सुरिलो स्वरकी धनी सकुन


सोल- सकुन आङ्देम्बे कोरियामा हुने नेपाली सास्कृतिक स्टेजहरुमा नछुटने गयिकाको नाम हो । बिभिन्न खाले सास्कृतिक कार्यक्रमहरुमा उनको सुरिलो स्वरले कोरियामा रहेका नेपाली मुग्ध हुने गरेका छन् । रोजगारिका लागि यहा आउने नेपाली गायक, संगीतकारको सख्या दिनै बढ्दो छ । उनिहरु रोजगारी गर्दै नेपाली गीत संगीतलाई समृद्ध अभियानमा लागेका हुन्छन् । यस्तै अभियानमा लागेकी गायिका हुन् गायिका हुन् सकुन ।

 

सानैदेखि गीत गाउन शुरु गरेकी सकुनले आमा र माइली दिदि शन्तिलालाई आनो गायनको प्रेरणा श्रोत मानेकी छिन । अरुणा लामा तारादेबी र नारायण गोपालका गीतहरु खुब गुन्गुनाएकी उनलाई आमाले जज गर्ने गर्थिन र अझ प्रेरणा दिने गर्थिन् । बाल्यकालको ती क्षण सम्झिन्दै उनले भनिन् “मेरो पहिलो दर्शक श्रोता र प्रेरणा आमा नै हुन् ।’

 

सकुनको माइली दिदी शन्तिला पनि मधुर स्वरकी धनी हुन् तर उनको प्रतिभाले नेपाली गायन क्षेत्रमा स्थान पाउन सकेन । उनको स्वर घांस दौरा चुलो चौको मै रह्यो । चल्तीका गायिकाहरु जतिनै मिठास स्वर भएको दिदीले गायिकाको स्थान र मान्यता पाउन नसकेपछि आफु गायिका बन्नुपर्छ भन्ने सकुनले अठोट लीईन् ।

 

पांचथर नवमीडााडामा जन्मिएकी सकुनले स्टेजहरुमा २०६३ सालदेखि गाउन थालेकी हुन् । लिम्बु र नेपाली गीत बराबरी गाएकी उनले हालसम्म दर्जनौं गीत गाइसकेकी छिन् । सकुनको पहिलो एल्बम “स्नेह’ को नेपाली संगीतिक बजारमा छुुट्टै स्थान रहेको छ । ६ वटा गीतको संग्रह रहेको स्नेहले राम्रै बजार पाएको उनको दाबी छ । उनि अहिले तीनै गीतहरुको म्युजिक भिडियो बनाउन ब्यस्त छिन् । उनले हालै मात्र त्यसै एल्बमको “यो पिरतीमा’ भिडियो छायांकन पुरा गरेकी छिन् । कोरिया र नेपालमा छायांकन गरिएको यसमा केकी नायिका केकी अधिकारी मोडेलको भुमिकामा छन् । यसपछि ‘कसरि तिम्रो समुन्ने आउ’ को छायायंकन गर्ने तयारीमा छन् भने अन्य दुई गीतको पनि भिडियो बनाउने योजना बनाएकी छिन् ।

 

सुरिलो र लोभ लाग्दो स्वर भएकैले गीतको अफर आउने गरेको छ । म्युजिक भिडियोको कामसंगै उनि यो अफरलाई सदुपयोग गर्ने विचारमा छिन् साथै राजेश पायल राईसंग मिलेर पूर्वेली लोकदोहोरी संग्रह निकाल्ने तयारी गरेकी छिन् । यसका लागि उनले राईसंग समय लीईसकेकी छिन् ।

 

सकुन कुशल नृत्यकार पनि हुन् । उनले फिदिम र काठमाडौं यस सम्बन्धी प्रशिक्षण पनि लिएकी छिन् भने बिभिन्न स्टेजहरुमा आफ्नो नृत्य प्रदर्शन गरेकी छिन् । नृत्यलाई निरन्तरता दिन नसके पनि नेपाल फर्केर नृत्य सिक्न चाहनेहरुलाई निशुल्क प्रशिक्षण दिने उनको भावी योजना छ ।

 

गायन र नृत्यको अलावा समाज सेवा गर्ने सकुनको अर्को शोख हो । कोरियामा आएर दुख पीडामा परेका नेपालीहरुलाई उनि दिल खोलेर सहयोग गर्छिन् । ख्यंगीदो ओसानमा रहेको एक फूलबारीमा केहि दिनअघि भेटिएकी सकुनले लिम्बु लय मै भनिन् ‘मरी लानु के छ र हौ, सकेको सहयोग गर्ने हो, बाचुन्जेल गाउनु, नाच्नु र हास्नु त हो नि ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • भूकम्प पिडित सहयोगार्थ गजेदोमा “दिमाग खराब” प्रदर्शन हुने
  • छाङवनमा द्यौसीभैलो खेल्दै तिहार मनाइयो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...