थेगुमा ईपीएस युथ नेपालको आयोजनामा Hostel Returns चलचित्र प्रदर्सन हुदै |


सौल – फोनिज कोरिया सम्बाददाता

डोल्मा शेर्पाको सहयोगार्थ ईपीएस युथ नेपाल (EYN) को आयोजनामा बहुचर्चित नयाँ नेपाली फिल्म Hostel Returns यहि अक्टोबर ११ तारिख आइतबारको दिन कोरियाको तेस्रो ठूलो सहर थेगुमा प्रदर्सन हुँदैछ |

 

बिगत लामो समय देखि चरणबद्द रुपमा उपचारको क्रममा सुवन स्थित अस्पतालको सैयामा रहेकी  दोलखा निबासी डोल्मा शेर्पाको आर्थिक अबस्था धेरै कम्जोर रहेको र उपचारको लागि अझै धेरै रकमको आवस्यकता पर्ने अबस्था देखिएकोले ईपीएस युथ नेपालले उहाँको सहयोगार्थ यो कार्यक्रमको आयोजना गरीएको  हो। कार्यक्रमबाट बचत  भएको सबै  रकम सस्थाले प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मालाई हस्तान्तरण गर्ने निर्णय गरेको  छ। बोन म्यारो क्यान्सर बाट पीडित डोल्मा बिगत बर्ष दिन देखि चरणबद्द रूपमा उपचारको क्रममा रहेकी छन् ।अबको चरणमा अप्रेसनपछि उनको बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने रहेको छ।यसको लागि धेरै रकमको आवश्यक पर्ने भएकोले सहयोगको लागी डोल्माले सबै संघ सस्था संग  अनुरोध गरेकि  थिए ।

 

 

अक्टोबर ११ आइतबारको दिन थेगु स्थित सबु मुन्ह्वा सेन्टर ( रेशम फिलिली र कोहिनुर चलेको ) हलमा दिनको १ बजेबाट प्रदर्सन हुन गइरहेको हुनाले संस्थाका  संयोजक  आङ दोर्जे शेर्पाले समयमै उपस्थिति जनाईदिएर कार्यक्रम सफल पारिदिनको लागी सबै संघ सस्थाका पदाधिकारीहरु,आयोजक पक्ष ,पत्रकार तथा दर्शकबृन्दहरुमा हार्दिक अनुरोध गरेका छन् | कार्यक्रम आयोजनाको लागि सहयोग गर्नुहुने सस्थाका सचिब सन्तोष घिमिरे,सस्थाका सदस्यहरु सन्तोष तामाङ तथा रिन्जी शेर्पा, सिन्धु समाजका अध्यक्ष एल बि श्रेष्ठ, NPRIK का अध्यक्ष ज्ञानेन्द्र गुरुङको साथै कार्यक्रमको लागि प्रबन्धक तारा रेस्टुरेन्टका चिरञ्जीवी पान्डे तथा बालाजी रेस्टुरेन्टका मानसिङ गुरुङ्प्रती आभार व्यक्त गरेको छ। कार्यक्रमको लागि एनआरएन ख्यङ्बुक(थेगु),नेपाल अन्नपूर्ण सेवा समाज र ओखलढुंगा सेवा समाज जस्ता सस्थाहरुको सहयोग रहेकोे छ भने सस्थाले अन्य सस्थाहरु संग पनि बिरामी डोल्माको सहयोगको लागि ध्यानाकर्षण गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • ‘चन्चले मन’को लिरिकल भिडियो सार्बजानिक
  • प्रतिज्ञा लामा कमब्याकको दोस्रो म्युजिक भिडियो सार्वजानिक (भिडियो)
  • शेर्पा संघ कोरियाले फेब्रुअरी १० मा ग्याल्पो ल्होसार मनाउने
  • नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो
  • ईपिएस

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    विभिन्न माग राख्दै एमटियुले नोभेम्बर ११ मा बिरोध प्रदर्शन गर्ने

    मजदुरको पक्षमा विभिन्न माग राख्दै प्रवासी मजदुर संगठन (एमटियु)ले नोभेम्बर ११ तारिख शनिबारका दिन सौलमा बिरोध प्रदर्शन गर्ने भएको छ । कोरियामा रहेको सबै विदेशी श्रमिकहरुको हित बिपरित रहेको विवेदकारी कानुनहरुको खारेजी लगायतको माग राखेर प्रदर्शन गर्न लाएको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...