Advertisement
SKIP THIS

छाङवनमा नचाउदै छन् आज नेपाली तारा प्रताप लामाले


‘आहा, कति सुन्दर ठाउँ झट्ट हेर्दा यूके जस्तै लाग्यो’, शनिबार दिउँसो मासान सहरको समुद्र नजिकै रहेको होटल रिभेराको नौतलाबाट समुद्रको सुन्दरतालाई नियाली रहेका थिए नेपाली तारा सिजन ३ का विजेता प्रताप लामा । उनी समुद्रको बिचबिचमा देखिने ससाना टापूहरुको बारेमा पनि उत्तिकै जिज्ञासु बनिरहेका थिए । ‘समुद्र नभएको मुलुकबाट आएका हामीलाई विदेश जाँदा सबैभन्दा पहिले त्यहाँको समुद्रले नै बढी आकर्षित गर्दो रहेछ’, उनी टेबुलमा राखेको तातो पानीको घुटको लिदै कोरियाको अनुभूति बाँड्न थाले । यो उनको दोस्रो यात्रा हो कोरिया । तर यो पटक झण्डै दुई हप्ता भन्दा लामो बसाइ भएकोले कोरियाको धेरै ठाउँ घुम्ने योजना छ उनको । ‘जेजु टाँपु घुम्न जाउँ कि भनेको हेरौं के हुन्छ’, उनले भने, ‘दोस्रो पटक भएकोले पनि होला यो पटक कोरियामा घुलमिल हुन धेरै सजिलो भएको छ । नेपाली साथीभाइहरु धेरै भेटियो रमाइलो भइराखेको छ ।’

कोरियाको छाङवनमा हरेक वर्ष आयोजना गरिने माइग्रेन्ट आरिराङ मल्टिकल्चर फेस्टिभलका लागि दक्षिण कोरिया आएका हुन् गायक लामा । कोरियामै धेरै मुलुकका प्रवासीहरुबिच हुने सबैभन्दा ठुलो महोत्सवमा सहभागी हुन पाउँंदा आफुलाई साच्चिकै भाग्यमानी ठान्छन् उनी । शुक्रबारबाट सुरु भएको तीनदिने महोत्सवको अन्तिम दिन आज आइतबार नेपाली तारा प्रताप लामाले आफ्नो सांगीतिक प्रस्तुति दिएर उपस्थित नेपाली तथा विदेशी दर्शकलाई मनोञ्जन प्रदान गर्र्दैेछन् ।
मध्यान्ह १ बजे सुरु हुने उनको प्रस्तुतिमा उनले ‘गोर्खाली छोरो म’ बोलको देशप्रेमको गीतका साथमा लोकपप शैलीका नाच्ने नचाउने तीनवटा गीतहरु  गाउने भएका छन् ।

nepali tara 3
प्रायःजसोको एउटै भनाइ हुन्छ ‘सानैदेखि गायनमा रुचि थियो’ । तर प्रताप लामालाई कहिल्यै गायक बन्ने चाहना भएन । नत गायक बन्छु भन्ने सोचेका नै थिए । तर उनको जिन्दगीको पाटो अचानक बदलियो । समयले कोल्टे फेर्दा गायक बन्न पुगे उनी ।
पाँच वर्ष अगाडि मोरङबाट काठमाडौं छिरेका प्रताप पेट पाल्नको लागि गायनलाई रोज्न बाध्य भए । मोरङबाटै १२ सम्मको अध्ययन सकेर राजधानी पसेका लामा सुरुका दिन सम्झदै भन्छन्,‘म पेट पाल्नकै लागि रेष्टुरेन्टमा गीत गाउन थालेको थिएँ ।’ पैसाको लागि रेष्टुरेन्टमा गीत गाउन पुगेका उनले गीत गाएवापत राम्रै कमाइ भएपछि  गायनमै निरन्तर लागे । दरबारमार्गमा रहेको नोर्लिङ रेष्टुरेम्टमा साँढे तीनवर्ष लगातार गीत गाए ।
उनको गायकीपन र स्वरबाट प्रभावित साथीभाइ तथा सुभेक्षुकहरुको उत्प्रेरणाले नेपाली तारा सिजन ३ मा भिडन पुगेका उनी अन्ततः विजेता नै बन्न पुगे । ‘उत्कृष्ट १० मा पर्ने सबै प्रतियोगीहरु एकसेएक थिए तर ममा भएको कन्फिडेन्सले गर्दा नै जितेको जस्तो लाग्छ’, उनले भने । सफलताको अर्को पक्ष भनेको आत्मविश्वास नै हो उनको बुझाइमा । आउने पुस्तालाई पनि उनी यहि शिक्षा दिन चाहन्छन् ।

nepli tatr

साँगीतिज्ञ नवराज आचार्यसँग घरमै क्लासिकल म्युजिक सिक्दै आएका लामाले पैसाको पछि लागेर सस्तो गीत गाउने भन्दा पनि नाम रहने, योगदान पुग्ने खालका कालजायी गीत गाउने सोचेका छन् ।
उनको पहिलो गीति एल्वम ‘आइ लभ यु फर एभर’ कोरियाबाट फर्किनसाथ एल्वमको विमोचन गर्दै छन् । यहि एल्बमको एउटा गीत ‘कस्तो होला तिम्रो र मेरो पहिलो भेट’ बोलको म्युजिक भिडियो अहिलै युट्युवबाट धेरैले हेरिरहेका छन् । अर्को एल्वमको तयारीमा समेत रहेका प्रताप एकैचोटी तीनवटा एकल एल्वम निकाल्ने योजनामा छन् । देशभक्ती गीतदेखि मायाप्रेमका रोमाञ्चक दर्जन गीत गाइसकेका लामा भन्छन्, ‘म भर्सटाइल गीत गाउन मन पराउछु तर रोमान्टिक गीत बढी मन पर्छ । सायद म आफैं बढी रोमान्टिक भएर होला ।’
भूकम्पपछि उनले गाएको गीत ‘कालो छ दिन कालै छ रात खुल्ला आकाशमुनि छैन है गाँस’ जस्ता मर्मस्पर्शी गीत समेत गाएका लामाले भूकम्प पिडित सहयोगार्थ थुप्रै सांगीतिक कार्यक्रममा सहभागी भएका छन् । त्यस्तै युएसएडले छ महिनासम्म नेपालभर गरेको जनचेतनामूलक कार्यक्रममा समेत सहभागी भएका लामा नेपाली तारा भएलगत्तै विभिन्न मुलुकमा पुगेर आफ्नो सांगीतिक प्रस्तुति पस्किसकेका छन् । यहि अक्टोबर २२ तारिख जापानमा हुनलागेको सांगीतिक कार्यक्रममा सहभागी हुने लामा त्यसपछि अष्ट्रेलिया जानै तयारीमा छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...