Advertisement
SKIP THIS

धेरै केरा स्वास्थ्यको लागि खतरा !


केरा विश्वव्यापी फल हो र निकै स्वादिष्ट तथा सुलभ फल पनि हो । यो फल भिटामिन तथा लवण लगायतका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । त्यसैले दैनिक रुपमा केरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर आवश्यकता भन्दा धेरै मात्रामा केरा खानु स्वास्थ्यका लागि हानिकारक हुने र यसले ज्यानै लिन खतरा पनि हुनसक्ने बताइन्छ ।

यद्यपि यो दाबी एकजना बेलायती हाँस्यव्यंगकार रिकी गर्बाइयका साथी कार्ल पिलकिंग्टनको हो । साथीहरुबीचको छलफलमा कार्लले किटेरै भने : मैले एउटा तथ्य बताउँछु की यदि तपाइँहरुले एकैचोटी ६ वटा भन्दा बढि केरा खानुभयो भने त्यसले ज्यानै लिनसक्छ ।
केरामा प्रसस्तै पोटासियम लवण हुने भएकाले ६ वा सो भन्दा बढि केरा एकैचोटी खाँदा सरीरमा पोटासियमको मात्रा खतराको स्तरभन्दा माथि पुग्ने दाबी उनको छ ।

आखिर पोटासियम यति धेरै खतरनाक हुन्छ र ? बेलायतको लण्डनस्थित जर्ज अस्पतालका पोषण विज्ञ क्याथरिन कोलिन्स भन्छन् : वास्तवमा पोटासियम मानिसको स्वास्थ्यका लागि मात्र होइन बाँच्नकै लागि पनि अनिवार्य हुन्छ । सरीरका कोषिकाहरुमा यो लवण पाइन्छ ।

पोटासियमले सरीरका कोषिका तन्त्रलाई सही किसिमले संचालित गर्न मद्धत गर्दछ । यसले मुटुको गतिलाई नियमित र सन्तुलित बनाउँछ भने ब्लड सुगर तथा ब्लड प्रेसरलाई पनि नियन्त्रण गर्दछ ।

खतरा के छ ?

 

 

अर्कोतर्फ यदि सरीरमा पोटासियमको मात्रा धेरै बढि वा धेरै कम भयो भने मानिसको मुटुको गति अनियमित हुनसक्छ । त्यसका साथै पेट दुख्ने तथा झाडावान्ताको समस्या पनि पैदा हुनसक्छ ।
अमेरिकामा त मृत्युदण्ड पाएका अपराधीको ज्यान लिनका लागि पोटासियम क्लोराइडको सुइको प्रयोग गर्ने समेत गरिएको छ । किनकी सरीरमा पोटासियमकोे मात्रा अत्यधिक हुँदा त्यसले हृदयाघात गराउँछ र मानिसकेा ज्यानै जान्छ ।

त्यसोभए केरा खानै नहुने खतरनाक हो त ? दिनमा ६ वटा केराभन्दा धेरै खानै नहुने हो ? विज्ञहरुको भनाइ मान्ने हो भने डराइहाल्नुपर्ने छैन । पोषणविज्ञ कोलिन्सका अनुसार केरामा जुन स्तरमा पोटासियम पाइन्छ त्यस आधारमा सरीरमा पोटासियको विषाक्त मात्रा पुग्न र मानिसको ज्यानै जानका लागि दिनमा ४ सय वटा केरा खानुपर्ने हुन्छ ।

दिनमा ४ सय वटासम्म केरा खानु त असम्भव नै हो । त्यसैले हामीलेे आफ्नो स्वास्थ्य हेरिकन अघाउन्जी केरा खाएपनि त्यसले कुनै असर नपार्ने र उल्टै फाइदा पूराउने उनको भनाइ छ । उनका अनुसार केरा खाँदैमा मरिन्छ भन्ने कुरा असम्भव हो ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार एउटा वयस्कलाई दैनिक ३५ सय मिलिग्राम सम्म पोटासियम आवश्यक पर्छ । एउटा १२५ ग्रामको केरामा पोटासियमको मात्रा ४५० मिलिग्राम सम्म हुन्छ । यसको अर्थ दैनिक ७-८ वटा सम्म केरा खानु स्वास्थ्यका लागि ठीक्क हुनुका साथै फाइदाजनक पनि हुन्छ । त्यसभन्दा बढि खाँदा मानिसको ज्यान नै नगएपनि सरीरमा आवश्यकता भन्दा बढि पोटासियम आपूर्ति हुँदा केही न केही गडबडी त पक्कै हुन्छ ।

पोषणविज्ञ कोलिन्सका अनुसार पोटासियमको मात्रा उच्च भएका खानेकुराहरु खाँदा विचार भने पूराउनुपर्ने हुन्छ । अझ मृगौलाको रोग भएका विरामीहरुले सबैभन्दा धेरै सतर्कता अपनाउनुपर्ने हुन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...