Advertisement
SKIP THIS

श्रम सम्झौता नहुँदा वैदेशिक रोजगारी जोखिममा


 

काठमाडौँ – वैदेशिक रोजगारीका लागि ठूलो सङ्ख्यामा नेपाली विभिन्न मुलुकमा गए पनि प्रमुख गन्तव्य मुलुकसँग सरकारी तहबाट द्विपक्षीय श्रम सम्झौता हुन सकेको छैन।

 

रोजगारीका लागि ११० मुलुक खुला गरिए पनि हालसम्म कतारसँग मात्रै द्विपक्षीय श्रम सम्झौता भएको छ। जापान, दक्षिण कोरिया, बहराइन, कुवेत र इजरायलसँग सहमतिपत्रमा हस्ताक्षर भएको छ।

 

नेपालीको प्रमुख गन्तव्य मुलुक मलेसिया, साउदी अरब, युएईसँग अझैसम्म न त श्रम सम्झौता हुन सकेको छ न त कामदार पठाउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुन सकेको छ।

द्विपक्षीय श्रम सम्झौता भएको मुलुकसँग कानुनीरुपमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौतासरह मानेर उजुरी दिन सकिन्छ। कामदारको गम्भीर मानवअधिकार हनन भएको अवस्थामा अन्तर्राष्ट्रिय अदालतमा समेत मुद्दा हाल्न सकिन्छ।

 

कुनै पनि मुलुकमा कामदार पठाउनुअघि सके द्विपक्षीय श्रम सम्झौता नभए कम्तीमा दुई देशबीच समझदारीपत्रमा हस्ताक्षर गरेर मात्रै रोजागारीका लागि मुलुक खुला गर्नुपर्नेमा जथाभावी मुलुक खुला गर्दा अहिले समस्या परेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले बताउँछन्।

 

उनले भने – “सम्झौता भएको अवस्थामा सरकारी तहबाटै समस्या समाधानका लागि बाटो खुल्छ, तर सम्झौता नभएको अवस्थामा कामदार पठाउने यहाँको म्यानपावर र कामदार लिने विदशी कम्पनीबीच मात्रै आपसी सहमतिमा समस्या समाधान गर्नुपर्ने बाध्यता हुन्छ। त्यस्तो अवस्थामा रोजगारदाताले कामदारको समस्या समाधानमा सहजै सहयोग गर्ने सम्भावना हुँदैन।”

वैदेशिक रोजगार विभागले विसं २०५२ मा तथ्याङ्क राख्न सुरु गरेपछि हालसम्म भारतबाहेक अन्य मुलुकमा ४० लाख ३७ हजार १३ जना वैदेशिक रोजगारमा गएका छन्। यसमध्ये पुरुष ३८ लाख ९७ हजार ७३ जना र महिला एक लाख ३९ हजार ९४० जना रहेका छन्।

विभागबाट अनुमति नलिई भारत हुँदै अवैधानिकरुपमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको छ। उनीहरुको विवरण भने नेपाल सरकारसँग छैन।

यो अवधिमा सबैभन्दा बढी मलेसियामा १० लाख ५३ हजार ९७, कतारमा आठ लाख ४२ हजार ६३७, साउदी अरबमा छ लाख २७ हजार ५१०, युएई (दुबई) मा चार लाख एक हजार ४४७ र कुवेतमा एक लाख एक हजार १० जना वैदेशिक रोजगारीमा गएका छन्।

अहिले सबैभन्दा बढी नेपाली कामदार जाने मुलुक मलेसियासँग द्विपक्षीय श्रम सम्झौता हुन नसकेकै कारण त्यहाँ कामदारले बढी समस्या भोग्नु परिरहेको छ।

 

सम्झौता नभएकै कारण समयमा तलब नपाउने, कामदार जाने बित्तिकै उसको राहदानी खोसेर कम्पनीले राख्ने, कामदारको सेवा, सुविधा, बिमा, स्वास्थ्यलगायतका समस्या देखिँदा सरकारी तहबाट समाधानका लागि अप्ठ्यारो पर्ने गरेको सरकारी अधिकारीको अनुभव छ।

साउदी अरब, मलेसिया, ओमान, जोर्डन, लेबनानलगायत मुलुकसँग सम्झौताको तयारी भइरहेको तर मिति तय नभइसकेको निर्देशक काफ्लेले जानकारी दिए। साउदी अरब र मलेसियासँग सम्झौताको लागि पटकपटक पत्र आदानप्रदान भएपनि त्यसले मूर्तरुप पाउन सकेको छैन।

गन्तव्य मुलुकसँग श्रम सम्झौता हुनसके रोजगारीका क्रममा कुनै समस्या उत्पन्न भए दुई देशकै बीचमा समन्वय भई कामदारको सेवा, सुविधाको सुनिश्चित गर्न सकिने अवस्था सिर्जना हुने ठानिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...