Advertisement
SKIP THIS

कोरियामा सुनुवार सेवा समाज शाखा गठन


दक्षिण कोरिया, विभिन्न मुलुकमा सुनुवार एकताको लागि अभियान चलिरहेको बेला कोरियामा पनि सुनुवार सेवा समाजको शाखा गठन गरिएको छ । कोरियामा रहेका सम्पूर्ण सुनुवारहरुलाई एकता गर्दै गोलबन्द गर्दै अघि बढने उदेश्यसहित गत आइतबार सेक्टेम्बर २७ का दिन दक्षिण कोरियाका राजधानी सउलस्थित कुमारी रेष्टुरेन्टमा पहिलो भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी समाजको गठन गरिएको हो । उक्त भेलाले हुसन सुनुवारको अध्यक्षतामा दुईजना सल्लाहाकार सहित १५ जनाको कार्यसमिति चयन गरेको छ ।
सुनुवार सेवा समाजले एकवर्षभित्र अधिवेशन गरि कोरियामा रहेका सुनुवारहरुलाई गोलवन्द गर्दै लैजाने तथा आफ्नो भेषभूषा, भाषा र संस्कृतिको जगेर्ना गर्दै विश्वभरी छरिएर रहेका सम्पूर्ण सुनुवारहरुसँग हातेमालो गर्दै अघि बढने लक्ष्य लिएको छ ।

कार्यक्रममा  अध्यक्ष हुसन सुनुवारले विभिन्न देशमा शाखा बिस्तार गर्ने बताएका छन् । त्यसैगरी सुनुवार सेवा समाज शाखा कतार् को पुर्ब अध्यक्ष किशोर सुनुवारले नबनिर्बचित हदिक बधाई तथा सुभाकमना दिदै  फुटेर होईन जुटेर एक हुनुपर्ने बताए । बिश्वमा रहेका सुनुवारहरुलाई ध्यानाकर्षण गर्दै सकेको सहयोग सल्लाह सुझाव दिदै अगाडि बढनु को लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा सबैले जोड दिएका थिए ।

जापानमा समेत शाखा खोल्ने योजना रहेको बताउदै सल्लाहकार बालकृष्ण सुनुवारले कोरियामा सबै मन भए पनि कार्य ब्यास्थ रहेको एकै ठाँउमा भेला हुन नसके पनि प्रयास गरेको भन्दै अगाडि बढने प्रतिवद्धता व्यक्त गरे । तेस्तै सचीव हर्क सुनुवारले पनि काम गर्नु जटिल भए पनि पहिलो पटक कोरिया जस्तो ठाँउमा सुनुवार सेवा समाज शाखा गठन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

नया कार्य समितिमा अध्यक्ष हुसन सुनुवार उपाध्यक्ष तोरन सुनुवार, सचीव हर्क सुनुवार, उपासचीव रुद्र सुनुवार,  कोषअध्यक्ष सुबास सुनुवार सदस्यहरु सपना सुनुवार, त्रिशा सुनुवार, सुशील सुनुवार,  राम सुनुवार, सन्देश सुनुवार, विवेक सुनुवार, कृष्ण सुनुवार, बेद सुनुवार सल्लाहकार बालकृष्ण सुनुवार र सुमन सुनुवार रहेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...