Advertisement
SKIP THIS

दर्शकको मन छोयो सञ्चाकरकर्मी श्रेष्ठको गीतले


सोल -आईतबारको दिन कोरियामा प्रायजसो कम्पनीमा सार्वजनिक बिदा हुने गर्दछ ।छुट्टीको दिन भएर नेपालीहरु धेरैंजसो आईतबार घुमघाम र साथीभाइसंग भेटघाटमैं रमाउंछन् ।तर कोही यस्ता युवाहरु पनि छन् जो समय अभावमा पनि समय निकालेर सिर्जनामा तल्लिन रहन्छन् ।

 

धेरैं युवाहरुको भीडमा आफुलाई एउटा सञ्चारकर्मीकोरुपमा चिनाउदैं आएका ऐश्वर्य श्रेष्ठ समाचारको रफतारसंगैं आफनो अन्य प्रतिभालाई समेत संगैं लिएर हिडछन् ।थोरैंलाई मात्र थाहा हुनसक्छ उनी सञ्चारकर्मी बाहेक गीत पनि गाउँछन् भनेर ।

आईतबार सोलको कोरिया युनिभर्सिटीको सिनेमाट्रयापमा ९ औं अन्तराष्ट्रिय आप्रवासी फिल्म फेस्टिभलमा नेपाली फिल्म हेर्न भेला भएका नेपाली दर्शकहरुले उनलाई गायकरुपमा पहिलोपटक चिन्ने मौंका पाए ।

 

 

मध्यान्हको १२ बजेतिर नेपालीहरुको भीड बाक्लिदैं थियो ।अक्टोबर १६ बाट शुरु भएको ३ दिने आप्रवासी चलचित्र महोत्वसवको अन्तिम दिन नेपाल विषेश कार्यक्रम रहेको थियो ।सिनेमा ट्रयाप हलमा छिर्न बितिकैं नेपाल झल्काउने नेपाली तस्विरहरु सजाएर राखिएको थियो ।साना बालबालिकाको संवेदना झल्काउने लगायत नेपाली परम्परा र हिमालको तस्विर अगाडि उभिएर नेपाली लगायत विदेशी नागरिकहरु फोटो खिच्न तल्लिन देखिन्थे । त्यो भीड अनि हिमालहरु हेर्दा नेपाल पुगेको भान हुन्थ्यो ।

 

नेपाली परम्पराको भेषभुषामा सजिएका केही दिदीबहिनीहरु हिमाल आफनो शिरमा पारेर फोटो खिचिरहंदा नेपालसंबन्धी फोटोप्रर्दशनी गरीरहेका फोटोग्राफर कांग हि गाप पनि आफनो क्यामेरामा फोटो कैंद गरिरहेका थिए ।ठीक २ बजेको हुँदो हो ९ औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका आयोजक एम डब्लु टिभिले फिल्म शुरु हुन लागेको जानकारी गराए । कोरिया,बंगलादेश,पाकिस्तान,फिलिफिन्स,भियतनाम, नेपाल लगायत दर्शक भित्र छिरे । २ बजेदेखि ३.३० बजेसम्मको सोमा अन्य देशका फिल्महरु देखाइएको थियो ।विभिन्न देशको सहभागिता रहेको सो चलचित्र महोत्सवमा २५ वटा फिल्म प्रर्दशनीमा थिए ।
नेपाली दर्शकहरु भने नेपालको फिल्म कति बेला शुरु हुन्छ भनेर हतारिदैं थिए ।साढे ३ बजेदखि ४ बजेसम्मको बे्रकपछि ४ बजेबाट नेपाल विषेश कार्यक्रम शुरु भयो ।नेपाली दर्शकहरुलाई सम्बोधन गर्दैं एम डब्लु टिभिका नेपाली प्रतिनिधि डम्बर सुब्बाले कोरियन फोटोग्राफरलाई चिनाए । नेपाल २ चोटी पुगेका फोटोग्राफर कांग हिले गत बैंशाख १२ मा नेपालमा गएको विनाशकारी भुकम्पमा परी पिडित भएका बालबालिकालाई फोटो प्रर्दशनीबाट उठेको रकम हस्तान्तरण गर्ने बताए ।
नेपाल विषेश कार्यक्रमको शुरुमैं सञ्चारकर्मी ऐश्वर्य श्रेष्ठको आवाज,शब्द र लय रहेको पुर्वेली भाकामा रहेको कोरियन र नेपाली शब्द मिश्रित रहेको गीत “हरमा हर ए कान्छा थोन मान्ही फर “प्रस्तुत गरिएको थियो । कोही हांस्दैं थिए भने कोही साच्चैं राम्रो गीत भन्दैं आन्नद मानेर भिडियो हेरीरहेका थिए ।कोरियन सबटाईटल समेत रहेको हुनाले कोरियन लगायत अन्य दर्शक पनि चाख मानेर हेरीरहेका थिए । यो गीतले समग्रमा कोरियामा नेपाली कामदारहरुले कम्पनीमा भोग्नुपरेको पिडालाई यथार्थरुपमा उतारिएको छ । माया प्रेमका गीतहरुको भीडमा दर्शकले फरक स्वाद लिए सञ्चारकर्मी श्रेष्ठको गीतबाट ।
त्यसपछि देखाइएको बिकट गांउका बालिकाहरुको फुटबल टोलीले देखाएको चमत्कारी खेलसंग आधारित फिल्म सुनकली, स्वामित्व तथा हेरविचारको विषयमा अधिकृत विवादको माध्यमबाट बढदै गरेको उपत्यकावासी गरिब बालकको कथामा आधारित फिल्म पुन्टेको पांग्रो र नेपाल छाडेर विदेशी जीवन देखि शुरु भएको एक परिवारको कहानीसंग आधारित फिल्म पवनले दर्शकको मन छोएको थियो ।

 

सुनकली,पुन्टेको पांग्रो र पवन सन २०१४ मा काठमाण्डौंमा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सवमा अवार्ड जित्न रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...