Advertisement
SKIP THIS

मगर संघ ए ले जित्यो पाँचौ माइग्रेन्ट रनिङ भलिबल प्रतियोगिताको उपाधि


अशोक पोख्रेल

किम्हे, दुईदिनदेखि लगातार परिरहेको मनसुन वर्षाको पर्वाह नगरी आइतबार दक्षिण कोरियाको किम्हे शहरमा आयोजना गरिएको पाँचौ माइग्रेन्ट रनिङ भलिबल प्रतियोगिता हेर्न दर्शकको घुँइचो लागेको थियो । पानी परेकोले निर्धारित समय भन्दा ढिलो सुरु भए पनि खेलाडिहरुको रोमाञ्चक र उत्साहजनक खेलले उपस्थित दर्शकलाईभरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

गुसानदोङ किम्हे खेल मैदानको कवर्ड हलमा  सम्पन्न खेलमा मगर संघ ए दक्षिण कोरियाले १२ समुहलाई पछि पार्दै पहिलो उपाधि जित्न सफल भएको छ । किम्हे माइग्रेण्ट खेलकुद समितिले आयोजना गरेको उक्त प्रतियोगितामा ११ नेपाली टिमका साथै २ वटा इण्डोनेसियन टिम गरि १३ वटा भलिबल टिमको रोमाञ्चक प्रतिस्प्रधा भएको थियो। यी १३ वटा टिमहरू मध्येबाट इण्डोनेसिया छाङवन, मगर संघ वि, कालिगण्डकी, गजेदो वि, गजेदो ए, मगर संघ ए, आयोजक टिम किम्हे वि र कोरिया पत्रकारहरूको टिम परदेशी लाइफ क्वाटरफाइनल र  फाइनलमा पुग्न सफल भएका थिए।

त्यस्तै गरेर मगर संघ ए,इण्डोनेसीया छाङवन, गजेदो वि र आयोजक किम्हे वि सेमिफाइनलमा पुगेका थिए भने गजेदो वि र मगर संघ ए को फाइनलमा प्रतिस्प्रधा भएको थियो। फाइनल खेल बेष्टअफ पाँचको गरिएको मा सरासर तिन खेल जित्दै मगर संघ ए ले उपाधी आफ्नो पोल्टामा पारेको थियो। कोरियन रेफ्रिहरूको निर्णयको आधारमा मगर संघ ए का चिनु छन्त्याल उत्कृस्ट खेलाडी बन्दै ,प्रतियोगिताको उत्कृष्ट खेलाडीको पुरस्कार १ लाख वन पनि हातापार्न सफल भए।

प्रतियोगिताको पहिलो बन्दै, मगर संघ ए र दोस्रो बन्दै गजेदो वि ले कप तथा प्रसंसा पत्र सहित क्रमश: ८ लाख वन र ६ लाख वनको पुरस्कार राशी लिन सफल बने। खेलाडीको जोस अनि दर्शकको तालि र हुटिङले गुञ्जायमान उक्त कवर्डहलमा मगरहरूको हुर्रे नाचले माहोल नै अर्कै बनाएको थियो।

यही दिन किम्हे माईग्रेण्ट हाउसको दोस्रो साधारण सभा पनी सम्पन्न गरी आर्थिक आय- ब्ययको मुल्याङकन गर्दै सार्वजनिक गरिएको थियो। यस प्रतियोगितालाइ सबैतिरबाट निकै चासो र महत्वपुर्णका साथ हेरिएको पनि पाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...