Advertisement
SKIP THIS

मनोजलाई सहयोगको आवश्यक


सोल-प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हात हरु महान हुन्छन, तपाई हाम्रो हातहरु पनि महान बनाऔ मृगौला पिडितलाई सहयोग गरेर विदेशमा पसिनै बगाएर भएपनी राम्रोसँग कमाउँला र परिवारसँग खुसीका साथ जिबन बिताउने सपना थियो च्यासिङ्खर्क गा.वि.स.२, काभ्रेका ३० बर्षीय मनोजकुमार रुम्बाको ।

 

५ वर्ष विदेशमा पसिना बगाएर कमाएको पैसाले न त परिवारमा सुख नै दिन सके न त सपना नै पुरा गर्न नै । कारण हो उनको दुवै मृगौला फेल भएकोले l घरको आर्थिक अवस्था कमजोर भएका कारण साउदी अरबमा ५ वर्षसम्म क्याट्रिङ सर्भिसमा दुख र संघर्ष गर्दै घर फर्किका उनको सपना सपनामै सिमित भयो ।

 

२०७० साल असार २९ गते घर फर्केका उनको सुरुमा घुडा दुखेको लक्षण देखा पर्यो । स्वास्थ्यमा दिन प्रतिदिन समस्या बढेपछी साउन ८ गते बिर अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा युरिक एसिड (बाथ रोग) भएको रिपोर्ट देखियो तर खासै चासो लिएनन उनले । साउदीमा ५ वर्ष श्रम गरेका उनले विदेशमा गएर कमाएको पैसा पुरानो ऋण तिर्न मात्रै ठिक भएपछि फेरी विदेश जाने सोच बनाए l

 

 

काठमाण्डौ चुचेपाटीस्थित लालधनुस मेनपावर कम्पनीमा पासपोर्ट एल्पाई गरे मनोजले । मंसिरमा विदेश जाने भनेर स्वास्थ्य परिक्षणका लागि रगत र पिसाब जाँचेको भएपनी मृगौला सम्बन्धि समस्या देखीएको थिएन । एक्कासी घाँटी दुख्ने र नाकबाट रगत बग्न थालेपछि चैत्र ३० गते शिर मेमोरियल अस्पताल बनेपामा स्वास्थ्य परिक्षण गर्दा मृगौलामा समस्या भएको रिपोर्ट देखियो । सोही दिन चिकित्सकले त्यहाँ उपचार हुन नसक्ने भन्दै मडिकल कलेज तथा शिक्षण अस्पताल इमाडोल–६ ललितपुरमा रिफर गर्यो l अस्पतालमा दुबै मृगौला फेल भएको रिपोर्ट आएपछि उनी मर्नु र बाच्नुको दोसाधमा पुगे ।

 

 

एकतातिर निम्न परिवारमा जन्मिएकाले विहान बेलुका छाक टार्न समेत धौ–धौ छ अर्कोतिर विदेश गएर धन कमाई सुख संग बस्ने सपना साचेका उनी दुवै मृगौला फेल भएकोले उपचार गर्न समेत कठिन । घरको परिवार पाल्न ज्याला मजदुरी गर्नुपर्ने उनको बुबा रुद्र बहादुर रुम्बाले भने छोरोको उपचार गर्न घरको जाहे जेथा बेच्ने र लालपुर्जा समेत बन्धकीमा राखेर पनि मृगौला पिडित छोरालाई बचाउँन उनलाई हम्मेहम्मे परेका छ । सहयोगको लागी हातहरु थापे उनले छोराको उपचारको लागि कतैबाट सहयोग जुटाउन नसकेपछि अन्तत उनी दुखी बने। उपचारको लागि आफन्त र गाउँमा ऋण खोज्दै हिडेपनि ऋण पाएनन् उनले । उता छोरा मनोज दुवै मृगौलाले काम गर्न छाडेपछि मृत्युको मुखमा अस्पतालको बेडमा छट्पटाई रहेका छन् ।

 

धुलिखेल अस्पतालमा उपचार गरिरहेका उनलाई मृगौला प्रत्यारोपणको लागी १०/१२ लाख खर्च लाग्ने बताइएको छ । बिरामीमा बुबा रुद्रबहादुर रुम्बाले छोरा बचाउन आफ्नो मृगौला दिन तयार भए पनी आर्थिक अभाबका कारण मृगौला प्रत्यारोपण गराउन सकिरहेका छैनन l

 

त्यसकारण कोरियामा रहनु भएका नेपाली दाजु भाई दिदी बहिनी, विभिन्न संघ संस्था हरुलाई सहयोगको लागी अनुरोध गरिएको छ l

 

सहयोगका लागि सम्पर्क ब्यक्तिहरु:-

  1. तपस तामाङ 01047263748

acc.no. 676210165047 khyangnam bank(code no.039)(타파스)

  1. सानू कान्छालाल वाईबा 01059641729
  2. गुन्जमान तामाङ 01064639252
  3. बिजयकुमार थोकर 01048658420

नेपालको लागि – मनोजकुमार रुम्बा (बिरामी ) मो.न.:- 9803492326 acc.no.:- 081428724652001

सुकुमाया रुम्बा(श्रीमती बिरामिको ) nic bank (suryabinayak)

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • दक्षिण कोरियामा ‘लोटस् ल्यान्ट्रन फेस्टिभल २०२५’ सम्पन्न, सउल नेपाल गुम्बाले बुद्ध जन्जयन्ती कार्यक्रम मे ११ मा गर्ने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...