नयाँ संबिधान बारे कोरियामा रहेका नेपालीहरुको प्रतिक्रिया


सोल – १० बर्षे माओवादी सशत्र जनयुद्ध , ६२ / ६३ जनआन्दोलन पछि झण्डै अढाई सय बर्ष पुरानो शाहवंशीय राजतन्त्र उन्मुलन गरी देशमा गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको घोषणा गर्दै नेपालमा पहिलो चोटी संबिधान सभाको चुनाव गरिएको थियो | पहिलो संबिधान सभाले संबिधान निर्माण गर्न नसके पछि दोस्रो पटक संबिधान सभाको चुनाव गरिएको थियो | चुनाव पछि दलहरुमा चरम दुरी बढेको थियो र संबिधान लेखन प्रक्रियालाई पटक – पटक सारिएको थियो | गत बैशाख १२ गएको विनाशकारी महाभूकम्प पछि दलहरु मिलेर अघि बढ्नु विकल्प थिएन | अन्नत तराईमा आन्दोलन हुदै गर्दा संसदवाट नेपालको नयाँ संबिधान पारित गरिएको छ | असोज ३ गते घोषणा गरिदै छ यसै सन्दर्भमा कोरियामा रहेका नेपालीहरुलाई फोनिजकोरियाका लागि निश्चल काउचाले लिएको प्रतिक्रिया कस्ले के भने हेरौ जस्ताको तस्तै :-

12023009_710986672367778_572780820_n                                          कृष्ण राई – ओएनएफ पूर्ब अध्यक्ष (हाल बरिष्ट सल्लाहकार ) दक्षिण कोरीया 

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

संबिधान देशको मुल कानून हो । यस अन्तर्गतका एेन कानुन मार्फत कार्यपालिका न्यायपालिका र ब्याबस्थापिकालाई निर्देसित गर्ने मात्र नभएर सिंगो मूलुक संघिय संरचनामा रुपान्तरीत भएकोले यसको काम कर्तब्य अधिकार र दायित्व बोध गराउदै कानून निती निर्माण गर्ने मेरुदण्ड पनि हो । लामो समय सम्म नेपालमा जहाँनिया राणा सासन , एकतन्त्रीय निरंकुश हुकुमी सासन चल्यो । यस्ले मुलूक बर्बाद भयो । ४६ सालमा परिबर्तन भयो , जस्का उपलब्धिहरुको बिकास र प्रयोग हुन सकेन । यि बिचमा देसले धेरै पटक संबिधान त ल्यायो तर जनमूखि प्रगतिसिल र लोकतान्त्रीक हुन सकेन ।६२/६३ को जनक्रान्ति गर्नु प-यो । जसबाट प्राप्त उपलब्धिहरुको सँस्थागत बिकास गर्दै नयाँ गणतान्त्रिक संबिधानबाट संघिय लोकतान्त्रीक गणतन्त्रलाई शिरमा राखि देसमा शान्ति सु- ब्यबस्था , अमन चयन र आर्थिक सम्बृद्धी अभिमुख गराउन नेपालको गणतान्त्रिक संबिधान २०७२ निर्माण भएको छ । यो नेपाल र नेपालीहरुको लागी एेतिहासिक र अहोभाग्य क्षण हो । देश अनिर्णयको बन्दि र असफल राष्ट्र हुनबाट बचेको छ ।

के अब देशले मुहार फेर्ला त ?

६२/६३ को महान जनक्रान्ति जून सोच बिचार र उद्धेश्यको लागी सोचेर विविध पेसा बर्ग र समूदायका मानिसहरु लागेका थिए| संबिधानमा त्यो सबै भावनाहरु नसमेटीन सक्छ । समेटीएकालाई ठूलो जित र नसमेटीएकामा खिन्न उदास भै हाल्नु पर्ने अबस्था छैन र हुन्न । हामीले प्रयोग र सँस्थागत बिकाश गर्दै जाने हो यस्मा छुटेका कुराहरु समाबिष्ट गर्दै जानु पर्छ । पहिलो कुरा हामी नेपाली हौं र हाम्रो साझा घर नेपाल हो भन्ने कुरा हर नेपालीले बुझ्नु पर्छ । दोस्रो कुरा नेपाल एउटा बिशाल ठूलो (कोठा बिहीन) घर थियो , धेरै जना परिवार बिच बस्न अलि असुबिधा भएकोले त्यो घरभित्र बस्न र अझ सुबिधा सम्पन्न हुन मात्र कोठा बनाएको हो भन्ने बुझ्नु प-यो । कोठा बिक्री गर्न पाउने अधिकार कसैलाई छैन र हुन्न । सिंगो घरको जिम्मेवारी बाबु आमाले मात्र लिन सक्दैन । परिवारका प्रत्येक सदस्यले आफ्नो काम कर्तब्य र दायित्व भने निर्बाह गर्नु पर्छ । यसमा हर कसैले ईमान्दारता , आफ्नो कर्तब्य र दायित्व निर्बाह गर्ने हो भने हाम्रो जस्तो प्राकृतिक साधन र स्रोत सम्पन्न मुलूक १५/२० बर्षको समयावधिमा संसारको धनि बिकसित देशको सुचिमा दर्ज हुने कुरामा म एकदम विश्वस्त छु ।

11813246_10205277135710221_1875152231540296564_n                                              खेम कार्की – पत्रकार तथा एनआरएन कोरियाका अध्यक्षका प्रत्यासी उमेदवार

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

संविधान बनेकोमा खुसी लागिरहको छ । हुन प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्ने जस्ता मैले पनि सोचेको जस्तो कुरा अहिलेको संविधानमा आउन सकेन । संविधान भनेको सम्झौताको दस्तावेज भएकोले यसमा मैले सोचेको सबै वा सबैले सोचेको सबै कुरा समेटिन नसकेको हो । तर पनि समयानुसार परिवर्तन हुदै जान्छ । २००७ देखि जनताले संविधान सभाबाट संविधान बनाउन चाहना पुरा भएको छ । कतिपय समेटिन बाकी रहेका कुराहरु संसोधन गरेर समेटदै जानुपर्छ । अहिले पाएको उपलब्धि महत्वपूर्ण भएकोले यसले आशावादी बनाएको छ ।

के अब देशले मुहार फेर्ला त ?

जुन प्रकारले संविधानसभाबाट संविधान पास भयो यो एक ऐतिहासीक घटना हो । संविधान पास भएसंगै बहुसंख्यक जनतामा उत्साह छाएको छ । यसले शेयर बजार लगायत आर्थिक सुचांकहरु उकालो लागेका छन । अन्तरिम संविधानमा चलेको देशले एक पुर्ण संविधान पाएको छ । यसले देशमा लगानीको वातावरण बनाउन ,विश्व जगतमा सकारात्मक सन्देश जादा पर्यटक वृद्धि हुन्छ, वाहय लगानी भित्रन्छ । समग्र आर्थिक,सामाजिक र राजनैतिक वातावरणमा यसले प्रभाव पार्दछ । संविधान विकासको मेरुदण्ड हो , यसलाई आधार मानि सही व्यवस्थापन गर्न सकेको खण्डमा देशले काचुँली फेर्ने निश्चित छ ।                                                     कोपिला राई – वोमन फर वोमनका संस्थापक अध्यक्ष

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

देशमा संबिधान भनेकोमा हामी प्रबासमा बस्ने सवै नेपालीहरु खुसी छौ | अहिलेको संविधानले केही क्षेत्र र समुदायको मागलाई समेटन नसकेता पनि देशले केही निकास पाउला भन्ने आशा छ | अहिले समेटन नसकेको मागहरुलाई भोलिको दिनमा संबिधान संसोधन गरेर भए पनि समेटलान भन्ने आसा छ |

के अब देशले मुहार फेर्ला त ?

संबिधान बन्दैमा देशको मुहार फेरिन्छ भन्ने कुरामा मलाई विश्वास छैन | देशको मुहार फेरिनको लागि समय लाग्छ | जनता आफै पनि उत्तरदायी बन्नु पर्यो | हरेक नेपालीले देशलाई माया गर्नु पर्यो | देशमा कार्यपालिका , ब्यबस्थापालिका, न्यायपालिकालाई चुस्त र पारदर्शी बनाउन सक्यो भने देशले चाडै मुहार फेर्न सक्छ | तीनवटा निकायलाई पारदर्शी राख्न सक्नु पर्छ |

12000105_1099111400106795_724011290_n                                         गोबिन्द गाउँले – अध्यक्ष प्रबासी नेपाली मन्च ( ONF) दक्षिणकोरिया 

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

जनता बाट चुनिएका प्रतिनिधीहरुबाट ( जनताको हातबाट) ” नेपालको सम्बिधान २०७२” लेख्ने काम सम्पन्न भएको छ ।यो हामी सबैको जित हो । सार्बभौम राश्ट्रका स्वाभिमानी नेपाली जनताको जित हो । नेपालको राजनैतिक इतिहासमा २००७ साल देखि ६५ बर्ष सम्म थाती रहेको मुद्दाले निकाश पाएको छ । अर्को सब्दमा भन्ने हो भने हाम्रो देशमा चल्दै आएको राज्नैतिक क्रान्तिले यो सम्बिधानको माध्यमद्वारा पुर्णता पाएको छ । आज जनतामा नया आशा पलाएको छ ।सबै किसिमको उत्पिडनमा परेको जाती , भाषा , बर्ग र क्षेत्रलाइ समेटेको हुनाले यो सम्बिधानलाइ सबैले अपनत्व ग्रहण गर्न सक्ने अबस्था छ । हिमाल पहाड र तराइले एक साथ गर्ब गर्न सक्ने साझा दस्ताबेजको रुपमा सम्बिधान आएको छ । सङघियता , धर्म निरपेक्षता र गणतन्त्र लाइ सस्थगत गर्दै समाजबादको लक्ष्य प्राप्ती तर्फ प्रस्थान बिन्दुको रुपमा आएको यो सम्बिधान सबै न्यायप्रेमी जनताको निम्ती स्वागत योग्य छ । यो मुलुक को भाग्य लेख्ने काममा अहोरात्र खटिनु हुने सम्बिधान सभाका अध्यक्ष ज्यु , माननिय सभासद ज्यु हरु , राजनैतिक दलहरु र नेतागणहरु सबैलाइ धन्यबाद भन्न चाहन्छु ।अब देशमा अब दिगो शान्ती र शुसासन कायम हुने छ । अबल हामिले प्रबासमा आफुले आर्जन गरेको शिपलाइ आफ्नै देशमा ढुक्क सङ्ग लगाउन सक्ने बताबरणको सिर्जना हुने छ ।
के अब देशले मुहार फेर्ला त ?

देशले अब अबस्य पनि मुहार फेर्ने छ । नया सम्बिधानले मुख्य त राज्नैतिक स्थायित्वलाइ ग्यारेण्टी गरेको छ । राजनैतिक स्थायित्व हुना साथ मुलुकको भबिस्य सुनिस्चित हुन्छ । जनताका आधारभुत आबस्यकतामा मात्र सरकार सिमित हुने छैन । अब देशमा तिब्र आर्थिक क्रान्तिको लहर चल्ने छ । कृषिमा आधुनिककरण हुने छ ।बिभिन्न कल कारखाना , उद्योग धन्दा र पर्यटनको तिब्र बिकास हुने छ ।बिस्तारै एक आत्म निर्भर अर्थतन्त्र भएको मुलुकको रुपमा नेपाल चिनिन सक्ने छ ।केन्न्द्र सरकार संघीय प्रदेशहरु आ आफ्नो तरिकाले आर्थिक समृद्दी तर्फ लाग्ने छन ।केहि बर्ष देखी नै बेरोजगार युबाहरु अब बिदेश पलायन हुनु पर्ने छैन । यसरी लोकतन्त्रको उपभोग गर्दै नेपाली समाज अब आधुनिक युगमा प्रबेस गरेको छ ।पुजिबादको बिकास बाट नै समाजबादको लक्ष्य हासिल गर्न सकिने हुनाले अब मुलुकको हरेक क्षेत्रमा आमुल परिबर्तनको अनुभुती गर्न सकिने छ । स्थायी सरकार र दिगो अर्थतन्त्रको निर्माणबाट मुलुकले आफ्नो भविष्य आफै निर्धारण गर्ने छ ।हामी आधुनिक नेपालका नागरिक बन्न सक्षम हुने छौ ।

10422074_10152947172601180_598014367504502220_n                                      आस्था बिन्दु मल्ल – बिद्यार्थी तथा नेपाली जनसम्पर्क समिति, दक्षिण कोरियाको केन्द्रीय सदस्य

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

लामो समयको पर्खाइ पछि जनताले संबिधान पाएका छन्। नया संबिधान स्वागतयोग्य छ । ले भनेजस्तै सबै माग पूरा भएनन् होला ……छुटेका र गल्ति कमजोरी भएका कुराहरुलाई सुधार्दै नया संविधान कार्यन्वयनमा सबैको सकारात्मक सहयोग अपरिहार्य छ । अब मुलुकमा स्थायी शान्ति तथा आर्थिक समृद्धि हुने आशा पलाएको छ । अव देशले प्रगतिको बाटो लिनेछ भन्ने मलाई बिश्वास छ।

12030791_1230084783673217_34299579_n                                                      यम श्रेष्ठ – योङ्ग स्टार ग्रुपका पुर्व अध्यक्ष

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

देशमा संबिधान आएकोमा म लगाएत सम्पूर्ण नेपाली जनतामा हर्ष र खुशी छाएको छ | बर्षौ बर्ष देखि भोग्दै आएको दुख पिडाहरु बिर्सेर नयाँ आशाको ज्योति पलाएको महसुस भएकोछ !अब स्थायी शान्ति र राष्ट्र बिकासको गतिमा अघि बढेर छोटो समयमा नै एउटा सम्मुनत रास्ट्र नेपाल भनेर वि श्वमा उदाहरनिय बनोस् र सदा सर्वदा नेपालीको एकता, सदभाब , सहकार्य र भाइचाराको सुमधुर सम्बन्ध कायम रहिरहोस भन्ने कामना पनि गर्दछु ! अब आउँदा दिनमा हामी कुनै नेपालीमा बिखंड़ता र बिद्रोह नहोस सबैको समान अधिकार र दायित्व सुनिस्चित रहोस् | अब केवल राष्ट्र निर्माणमा निस्वार्थ रुपमा सबै एकजुट भएर लाग्न पनि देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा म अनुरोध गर्न चाहन्छु|

नेपाल गएर के गर्ने योजना बनाउनु भएको छ ?

हामीले बिदेशमा सिकेको सिप ,ज्ञान अनुभब र छरिएर रहेको पुँजीलाई एकीकृत गरि सामुहिक ब्यबसायलाइ बृहत रुपमा दिर्घकालिन योजना बनाएर काम गर्ने सोच ले प्रवाशी भुमि दक्षिण कोरिया बाट फर्केर नेपालमा सामुहिक लागनिको केहि कार्यहरुको सुरुवात गरिसकेका छौ अब फर्केर अझै बृहत रुपमा धेरैलाई समेटेर सम्भावित क्षेत्रहरु पहिचान गरि लागानी बढाएर ब्यबस्थित तरिकाले काम गर्ने सोच छ |

430929_544913108872076_1392786943_n                                                      बिदुर शर्मा – नेपाली एकता समाज दक्षिण कोरिया

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

संबिधानको लागि धेरै ठूलो पैमानामा रकमको खोलो बग्यो । थुप्रै पटकका समय सिमा पार गरेर भए पनि संबिधान आयो यो खुसिकै कुरा हो । संबिधान आउँदैमा सबैकुरा एकैपटक सुधारिएर आउने पनि होइन । देश धर्मनिरपेक्ष घोषित हुनु पनि राम्रो पक्ष हो । कम्तिमा यो संविधानले गणतन्त्र सुदृढीकरण गर्यो भने यहि संबिधान भित्र रहेर थुप्रै अरु ब्यबस्थाको लागि लड्नु पर्ने देख्दछु । अहिले घोषणा हुँदैमा नेपालले पुर्ण संघीय संरचना ढाल्ला जस्तो मलाई लाग्दैन । यधपी संघीयता आफैमा नराम्रो होइन तर यसको लागि भौगोलिक तथा अन्य बस्तुस्थितिले धेरै असर पार्दछ । नेपालको सन्दर्भमा संघीयता प्रत्युत्पादक साबित भएर फिर्ता हुनेछ ।

1002598_557147664331091_1847533714_n                                                                     सज्जन कुमार सिंह – पत्रकार

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

नया संविधान मा गणतन्त्र स्थापनाा भयाे । एकल र केन्द्रीकृत राज्य ब्यवस्था भंग गर्दै संघिय राज्य र शासन प्रणली स्थापना भयाे । २००७ साल देखि पटक पटक गरिएकाे अान्दाेलन युद्द र समर्पणकाे याे एउटा प्राप्ति हाे जसलाई सानाे भनेर भन्न सकिन्न । अाठ बर्ष देखि संविधान निर्माणकाे नाममा अल्झिएकाे नेपाली राजनिति र राजनिति संगै अस्तव्यस्त भएकाे समग्र देश र देशवासीमा संविधान निर्माणले अवश्य पनि बाटाे प्रसस्त गरेकाे छ । याे खुसिकाे कुरा हाे। याे संविधान देशकाे लागि पहिलाे हाेइन चार चार वटा संविधान बने याे बिचमा तर त्यि संविधान निश्चित जात,ब्यक्ति धर्म र समुदायकाे हितमा बने । संविधान बनाइए प्रचार गरिए । त्यि संविधान बन्ने बेलापनि संसार कै उत्कृष्ट संविधान भनेर भनिए तर त्यि संविधान सबैका लागि अधिकार दिने खालका बनेनन |अहिले फेरि बनेकाे गणतन्त्र नेपालकाे संविधान पनि कति समय सम्म का लागि हाेला अा‌ला गन्न सुरु गरे हुन्छ । शासन बर्ग क‌ै हित र उनिहरुकै इच्छा अनुसार अहिलेकाे संविधान अायाे । अाम शाेषित पिडितकाे अधिकार याे संविधानले स्थापित गर्न सक्दैन तर केही सहयाेगि भने अवश्य बन्छ । नेपाली कै लासमाथि संविधान जारि गरिएकाे छ । अाफ्नाे अधिकारकाे लागि अान्दाेलनमा अाएका नागरिक माथि गाेलि हिर्काएर ,उनिहरुकाे अावाज दबाउन खाेजियाे उनिहरु माथिकाे राेकावट गलत छ । तराइ हिजाे शाेषित थियाे अझै पिडित छ । पहाडिया मानसिकताकाे चर्काे उत्पिडनमा परेकाे मधेसमा त्यहि भित्रका मान्छे विभिन्न रंग र कलेबरमा अझै पिडित छन । त्यहि शाेषणकाे अन्त्यका लागि कडा अान्दाेलन गरिदै अाएकाे मधेसले धेरै समर्पण गरेकाे छ । धेरैले रगत बगाएका छन । अान्दाेलन अझ‌ जारि छ,रगत बगाउने काम दिनदिन‌ै भएकाे छ ,। रगतकाे अाहालमा छटपटिएकाे नेपालीकाे वास्ता नगरि उता संविधान अाउदै छ । घुसपैट र केही खराब व्यक्तिकाे भित्री अाकांच्छा हाेलान तर सच्चा नेपालीहरु अनि तराईकाे उत्पिडनकेा अावाज सुन्नुकाे सट्टा बन्दुककाे नालले दबाएर संविधान जारि गरिदै छ। । तराइलाइ बायस गरेर जारि गरिएकाे संविधानले कसरी समेट्ला मधेसलाइ ? बार्ता र छलफलमा लिएर जसरि पनि मधेसका जायज माग सम्बाेधन सहित संविधान जारि हुनु पर्ने थियाे तर त्यसाे हुन सकेन । मधेसमा संविधान लागु गर्ने सन्दर्भमा पनि अब संका देखिन्छ भने मधेसी नेताले भारतिय सरकार र राजनितिज्ञहरुसंग गरेका अनुनय बिनय पनि देशकाे लागि खतराकाे घण्टि हुन्। त्यसबाट अझ खराब परिणाम निस्कने हुनसक्छ यहि संविधानका कारण ।अर्काे तिर थारुहरु र जनजातिहरु अान्दाेलित छन । दिनहु जसाे गाेलि चलेका छन । अान्दाेलनकारि भन्दै ‌ यातना र जबरजस्त पक्राउ गरिदै छ । कर्फ्यु लगाइदै छ । कर्फ्यु लगाएर जारि गरेकाे संविधान कस्ताे बन्ला ? अाफ्नाे भाषा,भेषभुषा र सस्कृतिकाे लागि पहिचानकाे लागि लडिराखेका अाधिवासीकाे भाषा कला काे पहिचान पनि याे संविधानले गराउन सकेकाे छैन । सदियाै देखि उत्पिडनमा परेकाे दलित तथा उत्पिडित समुदायलाइ खसअार्यबाट छुट्याएर दलित भनी उत्पिडनकाे नया ट्याग थमाइदियाे जुन अति नै दुखकाे कुरा हाे । समाजमा एउटा भैंसी पालेर दूध बेचेर खाना नपाउने अवस्था सिर्जना गरिदिएकाे कथित हिन्दु धर्म र बर्णश्रम कै पेरिफेरिमा नया बिष्टा बनाएर उत्पिडन गर्ने बाटाे संविधानले खाेलिदिएकाे छ । यस्ताे समुदायलाई माथि उठाउन राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्व गर्ने बिशेष ब्यवस्था गर्न सकेन । भुमिहिनहरुलाइ जमिन उपलब्ध गराउने प्रस्ताव पनि घुमाउराे पाराले सल्टाएर घरबास केही नभएका भुमिहिनलाइ भुमिहिन नै बनाउने संविधान अायाे । त्यस्तै धर्म निरपक्ष राष्ट भन्नाले पुरातन मान्यता रितिरिवाजलाइ संरक्षण गर्दै धार्मिक स्वतन्त्रता भन्ने बुझिन्छ भने चतुर्यता सहित उल्लेख गरियाे । याे भनेकाे उहीँ पहिला कै तरिकाले उहीँ मान्यता र परम्पराले शासन गर भन्ने दाेहाेर अर्थ लगाइयाे । त्यसैले याे संविधान कथित शासक बर्ग कै हितकाे लागि बनाईएकाे संविधान हाे । मधेसी ,जनजाति,दलित र उपेक्षित उत्पिडितका लागि हात्ती अायाे हात्ती अायाे फुस्स भएकाे छ । तर राजनैतिक गाठाे फुकेकाे छ । सबैकाे भावना समेट्न सकेन यसकाे अायु पनि त्यति लामाे देखिएन । त्यसैले दिपावली गर्नु काे अर्थ छैन । संविधान सभाका लागि गरिएकाे त्याग र बलिदानलाइ याे संविधानले खिल्लि उडायाे । विशेष गरेर काग्रेस एमालेकाे पुरातन र ब्रम्हणवादि चिन्तन भएका नेता कै कारण अाम शाेषित पिडितकाे अधिकार दिन चुकेकाे सत्य हाे ।

12041693_918743604864900_1052005179_n                                                हरि खनाल – अध्यक्ष ईलाम सूर्योदय सेवा समाज दक्षिण कोरिया

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

यो खुशी कहाँ पोँखु लामो संघर्ष र मेहनत को प्रतिफल हो आम नेपाली जनता सौहार्दपूर्ण बाँच्न पाउने ,भुत भबिश्य कोर्न पाउने ,भाग्यको फैसला गर्नपाउने जुन अवसर अब हामीले प्राप्त गरेकाछौ , र संबिधान देसको मुल कानुन हो ।कानुन भन्दा माथी कुनै नागरिक रहने छैन नेता देखी घाँसी सम्म कुनै छुट हुने छैन । जिउ ,जन ,धनको सुरक्षा हुनेछ’समग्र नेपालीको हक अधिकार संबिधानले नै सुनिश्चत गर्ने भएको हुनाले अब भने ढुक्कले लामो सास फेर्नपाएकोमा एकदमै खुशी लागेको छ।

के अब देशले मुहार फेर्ला त ?

अबस्य पनि नेपाल एक विकासन्मुख देश हो ,देशी विदेशी लगानीहरु भित्रने छन् दक्ष जनशक्ती बिदेसिने, पलाएनहुने मा कमि आउने छ ,सोर्त साधनको सदुपयोग हुनेछ , नेपाली जनता अब भने पक्कै पनि ब्यबसाय तर्फ उन्मुख हुनेछन् ,सुरक्षाको प्रत्याभुती हुनेछ ,रोजगारका सृजना र ढोका खुल्ले छन् भ्रस्टचार र ढिलासुस्तीमा कमि आउनेछ र विकासउन्मुख देसबाट विकसित देस भन्न धेरै समय लाग्ने छैन । यसमा कुनै दुईमत छैन |

1470084_1023526687675517_1419535249627589819_n                                                                        श्रीराम तमु

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

थोरै खुशी छु धेरै बेखुसी छु।खुसी यो अर्थ मा छ कि सात दशक देखीको नेपालीहरु आफ्नै प्रयासले संबिधान पाउदैछ।बेखुसी यो अर्थ मा कि यो संबिधान नेपालीले नै बनाएको भनिए पनि बहुसख्यक नेपाली जो बिभिन्न किसिमका बिभेदहरुमा पारिएका छन ति बिभेद निराकरण गर्ने विस्वास यो संबिधानले दिलाउन सक्तैन किनकी संबिधान अहिलेसम्म जो शासकको हैसियतमा थिए फेरी उनिहरु कै पृष्ठपोषण मात्रै गर्छ उत्पीडित दलित जनजाति मधेसी थारु मुस्लिम लगायत अल्पसंख्यकको हितमा छैन। त्यसैले कम खुशी ज्याद दुखी छु। यो संबिधान जारी गर्दै गर्दा देश त जलिरहेको छ |
12032354_1008549669189061_1119190068_n                                                                          राम कुमार भट्टराई

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

धेरै धेरै खुसी लागेको छ। किनकी ढिलै भएनी संविधान पाएर देशले काँचुली फेर्ने आसा राखेको छु।

12033572_952012151521948_1732180029_n                                                                        सुब्बा राना मगर

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?
जसरी एउटी आमाको गर्भबाट शिशुको जन्म भएपछी उसकी आमा अनि सारा परिवारले खुसी महशुस गरेको जस्तो भान भएको छ आशा गरौ | शिशु संबिधानले सम्पूर्ण नेपालीको पक्षमा रहेर स्वच्छ सामाजिक क्रान्ती , शान्ती स्थायित्व , समुन्नत समाज , अग्रगामी सोचको साथ दिन दुगुना रात चौगुना बिकासपथमा लम्कियोस् | अब देशले हामी जस्तो युवा वर्गलाइ अवसर प्रदान गरोस हाम्रो भबिष्य सुरक्षाको प्रत्याभुती गरोस पाका वर्गको अनुभब र नयाँ युवा वर्गको जोस जाँगरलाइ संयोजन गरी सहि ठाउमा सहि सदुपयोग गर्ने बाताबरण मिलोस |

12025385_918571538217022_1492910891_n                                                                   जीवन खत्री – साहित्यकार

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

हामीले यो संबिधानलाई कुरेको धेरै वर्ष भयो। सात सालको आन्दोलन, ४७ सालको संबिधानले, ६२/६३को जनआन्दोलन, दश वर्षको गृहयुद्ध र देश आफैँ रक्तपातमा परेर हज्जारौँ नेपाल आमाका सपुतहरुको बलिदानी पछि प्राप्त भएको अनेकौँ उपलब्धी र त्यसलाई संस्थागत गर्ने पहिलो संबिधान सभा भङ्ग भएर दोस्रो प्रयासमा भए पनि संबिधान आउँदा साँच्चै खुसि लागेको छ। तर यो संबिधान सहमतिमा आउनु पर्थ्यो त्यसो हुन सकेन्। तैपनि लगभग ८५ प्रतिशत संविधान सभाका सदस्यहरुको एउटै चाहनामा बन्न लागेको संबिधान चानचुने कुरा हैन्। तर पनि नेपालका बिभिन्न भू-भागका बासिन्दा तथा जातजातीहरुले आफु वर्षौ देखी हेपिएका तथा असमान व्यावहारको महशुस गरिरहेका छन्। अचनाको चोट अचनालाई मात्र थाहा हुन्छ त्यसैले यो संबिधानमा जे जति मुद्दा सम्मान हुन सकिरहेको छैन् त्यसलाई आगामी दिनमा थप्दै र सम्मान गर्दै जानुपर्छ। प्रत्येक नेपालीले आफ्नो संबिधान भएको महशुस गर्न सक्नुपर्छ। तर सिङ्गो देशलाई धरापमा राखेर केही समुहको माग पुरा गराउन सकिन्न। सिङ्गो देशलाई हितमा राखेर सोच्यौँ भने समाधान निस्कन्छ, कतिले बुझेर र नबुझेर तथा अरुको भड्काउमा लागेर पनि गलत अपब्याख्या गरिरहेका छन्। देश भनणदा माथि केही छैन् भनेर सोच्यौँ बिबाद स्वत साम्य हुन्छ। अर्को कुरा देशमा रहेको राजनैतिक अस्थिरताले देश वबासको गतीमा जसरी बढ्नु पर्थ्यो बढ्न सकेन्, अबको संबिधानले त्यो अस्थिरता हटाउनेछ र देश विकासको गतिमा लम्कनेछ भन्ने आशामा पनि यो संबिधान आउँदा अत्यन्तै खुसि लागेको छ।

नेपाल गएर के गर्ने योजना बनाउनु भएको छ ?

अब देशमा संबिधान बनेपछि राजनीतिक अस्थिरता, असमानता, अत्याचार, भष्ट्राचार, बिभेद जस्ता अनेकौँ कुराहरु हट्नेछ। देशमै केही गर्ने वातावरण बन्ने छ। सम्पुर्ण शक्ति देश विकासमा लाग्नेछ। अनि त हामी परदेशी हुनको के अर्थ? लाखौँ युवा शक्ति अर्काको देशमा छन्, आफ्नो देशमा अनेको समस्याका कारण अझै फर्कन सकिरहेका छैनन्, अब संबिधानले सब कुराको अन्त्य गरेर देश विकासको साझा.संकल्प जरुर बननउला अनि त हामीले जे जानेका छौँ, जे गर्न सक्छौँ, आफ्नै देशमा गएर गर्नेछौँ। त्यसका लागि सम्बन्धित निकायको ध्यान हाम्रो शक्ति, चाहना, रुची जस्ता कुराहरुलाइ ध्यान दिएर उचित सहयोग गर्ने वातावरण बनाई दियोस्, हाम्रो चाहना त्यही छ। हामी जे सक्छौँ आफ्नै देशमा गर्न र देशलाई सुन्दर बनाउन आत्तुर छौँ |

10429334_735355853238173_5799264671553466650_n                                                                        बिनोद बान्तवा  राई 
देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

छिमेकी को घर मा लाश लडिरहेको बेला म कुनै पनि चाड हर्स उल्लासले दिल खोलेर मनाउन सक्दिन । तर पनि यो सम्बिधान ल्याउन जनयुद्द देखी जन आन्दोलन सम्म जती पनि ले बलिदान गरे र त्यस बलिदान को केहि भाग सम्म भए पनि सस्थागत भयो यो सकरात्मक छ । छुटेका साथी हरु सँगइ गएको भए यात्रा अझ सुरक्छित हुने थियो आशा छ असन्तुस्ट का जायज माग र अधिकार का कुरा हरु समेटिदै जानेछन र कुन माग जायज र आवश्यक छ कुन छैन भन्ने छुट्टाउने बिबेक निर्णयकर्ताहरुले राख्न सक्नु पर्छ ।
देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

संबिधान बन्यो एक दम खुशी लगेको छ | बर्षौ देखिको नेपाली जनताको चाहना पुरा भएको छ |अहिले केही असन्तुष्ट मधेसी जनतालाई पनि यस खुशीमा ल्याउन सके मात्र संविधानले पुर्णता पाउने देखिन्छ । यस संविधानले महिला दलित जनजाती आदीबासी सबैका मुद्धाको समधान गर्न सक्नु पर्छ अनि मात्रै सबैले हाम्रो भन्ने संबिधान बन्न सक्छ जस्तो लाग्छ ।

12032487_857944290948195_1347846639_n                                                           सुर्य खत्री 

नेपाल गएर के गर्ने योजना बनाउनु भएको छ ?

नेपाल गएर कोरियामा सिकेको सिप देखेको प्रबिधी लाई आफुले नेपाली माटोमा प्रयोग गर्ने योजना छ त्यसको लागी देशले पनि केहि अनुकुल बाताबरण प्रदान गरोस र हामी जस्तै लाखौ नेपाली जो बिदेशमा केहि सिप कला सिकेर देशमै केहि गर्न चाहन्छन । राज्यले त्यसको लागी पहल गर्नै पर्छ |

11800335_1017551688278538_9101231333534813799_n                                                                            झबिन्द्र बेल्बासे

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

संविधान दुई तिहाई बहुमतले पारित भयो | मैले अझै पढ्न भ्याएको छैन ।सुनिन्न्छ असन्तुष्ट धेरै छन तर मलाई भने संविधान आएकोमा खुसी लागेको छ । देशले एक थान संविधान त पायो अब आर्थिक सामाजिक राजनीतिक हरेक पक्षमा कानुनको प्रत्याभूति हुनु जरुरी छ ।भ्रष्टाचारको निर्मुल ,बिधिको शासन लगाएत म जस्ता हजारौ सर्मिकले देशमानै पसिना बगाएर खाने बाताबरण बन्नु आबश्यक छ ।

12030672_1628525420730411_1365403535_n                                                                            निर्गराज राई

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

मानौ देशमा इतिहासकै एउटा ठूलो ग्यामको अन्त्य भएको छ , त्यहाँ कसैले हार कसैले जित अनुभुति गरि रहेको छ । दुर्भाग्य ! सबै नेपालिको जित सहित आएको संविधान भए देशले दिगो शान्ति र समृद्धि तिर अघि बढेको अनुभुत गर्न सकिन्थ्यो ।अर्को चुनौती स्याल र र्याल उहीँ छ । भ्रष्टाचार /बलात्कार, गद्दार गर्ने ठाउ उस्तै छ । केही उपलब्धि नभएको भन्न चाहिँ मिल्दैनन । अधिकतम नभएनी निउनतम उपलब्धी भने नेपालि जनताले प्राप्त गरेकै हो । यधपी लाखौ जनतको त्याग र हजारौं को बलिदानले आएको संविधानले पूर्णतः भने पाएको भन्न मिल्दैन । हुनत यो संविधान अपरिवर्तन अभिलेख पनि होइन । तथापि नेपाली जनतले बारम्बार आफु जिउनु देशमा बलि बन्न नपरोस तसर्थ असन्तुष्टहरुलाइ पनि अधिकतम प्रयत्न गरेर सहमतिमा संविधान जारी होस हामी सबै नेपालीको जितको उत्सव मनाउन पाउ ।

12021927_170135673322525_1668882892_n                                                                        रमेश श्रेष्ठ 

देशमा संबिधान बन्यो कस्तो लागि रहेको छ ?

जसो तसो संविधान अाएकोमा खुशी छु । देशले तत्कालै अमन चैनको सास फेर्न सक्ने जादूको छडी नै संविधान होला जस्तो चाही मलाई लागेको छैन। अझै त्यस्ता तत्वहरु छन्,जस्ले गर्दा शान्ति होला जस्तो लाग्दैन तर अाशा गर्छु।देशले नया संविधानसगै शान्तिको सास फेर्नेछ।द्वन्दको नाममा लासको गन्ती हुनेछैन।दीन दु:खीका गास-बास अासु पोतिने छैनन्।देशले विकासको गती चाडै लिनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...