Advertisement
SKIP THIS

मलेसियाद्वारा कामदारको न्यूनतम पारिश्रमिक वृद्धि, नेपालीलाई पनि फाइदा


 

सोल – मलेसियाले निजी क्षेत्रमा कार्यरत कामदारहरुका लागि आगामि बर्ष (सन् २०१६, जुलाई) देखि लागू हुनेगरि न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ ।

 

शुक्रबार ‘बजेट–२०१६’ सार्वजनिक गर्दै प्रधानमन्त्री नाजिब तुन रजाकले निजी क्षेत्रमा कार्यरत सबै कामदारहरुको मासिक न्यूनतम पारिश्रमिक वृद्धि गरिएको घोषणा गरेका हुन् ।

 

 

स्थानीय संचारमाध्यमका अनुसार नयाँ घोषणामा पश्चिमी मलेसिया (राजधानी रहेको क्षेत्र) मा निजी क्षेत्रमा कार्यरत कामदारका लागि १ हजार रिंगिट र पूर्वी मलेसिया (सावाह, सारावक र लाबुवान) मा कार्यरत कामदारका लागि ९२० रिंगिट पारिश्रमिक तोकिएको छ । उक्त नयाँ पारिश्रमिकसम्बन्धी नीति पूर्णरुपमा कार्यान्वयन भएमा मलेसियामा कार्यरत लाखौं नेपालीसहित करिब २२ लाख विदेशी कामदार पनि आगामि बर्ष जुलाईदेखि लाभान्वित हुने भएका छन् । कामदारको तलबबाटै लेबी लिँदै आएकाले यसबाट कामदारलाई सोचेजस्तो फाइदा नहुने मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्न्यातले प्रतिक्रिया दिए ।

 

 

‘लेबी शुल्क कामदारसँग नलिए त ठीकै हो । नत्र सय रिंगिट बढ्दैमा कामदारलाई त्यति धेरै फाइदा हुन्न,’ उनले थपे ‘कमसेकम १२ सय रिंगिट भएको भए राम्रो हुन्थ्यो ।’ रिंगिट कमजोर भएकाले हाल एकजना नेपालीले मासिक सरदर २२ हजार रुपैंया कमाउँछन् । यहाँ सेवा, उत्पादन, निर्माण र कृषि तथा प्लानटेशन लगायत क्षेत्रमा नेपालीहरु कार्यरत रहेका छन् । मलेसियाली सरकारले यसअघि २०१३ जनवरी महिनामा न्यूनतम पारिश्रमिक तोकेको थियो ।

 

उक्त नीति ६ महिना परिक्षणका रुपमा समेत कार्यान्वयन गरिएको थियो । हाल पश्चिमी मलेसियामा कार्यरत कामदारले मासिक ९ सय रिंगिट र पूर्वी मलेसियामा कार्यरत कामदारले ८ सय रिंगिट न्यूनतम पारिश्रमिक प्राप्त गर्दै आएका छन् । सरकारले घोषित पारिश्रमिक लागू नगर्ने रोजगारदाताहरुलाई प्रति कामदार १ लाख रिंगिटसम्म जरिवाना हुनसक्ने जनाएको छ । ‘न्युनतम पारिश्रमिकसम्बन्धी व्यवस्था २०१२’ का अनुसार हरेक दुई/दुई बर्षमा यसबारे समीक्षा हुने गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...