कोरियामा पहिचानबादीले संबिधान जलाए
सोल-नेपालमा संबिधान सभाबाट आईतबार साँझ संबिधान जारी भैरहंदा कोरियामा रहेका पहिचानवादीहरुले भने जलाएका छन ।
सोलस्थित तुङ्देमुनमा आईतबार साँझ आदिबासी जनजाती महासंङ्घ नेतृत्वमा कोरियामा रहेका बिभिन्न पहिचानवादी संस्था र राजनीतिक संगठनहरुले नयाँ संविधानको बिरोध गर्दै जलाईएका हुन् ।
उक्त बिरोध कार्यक्रममा आदिबासी जनजाती महासंङ्घ कोरियाका अध्यक्ष चित्रबहादुर मोक्तान, संघीय समाजबादी फोरम नेपालको प्रवास संगठन नेफेसोका अध्यक्ष दीपेन्द्र राई, मगराँत संघर्ष समितिका संयोजक किरण थापा मगर्, किराँत याक्थुम चुम्लुङका अध्यक्ष सन्तोष मादेन ,नोगेन नेम्बाङ, किराया सचिब रोशन खम्बु , ताम्सालिङका देवराज स्याङ्तन ,संघीय लिम्बुवान पार्टीका मिराप काम्बाङ , तमुवान्, थरुहट साथै अन्य पहिचानवादीहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।