Advertisement
SKIP THIS

इपिएस कोरिया भाषाका १७ नक्कली परीक्षार्थी पक्राउ


काठमाडौं– रोजगार अनुमति प्रणाली(इपिएस)अन्तर्गत शनिबार भएको कोरिया भाषा परीक्षामा अरुका नाममा परीक्षा दिन आएका १७ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

 

काठमाडौं उपत्यकाका १५ परीक्षा केन्द्र मध्ये लिटिलएन्जल्स स्कुल हात्तीवनबाट ५ जना, लिटिलएन्जल्स कलेज हात्तीवनबाट २ जना, एनकेसिंह मेमोरियल स्कुल मीनभवनबाट १ जना, भिएस निकेतन कलेजबाट २ जना, एलआरआई कलेज कलंकीबाट ३ जना ल्वारोटरी स्कुलबाट २ जना र ह्वाइट हाउस इन्टिच्युट खुमलटारबाट २ जना पक्राउ परेको इपिएस कोरिया शाखाका कार्यकारी निर्देशक डिल्लिराम बास्तोलाले बताए । पक्राउ परेकाहरुलाई प्रहरीले हिरासतमा राखेको र आवश्यक अनुसन्धान गरी कानुनी कारवाहीमा लगिने उनले बताए ।

 

 

गत वर्षको भाषा परीक्षामा ८२ जना पक्राउ परेका थिए ।

 

 

शनिबार बिहान र बेलुकी गरी दुई सत्रमा लिइएको परीक्षामा कुल २५ हजार ५ सय ७० जना परीक्षार्थी सहभागी हुनु पर्नेमा कुल २२ हजार परीक्षार्थी मात्र सहभागी भएको उनले जानकारी दिए। इपिएसअन्तर्गत कोरिया भाषा परीक्षाका लागि कुल ५१ हजार १ सय युवाले आवदेन दिएका थिए । आइतबार पनि करिब २५ हजार परीक्षार्थीले परीक्षामा भाग लिने छन् । बिहान साढे आठदेखि बेलुकी ३ः४० मा दुबै सत्रको परीक्षा सम्पन्न भएको थियो । यस वर्षको भाषा परीक्षाका लागि काठमाडौं उपत्यमामा १५ र पोखरामा ३ गरी १८ ओटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ।

 

 

कोरियाले यस वर्षका लागि कुल ७ हजार १ सय कामदारको कोटा निर्धारण गरेको छ । यस मध्ये औद्योगिक क्षेत्रतर्फ ४ हजार ९ सय र कृषि तथा पशुपालनतर्फ २ हजार २ सयको कोटा प्राप्त भएको शाखाले जानकारी दिएको छ। परीक्षा दिएका मध्येबाट त्यती नै संख्यामा उत्कृष्टताको आधारमा कामदार छनोट गर्ने तयारी शाखाको छ। नेपालसहित कोरियाले १५ देशबाट कामदार लाँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाल फूटबल महासंघ दक्षिण कोरियाको नयाँ नेतृत्वमा हेमन्त गुरुङ
  • फोनिज कोरियाको चौथो अधिवेशन फेब्रुअरी ८ मा हुने
  • गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको केन्द्रीय महाधिवेशन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...