Advertisement
SKIP THIS

कम सुत्ने युवाहरुले बढी आत्महत्या गर्छन्


सोल-दक्षिण कोरियामा कम सुत्ने युवाहरूले आत्महत्याको बारेमा सोच्ने र आत्महत्याको योजना बनाउने गरेको एक अनुसन्धानले देखाएको छ |
 
विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा यहाँ प्रकाशित प्रतिबेदन अनुसार कोरियामा कम सुत्ने युवाहरूले बढी आत्महत्या गर्ने गरेको उल्लेख हो |
 
विशेष गरी माध्यमिक विद्यालय र उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूमा यो समस्या देखिएको हो | उनीहरु औसत ६ घण्टा मात्र सुत्ने गर्छन ।
 
उल्जी विश्वविद्यालयका प्राध्यापक यू कि बोङ्का अनुसार ७ घण्टा भन्दा कम सुत्ने बिद्यार्थीहरूले ७ घण्टा सुत्नेहरूभन्दा १.५ गुणा आत्महत्याका बारेमा सोच्छन्।
 
अनुसन्धानका अनुसार अपर्याप्त निन्द्राले युवाहरूलाई आत्महत्याको योजना बनाउन प्रेरित गर्छ। ७ घण्टा भन्दा धेरै सुत्नेहरूमा भन्दा ७ घण्टा भन्दा कम सुत्नेहरूमा आत्महत्याको योजना बनाउने कार्य १.७ गुणाले बढी हुन्छ।
 
यस अनुसन्धान २०११ देखि २०१३ सम्म गरी कोरियाका १४ देखि १९ वर्ष सम्मका १ लाख ९१ हजार ६ सय ४२ युवाहरूमा गरिएको अनुसन्धानमा आधारित तथ्यांक हो । उक्त अनुसन्धान ब्रिटिस जर्नलमा समेत प्रकाशित छ ।
 
कारियन सोसाइटि अफ स्लिप मेडिसिनका अनुसार कोरियन विद्यार्थीहरू दिनमा औसत ६.६५ घण्टा सुत्छन्, कोरियामा स्कूल विद्यार्थीहरू मर्नुको पहिलो कारण आत्महत्या र त्यसपछि मात्र दुर्घटना र क्यान्सरका कारणले मर्छन्।
 
द कोरिया टाइम्सका अनुसार विद्यार्थीहरू पर्याप्त सुत्न नपाउनुको मुख्य कारण उच्च अंक प्राप्तिको लागी बाबुआमाबाट पढाईको प्रेसर रहेको छ । विश्वविद्यालय प्रवेश परिक्षाको लागी विद्यार्थीहरू स्कूल अथवा ट्यूसनमा धेरै समय बिताउने गरेका छन् ।
 
राम्रो विश्वविद्यालयबाट स्नातक गरेमा उज्जवल भविष्य अनि समाजमा प्रतिष्ठित हुने र जसले स्नातक गर्न सक्दैनन् तिनीहरूबाट कतिले चाहिं आत्महत्या गर्छन् ।
 
लेखक यू का अनुसार निंद्राको समयले आत्महत्या मूल्याङ्कन गर्ने हुदाँ स्कूल र बाबुआमाले आफ्ना विद्यार्थी अथवा छोराछोरीलाई ७ घण्टा सुत्नलाई प्रेरित गर्नुपर्छ ।
 
आत्महत्याको अनुपात युवाहरूमा मात्र नभई उमेर ढल्केका मानिसहरूलाई पनि प्रभाव पारेको छ । २०१३ को तथ्याङ्क अनुसार १४ हजार ४ सय २७ जनाले आत्महत्या गरेका थिए | यसको अर्थ १ लाख जनामा २८.५ जनाले आत्महत्या गर्नु हो ।
 
सरकारलाई आत्महत्या रोकथाममा ध्यान पुर्याउन विशेषज्ञहरूले सुझाव दिएका छन् | आत्महत्याको अनुपात उच्च हुनु भनेको मानिसहरू जीवनलाई कठिन सम्झनु हो। विशेषज्ञहरुले भनेका छन् -‘यो कुनै व्यक्तिगत समस्या नभई जटिल सामाजिक समस्या भएकोले सरकारले यसलाई सम्बोधन गर्नुपर्छ |’
 
आत्महत्या रोकथाम हुन नसक्नुमा ती बिशेषज्ञहरुले अपर्याप्त बजेटलाई मानेका छन् । कोरियन सरकारले यस वर्ष आत्महत्या रोकथामको लागी ८.९ अर्ब वन मात्र छुट्याएको छ | जापनी सरकारले हरेक वर्ष यस विषयमा ३ सय अर्ब वन् छुट्याउँने गर्दछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...