राजदूत मैत्रीपूर्ण रनिंग कप फुटबल प्रतियोगिताको टाई सिट प्रकाशित


सोल-नेपाली राजदूतावास दक्षिण कोरियाले बडा दशैं २०७२ को सुअवसरमा संचालन गर्ने “राजदूत मैत्रीपूर्ण रनिंग कप ” फुटबल प्रतियोगिताको टाईसिट महामहिम राजदूतज्यूको समुपस्थितिमा विभिन्न् टिमका प्रतिनिधिहरुको बीचमा ता. ११ अक्टोबर २०१५ मा निकालिएको छ ।

 

उक्त टाईसिट अनुसार उक्त फुटबल खेलहरु २५ अक्टोबरका दिन एक साथ बिहान ८.०० बजे देखि फाजु नेशनल फुटबल सेन्टरको दुई खेल मैदान तथा वलगुक आर्टिफिसियल टर्फ स्टेडियमको खेल मैदानमा समेत गरी जम्मा तीन खेल मैदानमा संचालन गरिनेछ तर फाईनल खेल भने वलगुक अर्टिफिसियल टर्फ स्टेडियमको खेल मैदानमा नै सम्पन्न् हनेछ ।

 

सम्बन्धित टिमहरुलाई समयमा नै खेल मैदानमा उपस्थित हुन समेत राजदूतावासद्धारा अनुरोध गरिएको छ साथै राजदूतावासद्धारा उक्त दिन कोरियामा रहेका एन.आर. एन.,एन.सि.सि. लगायत राजनैतिक, क्षेत्रिय, जातिय, संघ संस्थाका पदाधिकारीहरु, पत्रकारहरु लगायत सबै नेपाली दाजु भाई दिदी बहिनीहरुलाई पनि उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

 

साथै फाजु नेशनल फुटबल सेन्टर जान बिहान ठीक ६.३० बजे दोंग्देमुन गेट न. ३ बाट छुट्ने गरी, खेलाडीहरुकालागि मात्र दुई वटा बसको व्यवस्था पनि गरिएको छ तथा फाईनल खेल खेल्न फाजुबाट सोही बसले नै वलगुक खेल मैदानमा खेलाडीहरुलाई लिएर आउनेछ ।

 

खेल हुने स्थानः (१)

San 2-1, Hwolgok-dong, Seongbuk-gu, Wolgok Artificial Turf Stadium.( Near Soongin Elementary School)
By Train Wolgok Station.Line no.6, exit no. 3 and walk 15 minutes to reach the football ground. Navigation: 숭인 초등학교 앞

(2) Paju National Football Center बिमल घर्तीमगर सहितको Under 19 टिमले फुटबल म्याच खेलेको स्थान) उक्त स्थानमा निम्नानुसार जान सकिन्छ ।

By Train: Take a train to Paju line( Central line) . Get off at Geumchon station exit no. 1. walk to Geumchon station bus stop ( in front of Chinese Restaurant and take bus No. 900. Get off at Tongil Donsan Observatory ( Unification Hill Observatory) and walk 10 minutes to reach the Paju National Football Center.
By Bus from Seoul Station: Get the Red bus No. 9709 in front of Seven Eleven Store ( Near Seoul Station Exit No. 3). Get off at Mc Geum- Dong. Transfer to Green Bus No. 900 at Jangteu Gogae. Get off at Tongil Dongsan Observatory and walk 10 Minutes to reach the ground. Navigation: 파주 NFC

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...