कर्म ब्याण्डले ततायो कोरियाबसीलाई


सोल – कोरियामा पहिलो पटक आईपुगेका कर्म ब्याण्डले आईतबार कोरियामा रहेका नेपालीहरुलाई तताएका छन् ।

 

तमु धीँ दक्षिण कोरियाले ‘तमु हाउस सेल्टर ब्यवस्थापन तथा प्राकृतिक प्रकोप रहात कोष’ स्थापनार्थ आयोजना गरेको ‘रोधी सांगीतिक सौगात भाग–३’ मा कर्म ब्याण्डले दर्शकलाई मन्त्रमुग्ध पारेका हुन् ।

 

ब्याण्डको लोकप्रिय गीत ‘हुँक मेरो डल्ली डल्ली’ बाट आफ्नो प्रस्तुती सुरु गरेका ब्याण्डका टिमले यानी माया, तिम्रो मौनतामा, मा¥यो जिउँदै मा¥यो, को हौ तिमी, सुपारी दाना, कलिलो तामालाई लगायतका १ दर्जन गीत गाएर मनोरञ्जन दिएका थिए ।

 

निर्धारित समय भन्दा झण्डै २ घण्टा ढिला सुरु भएको कार्यक्रममा कर्म ब्याण्डले साँझ साढे ६ बजे मात्रै स्टेज भाएको थियो ।

 

साँझपाख सटेजमा उत्रिएको ब्याण्डलाई दर्शकले वान्स मोर भनेपछि आफ्नो चर्चीत गीत ‘कहाँ होला घरबार’ दोहो¥याएर गाएका थिए ।

 

बिशेषगरी युवा पिँढीको बाक्लो उपस्थिती रहेको कन्सर्टमा ब्याण्डको प्रस्ुतुतीमा युवाहरुले स्टेज अगाडी नै बि–ब्वइङ् डान्स गरेर साथ दिएका थिए ।

 

कन्सर्ट सकेपश्चात ब्याण्डका मुख्य भोकलिष्ट सुरेन्द्रमानसिंले कार्यक्रम ढिला सुरु भएको पनि दर्शकको भरपुर साथ पाएको प्रतिक्रिया दिए ।

 

सांगीतिक सौगात भाग–३, मा सुगम संगीतका पारखीहरुलाई चर्चीत भर्सटाईल गायिका अन्जु पन्तले तिर्खा लाग्यो पानी खाए, नबिर्से तिमीलाई लगायतका आधादर्जन

गीत गाएर मनोरञ्जन दिलाएका थिए ।

 

लोकदोहोरी पाराखीहरुलाई चर्चीत लोकदोहोरी गायिका कृष्ण गुरुङ्ले स्टेजमै नचाएका थिए । गायिका गुरुङ्ले एकादशी बजारमा, एक एक जोडे दुई हुन्छ, दामी देखिन्छ, सालैजो लगायतका आधा दर्जन गीत गाएकी थिईन् ।

सो अवसरमा स्थानीय कलाकारहरुले कौडा, कन्टेम्पोरी लगायतका नाचहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको औपचारिक उद्घाटन कोरियाका लागि श्रम सहचारी अनिल गुरुङ्ले पानसमा दियो बालेर उद्घाटन गरेका थिए ।

 

सो अवसरमा याक्सासा गुम्बाका लामा देउसोन्निम, नेपाल आदिवासी जनजाति महासंघ अध्यक्ष चित्र मुक्तान, नेपाली सम्पर्क समितिका कार्यबहाक अध्यक्ष अन्जु केसी, एनआरएन कोरियाका निवर्तमान उपाध्यक्ष रबिन तामाङ्, बौद्ध परिवार कोरियाका अध्यक्ष ईश्वर गुरुङ्, वमन फर वमनका उपाध्यक्ष गौरी बोगटी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

 

सुरज गुरुङ्को अध्यक्षतामा भएको औपचारिक कार्यक्रको सञ्चालन महासचिव प्रितम गुरुङ्ले गरेका  थिए भने स्वागत मन्तव्य उपाध्यक्ष भिम गुरुङ्ले दिएका थिए ।

 

औपचारिक कार्यक्रम पछिको सांगीतिक कायृक्रमको सञ्चालन भने गुप्त गुरुङ्, लेशन गुरुङ्, आरती गुरुङ्, बिशाल गुरुङ् र धन गुरुङ्ले सञ्चालन गरेका थिए ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...