Advertisement
SKIP THIS

एनआरएनमा नयाँ नेतृत्वका लागि सहमति प्रयास


 

काठमाडौं- गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास थालिएको अध्यक्ष शेष घलेले बताए। सातौं विश्व सम्मेलनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा घलेले भने, ‘देशको विषम परिस्थितिमा नेतृत्वका लागि हानाथाप गर्नुभन्दा पनि सहमति वा सर्वसम्मतबाट नेतृत्व चयन गर्नु उचित हुने ठानेर तीन सदस्य समिति गठन गरिएको छ। संघको नेतृत्वका लागि उपाध्यक्ष टीबी कार्की र रतन झाले दावी गरेकाले सर्वसम्मतको प्रयास थालिएको हो।’

सर्वसम्मत नेतृत्व चयनका लागि प्रमुख संरक्षक रामप्रताप थापा, पूर्वअध्यक्ष जीवा लामिछाने र दीपक खड्का सदस्य रहेको समिति गठन गरिएको छ।

 

 

पत्रकार सम्मेलनमा अक्टुबर १४ देखि १७ सम्म हुने एनआरएन सातौं विश्व सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइयो। कार्यक्रम सम्पन्न गर्न एक करोड रुपैयाँ खर्च हुने र १५ सय प्रतिनिधिले भाग लिने जनाइएको छ। सम्मेलनमा सहभागी हुन २१ सय प्रतिनिधिले नाम दर्ता गराए पनि सबै उपस्थिति हुन नसक्ने अध्यक्ष घलेले बताए।

 

 

एनआरएन संस्थागत भइनसकेको तर विगतभन्दा सुधार हुँदै गएको र अबको २० वर्षपछि एनआरएनहरु नेपालको विकास साझेदार बन्ने कार्यक्रममा बताइयो। ‘सातौं विश्व सम्मेलनका लागि नयाँ एजेण्डा केही नभएको पुरानै परियोजनालाई निरन्तरता दिनेछ,’ कार्यक्रममा घलेले भने, ‘विगतमा जस्तो यसपटक गर्न सकिने र सम्भव हुने कार्यक्रम मात्र घोषणापत्रमा उल्लेख हुनेछ।’

 

 

नागरिकताको निरन्तरतासम्बन्धी प्रश्नमा घलेले भने, ‘नेपाल सरकारले अहिले एनआरएनको कोटमा बल फालेका छन्। तर एनआरएनको हातमा आइसकेको छैन, कानुन बन्न बाँकी रहेकाले त्यसलाई लविङ गर्ने र नजिकबाट नियाल्न एनआरएनले छाड्न हुँदैन।’

 

 

भूकम्प पीडितका लागि एनआरएनले बनाइदिने भनेको एक हजार घर दुई वर्षभन्दा बढी ढिलो गर्न नहुने अध्यक्ष घलेले बताए। ‘नेपाल सरकारको समन्वयमा बन्ने त्यस्ता घर नमूना हुनेछ,’ घलेले भने, ‘भवन विभागको डिजाइनमा बन्ने त्यस्ता घरका लागि एनआरएनले पैतिस करोड रुपैयाँ खर्च गर्नेछ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...