Advertisement
SKIP THIS

गुन्सानमा मोटिभेसन सेमिनार हुने


जीवन जीसी
गुन्सान-यहि अप्रिल २६ तारिक आइतबार तनाब ब्यबस्थापन तथा स्वनेतृत्व बिकाश प्रयोगात्मक प्रशिक्षण सेमिनार गुन्सान शहरको ओसिक्दोमा हुने भएको छ | ब्याबस्थापक ओसिक्दो माईग्रेन्ट सेन्टर र आयोजक  भ्यु अफ नेप्लिज ग्रुप, गुन्सानको संयुक्त पहलमा उक्त कार्यक्रम हुन लागेको हो |
दक्षिण कोरियामा नेपाली कामदारको बढ्दो चाँपसंगै देखिएका अनेकौ समस्या मध्य मानसिक समस्या जटिल बन्दै गैरहेको छ | कठिन काम , पारिवारिक बिछोड को पिडा , एक्लोपन , भाषा समस्या लगायत का कारण नेपाली कामदारहरुमा डिप्रेशन , अनिद्रा , नकारात्मक सोच बढ्ने जस्ता समस्याहरु दिनानुदिन बढ्दै गैरहेको छ | फलस्वरूप यस्ता समस्याले बिकराल रुप लिदै कोरियामा आत्महत्याको बाटो रोज्ने नेपालीहरुको संख्या समेत बढ्दो छ | यस्तो गम्भीर घट्ना सरकारी निकाय र संघ सस्थाहरुलाई अहिले चुनौतीपूर्ण भएकोछ | तर अहिलेसम्म कसैले पनि चासो र जिम्मा लिएको छैन |

यिनै बिषयहरुमा सरकारी निकाय र संघ सस्थाहरुलाई ध्यानाकर्षण गराउन  हाम्रो जीवन हाम्रो सोचका निर्देशक तथा  भ्यु अफ नेप्लिज ग्रुप, गुन्सनका संस्थापक युवा मनोबिद तथा उत्प्रेरक बक्ता राज संसार श्रेष्ठले तनाब, अनिद्रा , नकारात्मक सोच शारीरिक बिकार र मानसिक बिकारलाई निराकरण गर्दै सकारात्मक सोचबाट आफूभित्रका सम्भाबनालाई उर्जा मनोबल बाहिर निकाल्दै खुशी र सफल जीवन जिउने कला सिकाउने बताउनु भएको छ |मनोबिद श्रेष्ठको बैज्ञानिक प्रयोग “inner scanning inner touch ” नामक अनलाइन कार्यक्रम हाल अत्यन्तै लोकप्रिय बन्दै गैरहेको छ l उक्त कार्यक्रम को माध्यमबाट धेरैको आन्तरिक तथा मानसिक समस्या समेत हल भएको श्रेष्ठ को दाबी छ | साथै मनोबिद श्रेष्ठको उक्त कार्यक्रमबाट कोरियामा मात्र नभएर विश्वभरका प्रबाशी नेपालीहरु प्रभावित भएका छन् |

उक्त दिन यसै कार्यक्रमलाई लक्षित गरि स्थानीय कलाकार (क्यारीकेचरिस्ट) तथा वेब टिभीका  भिजे सन्दिप पाण्डे (रंगलाल बजे) को पनि बिशेष प्रस्तुति रहनेछ |युवा मनोबिद राज संसार श्रेष्ठको जन्म दिन परेको हुदा जन्मोत्सव मनाईने र ४ वर्षा १० महिना समय अबधि पुरा गरि नेपाल फर्कन लाग्नु भएकाले बिदाई कार्यक्रम पनि रहेको हुदा कोरियाममा रहेका  संघ सस्थाका बुद्दि जीबी, ब्यापारी, बिध्यार्थी, पत्रकार, लगायतका सम्पूर्ण व्यक्तिहरु उपस्थित भई सभ्य तथा भब्यताको साथ कार्यक्रम सफल पारिदिनु हुन भ्यु अफ नेप्लिज ग्रुपका अध्यक्ष उमेश राईले अनुरोध गर्नु भएको छ |
मिति: अप्रिल २६ तारिक आइतबार

समय: १२ बजेबाट
स्थान: ओसिक्दो दोङ्ग, गुन्सन (기쁨나눔교회
 군산시 오식도동 592-13 )
सम्पर्क:
उमेश राई-01059502875
दिपक खड्का- 01072198112
सालिक न्यौपाने- 01072637866
जिबन जी.सी.- 01059424858
खगेन्द्र मगर- 01072866633

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...