कोरियामा संबिधानप्रति कतै दिपावली, कतै बिरोध


लिलु डुम्रे

सोल-संबिधान सभाबाट आइतबार जारी संबिधानप्रति कोरियाबासी नेपालीहरुले खुसि व्यक्त गरेका छन् । आइतबार साझ नेपालमा राष्ट्रपतिबाट संबिधान जारीसंगै सोलस्थित नेपाल हाउसमा एक कार्यक्रम आयोजना गरि दिप प्रज्वलन गरिएको छ ।

 

उपस्थित नेपालीहरुले एक आपसमा खुसि बाडी संबिधानको स्वागत गरेका थिए । कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामा ,उपनियोग प्रमुख किरण शाक्य ,श्रम सहचारी अनिल गुरुङ , नेपाली संघसस्थाका पदाधिकारीहरु ,व्यवसायी तथा इपिएस मार्फत कोरिया आएका नेपालीहरु दिप प्रज्वलनमा सहभागी थिए ।

 

कार्यक्रमका राजदुत कमानसिंह लामा र मुख्य तिन दलका कोरियास्थित भगिनी सस्थाका अध्यक्षहरु नेपाली जन सम्पर्क समितिका सभापति नवराज सिवाकोटी, नेपाली प्रवासी मञ्चका गोविन्द गाउँले र नेपाली जनअधिकार मञ्चका अध्यक्ष सागर न्यौपानेले नयाँ संविधानको स्वागतमा आफ्ना धारणा राखेका थिए ।

 

कोरियामा रहेका नेपालीहरुले जारी संबिधानले आर्थिक प्रगती तर्फ मुलुक अगाडी बढ्नेमा आशावादी देखिएका छन् । जारी संबिधानलाई असन्तुष्टि रहेका दलहरुले पनि स्वामित्व लिने गरि संसोधन मार्फत जायज माग पुरा गर्न सुझाव दिएका छन् ।

 

एनआरएन कोरियाका पुर्व अध्यक्ष केपी सिटौला जारी संबिधान ऐतिहासिक रहेको बताउदै स्थायी सरकारको र आर्थिक विकासको बाटो खुल्नेमा आशावादी देखिए । ग्वान्ग्जु युनिभर्सिटीका प्राध्यापक डा ठाकुर सुबेदीले अब आर्थिक विकासमा औपचारिक रुपमै अघि बढ्न सहज भएको धारणा राखे । राजनैतिक स्थायित्व नभएका मुलुकहरुको पनि आर्थिक गति राम्रो भएको तर हाम्रो सोचाई परिवर्तन र जिम्मेवारी महसुश गर्नु मुख्य हो उनले भने ।

 

जनसम्पर्क समिति कोरियाका अध्यक्ष नवराज सिवाकोटीले संबिधान जलाउनेको पनि जायज माग संसोधन मार्फत पुरा गरि उनिहरुले पनि आगामी दिनमा संबिधान ग्रहण गर्ने वातावारण बनाउनु पर्नेमा जोड दिए ।

 

नेपाली प्रवासी मञ्चका अध्यक्ष गोविन्द गाउँले देशमा पर्याप्त रोजगारीको सिर्जनाले युबाहरु दिनानुदिन प्रबासिनु नपर्ने आशा राख्दै प्रबासमा भएका नेपाली युबाहरुले आर्जन गरेको शिप र पुजिलाइ नेपालको बिकासमा योगदान पुर्याउने अवस्था सिर्जना हुनेमा बिस्वस्त देखिए ।

 

जनजाती महासंघ कोरियाले संबिधान प्रति असन्तुस्टी जनाएको छ । कोरिया शाखाका अध्यक्ष चित्र मोक्तानले समानुपातिक र समाबेसीमा अन्तरिम संबिधान भन्दा पछि हटेको भन्दै जारी संबिधानप्रति बिरोध जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...