Advertisement
SKIP THIS

नेपाली टोली यू १९ विश्वकप क्रिकेटका लागि छनोट, फाइनल खेलमा आयरल्याण्ड तीन विकेटले पराजित


 

सोल – मलेसियास्थित किन्नारा ओभलमा आयरल्याण्ड विरुद्ध तीन विकेटको जीत निकाल्दै नेपालको युवा टोली आगामी वर्ष बंगलादेशमा हुने यू १९ विश्वकपमा छानिएको छ ।
नेपालले १ सय ८५ रनको लक्ष्य अन्तिम २२ बल बाँकी छदैँ ७ विकेटको क्षतिमा भेट्यायो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग थालेको आयरल्याण्डले ४७ ओभर ४ बलमा अलआउट हुनअघि १ सय ८४ रन जोडेको थियो ।

 

ज्याक टेक्टरलाई चौथो ओभरमा पहिलो विकेटका रुपमा गुमाउँदा केवल ९ रन जोडेको आयरल्याण्ड अर्का ओपनर एडियू अस्टिनले ग्यारी म्याकक्लिनटकसँग मिलेर तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गर्दा नेपालमाथि दबाब सिर्जना गर्न सफल थियो । तर, तेस्रो विकेटका रुपमा ओपनर अस्टिनलाई १ सय ७ रनको अवस्थामा गुमाएपछि आयरल्याण्डको इनिंग्स केही कमजोर देखियो ।

 

अस्टिनले ३० ओभर ३ रनमा पेभेलियन छाडे भने म्याकक्लिनटकले ३१ ओभर ६ बलमा पेभेलियन छाडे । मैदानमा मज्जाले जमेका दुई खेलाडी पेभेलियन फर्कादाँसम्म आयरल्याण्ड १ सय ११ रनमा थियो । उनीहरुबीचको साझेदारी भंग भएपछि आयरल्याण्डका बाँकी ब्याटस्म्यान चम्कन सकेनन् । खेलमा अस्टिनले ४४ तथा म्याकक्लिनटनले ४५ रन बटुलेका थिए ।

 

४७ ओभर आयरल्याण्डबाट लोर्कान टोकरले ३३ तथा विलियम म्याकक्लिनटकले २० रन बटुले । आयरल्याण्डलाई ४७ ओभर ४ बलमा अलआउट गर्ने क्रममा नेपालबाट ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै आरिफ शेखले तीन तथा दिपेन्द्रसिंह ऐरीले २ विकेट लिए । जवाफी ब्याटिंगमा उत्रिएको नेपालले पनि सुरुआतमै विकेट गुमायो ।

 

मिट्चेलको बलमा सन्दीप सुनार एलबिडल्युको धरापमा पर्नुअघि नेपाल एक ओभर १ बलमा शुन्य रनको अवस्थामा थियो । तर अर्का ओपनर सुनिल धमलाले नेपालको इनिंग्स सम्हाल्दै ४७ रन प्रहार गरे । नेपालबाट कप्तान राजु रिजालले ३५ , आरिफ शेखले २१ तथा दीपेन्द्र सिंह ऐरीले २६ रन प्रहार गरे । यसअघि नेपालले समूह चरणमा पनि आयरल्याण्डसहित सबै देशमाथि जीत दर्ता गरेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...