चिलीमा ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्प
काठमाडौं-दक्षिण अमेरिकी देश चिलीमा ठूलो भूकम्प गएको छ । ८ दशमलव ३ म्याग्नेच्युडको भूकम्पका कारण राजधानी सान्टियागोमा भवनहरुमा क्षति पुगेको छ ।
सान्टियागोदेखि करिब २ सय ४६ किलोमिटर उत्तर-पश्चिमको तटीय क्षेत्रमा भूकम्प गएकाले सुनामी आउने चेतावनी दिइएको छ । प्यासेफिक सुनामी वार्निङ सेन्टरले सूनामीकोचेतावनी दिएको हो ।
अहिलेसम्म मानवीय क्षतिको खबर आएको छैन । भूकम्पको केन्द्र पृथ्वीको सतहदेखि पाँच किलोमिटरमात्र तल रहेको बताइएको छ ।
अमेरिकी अधिकारीहरुका अनुसार बुधबार स्थानीय समय अनुसार साँझ ७.५४ मा भूकम्प गएको हो । -(एजेन्सी)