Advertisement
SKIP THIS

रोधीँ सांगीतिक सौगातको तयारी अन्तिममा चरणमा


धन गुरुङ

सोल-तमु धीँ कोरियाको आयोजनामा हुन लागेको रोधीँ सांगीतिक सौगात भाग ३ कर्मा ब्याण्ड लाइभ कन्सर्ट इन कोरिया साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । कोरियनहरुको महान चाड छुसकको अवसर परेर आयोजना गर्न लागेको उक्त कार्यक्रम सेप्टेम्बर २७ छुसकको दिन हुँदैछ ।

 

कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छ । कार्यक्रमको प्रचारप्रसारको काम अहिले तिव्र रुपमा भैरहेको छ । नेपालीहरुको बहुल्य रहेको शहरहरुमा पनि पोस्टरिङ गर्ने काम सबै सप्पन्न भैसकेको छ । अब हामी मुख्य दिनको कार्यक्रमको लागि केन्द्रित हुन्छौं तमु धीँका अध्यक्ष सुरज तमुले फोनिज कोरिया डटकमसंगको कुराकानीमा जानकारी दिए ।

 

कार्यक्रममा कोरियाको इतिहासमै पहिलोपटक आफ्नो लाइभ कन्सर्ट दिन लागेका नेपालको बहुचर्चित ब्याण्ड कर्मा, सुगम संगीतमा एकछत्र राज गर्न सफल चर्चित भर्सटाइल गायिका अन्जु पन्त र लोकदोहोरी क्षेत्रमा अहिले निकै चर्चामा रहन सफल गायिका कृष्णा गुरुङ्को बिशेष प्रस्तुति रहने छ ।

 

कार्यक्रमको तयारीको बारेमा जानकारी दिने हेतुले सेप्टेम्बर २० मा बृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको अन्तिम तयारी र अरु विविध विषयमा छलफल गर्नु पार्ने भएकोले सम्पुर्ण कोरियामा रहनु भएका तमु बुद्धिजीवी, ब्यापारी , बिद्यार्थी र दाजुभाई, दिदिबहिनीहरुमा निम्न स्थान, मिति र समयमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ तमु धीँले जारी गरेको सुचनामा भनिएको छ ।

 

स्थानः याक्सु छङ्गसोन्यान सुयोन ग्वान दोश्रो तल्ला

कोठा नं. २०४

मितिः २०१५ सेप्टेम्बर २०

समयः दिनको ठिक १२ बजे

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...