Advertisement
SKIP THIS

दुई कोरियाका परिवार एकआपस भेट हुँदा आँशुमा लतपतिए


सोल -आफनो परिवार जोसंग बर्षौदेखि छुट्टिएर टाढा बस्नु पर्दा कस्तो अनुभव होला । संझिदा पनि मन जिरिंग हुन्छ ।लामो समयको अन्तरालपछि माया मारेका आफन्तजनको मुहार देख्न पाउदा शायद आँशु नखसाउने मानिस नहोला ।

 

यस्तैं भएको छ उत्तर कोरिया र दक्षिण कोरियाका आफन्तहरु एक अर्कालाई भेटन पाउदा ।यो दुई कोरियामा छुटेर रहेका आफन्तजनसंगको पुर्नमिलनको दृश्य मंगलबारको हो ।

 

‘बाबा म तपाईको छोरो हुँ । ‘दक्षिण कोरियाका ६५ बर्षीय नागरिक चे हि यांगले ८८ बर्षीय चे हुँ सिकलाई अंगालोमा बाधेर भन्दैं थिए ।दुवैं जनाको आंखाबाट आँशुको बलिन्द्र धारा बगीरहेको थियो ।बाबु छोराको यो भेट ६५ बर्षपछि भएको हो ।यो बीचमा कहिले पनि एक आपसमा बाबु छोराबीच फोन गरागर भएको थिएन किन कि ईमेल प्रदान गर्ने मात्र अनुमति उत्तर कोरियाले अनुमति दिएको थियो ।सन १९५० देखि ५३ बीचको कोरिया प्रायद्धीपमा भएको युद्धले कयौं कोरियन परिवारहरु छुट्टिएका थिए ।

 
ती सयौं कोरियन मध्येका भाग्यमानी थिए ती दुई कोरियन ।अघिल्लो दिन ९६ परिवारका ३ सय ८९ जना दक्षिण कोरियन नागरिक १ सय ४१ जना उत्तर कोरियन नागरिकलाई भेटन १६ वटा बसमा उत्तर कोरियाको पुर्वी क्षेत्रमा गएका थिए ।त्यहां पुगेका दक्षिण कोरियनहरुलाई आफनो आफन्तसंग १२ घण्टासम्म संगैं रहन दिएको थियो । उत्तर गएको दक्षिणका नागरिकलाई सिमा क्षेत्रमा १ घण्टासम्म सुरक्षा जांच गरेको थियो ।हराएका आफन्तलाई भेटने मौंका दुईकोरियाले उत्तरकोरियाको माउन्ट कुंगमांग पुर्वी तटमा गराएको थियो ।

 

 
अर्का चरणको पुर्नमिलन यो शनिबार देखि सोमबारसम्म २ सय ५० जना दक्षिणका ९० जना उत्तर कोरियामा रहेका आफन्तलाई भेटन पाउने भएका छन् ।करिब १ लाख ३० हजार दक्षिण कोरियन नागरिकले आफनो आफन्त उत्तर कोरियामा रहेको सरकारमा दर्ता गरेको तथ्यांकमा उल्लेख छ ।आधा भन्दा बढीको मृत्यु भैसकेको छ भने ६६ हजार परिवारका सदस्यहरु पर्खाइमा रहेका छन् ।

 

 

हालसम्म ७ पटक भिडियोबाट दुई कोरियाका परिवारबीच पुर्नमिलन गराइएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दोश्रो नेपाल सुपर कपको सम्पूर्ण तैयारी पूरा – नेपाल फूटबल महासंघ कोरिया
  • नोभेम्बर १६ तारिख सुवनमा चलचित्र ‘मैझारो’ प्रदर्शन हुँदै
  • चुम्लुङ कोरियाले डिसेम्बर ७ तारिख सौलमा चासोक तङनाम मनाउँदै
  • नेफिन कोरियाको अध्यक्षमा शुभराज भोम्जन, वृहत आदिवासी भेला गर्ने उदघोष
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...