Advertisement
SKIP THIS

शनिबारबाट सुरु हुने छैटौं कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पुरा


 

काठमाडौं – शनिबार सुरुहुने छैटौं कोरियन भाषा परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । काठमाडौंका १५ र पोखराका तीन गरी १८ वटै केन्द्रमा आवश्यक तयारी सकिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लिराम वास्तोलाले जानकारी दिनुभयो ।

परीक्षा बिहान १० बजे र दिउँसो साढे दुई बजे गरी दुई सिफ्टमा सञ्चालन हुने छ । दुई दिनसम्म चल्ने परीक्षामा ५१ हजार १ सय ३७ जना परीक्षार्थी सहभागि हुँदैछन् । परीक्षा सञ्चालनका लागि ईपिएस कोरियाका भाईस प्रेसिडेन्टको नेतृत्वमा ५२ सदस्यीय टोली नेपाल आईसकेको छ ।

 

विगतका परिक्षामा नक्कली परीक्षार्थी फेला परेपछि यसपालि त्यसबाट सजग रहेको निर्देशक वास्तोलाले बताउनुभयो ।
परीक्षार्थीले आफ्नो प्रवेश पत्रसँगै नागरिकता वा राहादानी सक्कल सहित परिक्षा केन्द्रमा जानुपर्ने छ । दुई चरणमा परीक्षार्थी प्रमाणित गरेर मात्रै परीक्षामा सहभागि गराईने पनि उहाँले बताउनुभयो । भाषा परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन शाखाले सबैसँग आग्रह पनि गरेको छ ।

काठमाडौंका लिटिल एन्जेल्स स्कुल हात्तीवन, लिटिल एन्जेल्स कलेज हात्तीवन, हिमालयन ह्वाइट हाउस कलेज तीनकुने, एनके सिंह मेमोरियल इपिएस स्कूल नयाँ वानेश्वर, भिएस निकेतन कलेज तिनकुने, भिएस निकेतन स्कुल मिनभवन, युनिभर्सल कलेज मैतिदेवी, रेडन कलेज सामाखुशी, रेडियन्ट रिडर्स एकेडेमी सानेपा, आइडिएल मोडल स्कूल धोविघाटबाट परीक्षा सञ्चालन हुनेछ ।

 

एलआरआई स्कुल कलंकी, ल्याब्रोटरी स्कुल कीर्तिपुर, जेभियर इन्टरनेशनल कलेज कालोपुल, ह्वाइट हाउस इन्स्टिच्युट अफ साइन्स एण्ड टेक्नोलोजी खुमलटार र गोल्डेनगेट ईन्टरनेसनल कलेज बत्तिसपुतलीमा परीक्षा सञ्चालन गरिने शाखाले जनाएको छ ।

 

पोखरामा लिटिल स्टेप हाइयर सेकेण्डरी स्कुल सिमलचौर, स्टेप बाई स्टेप हाइयर सेकेण्डरी स्कुल मासबार र ग्लोबल कलिजियट हाइयर सेकेण्डरी स्कुल रानीपौवाबाट परीक्षा सञ्चालन हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...