेपाली समाजका अध्यक्ष आनन्द कोईराला , नेपाली जनसम्पर्क समिति बुसान अध्यक्ष रोसन पौडयाल, प्रवासी नेपाली मञ्चका बुसान क्षेत्रीय अध्यक्ष संजीव राई , नमस्ते रेष्टुरेन्टका संचालक राजु तामांग लगायतको उपस्थिती रहेको थियो ।

12179268_1172884876121953_1267635819_n
कार्यक्रममा टिका जमरा लगाउने कार्यक्रम तथा नेपाली खानपिनले नेपाली चाड दशैंलाई प्रवासमा रहेर पनि उल्लासपूर्वक मनाएका थिए । अम्बिका पौड्याल लगायतका साथीहरूले राता ,सेता टिका र जमरा सबैलाई लगाईदिएका थिए।परदेशमा नेपाली खानाको स्वादमा उपस्थित सबैले छुट्टै आनन्द लिएका थिए । कार्यक्रम विचमा सपोर्ट नेपाल फाउन्डेशनका कार्यलय प्रमुख यज्ञराज सुवेदीले भुकम्पको बेला संकलन भएको र खर्च विवरण सहित आय व्यय विवरण सार्वजनिक गर्दै नेपालमा सहयोग गर्न चाहनेले निरन्तर सहयोग गर्न सकिने बताएका थिए ।

12166941_1172884919455282_680830132_n

यसैगरी नेपाल योंग स्टार ग्रुपले नेपालमा वितरण गर्दै आएको कोरियन स्प्रेन्जा कफि को १ प्याकेटको दरले ३ जनाले लक्कि ड्र द्वारा सार्वजनिक गरिएको थियो । कार्यक्रमको अन्तिम तिर खोलिएको लक्की ड्रमा नं. २,२५ र १७४ नं. का विजेता रहेका छन । एक कार्यक्रम विच खोलिएको दशैं कार्यक्रम आयोजक समितिका संयोजक अशोक पोखरले लगायतले निकालेका थिए । चिठ्ठा २ उत्तम लामिछाने र २५ विरेन्द्र सुनार सम्पर्कमा आएपनि १७४ नं. भने चिठ्ठा स्थलमा उपस्थित नभएको हुदा ०१०६४५३३०५० मा सम्पर्क गरेर लिन सकिने पनि जानकारी गराईएको छ ।

12188570_1172882409455533_1398393478_n
कार्यक्रममा सोनसिकले गर्न लागेको खुल्ला निवन्ध र कविता प्रतियोगिताको बारेमा समेत जानकारी गराईएको थियो । २० नोभेम्बर २०१५ सम्म रचना पठाउनु पर्ने यस प्रतियोगिताको पुरा विवरण परदेशी लाईफ डट कममा समेत हेर्न सकिने जनाएको छ । किम्हे माइग्रेन्ट हाउस दशैं आयोजक समितिको संयोजक अशोक पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सांस्कृतिक कार्यक्रम व्यवस्थापन विरेन्द्र सुनारले गरेका थिए भने कार्यक्रम संचालन खेम कार्कीले गरेका थिए ।

12188633_1172884986121942_1360272736_n (2)12188594_1172882349455539_1527706120_n12182385_1172882529455521_360276635_n

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...