Advertisement
SKIP THIS

हुन्डी प्रयोग गरे पुनः कोरिया जान नपाइने


मोहन गुरुङ

काठमाडौं-रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा कार्यरत नेपालीले हुन्डीमार्फत रकम पठाए पुनः अर्काेपटक कोरिया जान नपाइने भएका छन् । कोरियाबाट गैरबैंकिङ माध्यम (हुन्डी)मार्फत बढी रेमिट्यान्स भित्रिन थालेपछि सरकारले यस्तो व्यवस्था ल्याउन लागेको हो ।

 

ईपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले ईपीएसमार्फत गएका कामदारलाई बैंकिङ च्यानल प्रयोग गर्न यस्तो बाध्यात्मक व्यवस्था गर्न लागिएको जानकारी दिए । “कोरियामा रहेका धेरैजसो नेपालीले अत्यधिक जोखिम मोल्दै हुन्डीमार्फत कारोबार गरिरहेका छन्,” उनले भने, “कोरियाबाट जति रकम आउनुपर्ने थियो, त्यसको १० प्रतिशत पनि बैंकमार्फत भित्रिएको देखिएन, हुन्डी कारोबार कामदारकै लागि पनि जोखिम छ र यसले राज्यको अर्थतन्त्रमा पनि नोक्सानी भइरहेको छ ।”

 

पुनः कोरिया जाँदा रेमिट्यान्स बैंकिङ प्रणालीमार्फत पठाए÷नपठाएको प्रमाण अनिवार्य पेस गर्नुपनेए व्यवस्था गर्न लागिएको बाँस्तोलाले बताए । “कोरियाबाट फर्किएका कामदारले पुनः जान कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) दिनुपर्छ,” उनले थपे, “बैंकिङ माध्यमबाट रकम नपठाएको पाइए उनीहरू सीबीटीमा सहभागी हुन पाउनेछैनन् ।” सीबीटी परीक्षा हरेक ३ महिनामा हुन्छ ।

 

ईपीएसमार्फत दक्षिण कोरियामा हालसम्म ३२ हजार ५ सय नेपाली कामदार पुगिसकेका छन् । तीमध्ये केही करार अवधि पूरा गरी फर्किसकेका छन् । हाल कम्तीमा पनि २५ हजार कामदार कोरियामा कार्यरत रहेको अनुमान छ । यो संख्याका आधारमा वार्षिक ५० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिनुपर्ने थियो । तर, अत्यधिक हुन्डी प्रयोगका कारण मुस्किलले ५ अर्बमात्रै बैंकिङ माध्यमबाट आइरहेको छ ।

 

हाल हुन्डीमार्फत कारोबार गर्दा कम्तीमा पनि ५ दलालमार्पmत च्यानल मिलाउँदै रकम पठाउनुपर्ने हुन्छ । “त्यसैले, हुन्डीमार्फत कारोबारमा धेरै जोखिम हुन्छ, १ जनाले धेरै रकम लिएर फरार भए कादारको बिजोग हुन्छ, महिनौंको तलब दलालको मुखमा जान्छ,” निर्देशक बाँस्तोला भन्छन्, “त्यो अवस्था रोक्ने हाम्रो उद्देश्य हो ।”

कोरिया सरकारसँग पनि हुन्डी कारोबार रोकी बंैकिङ च्यानल बढाउने विषयमा छलफल भइरहेको उनले बताए । यसमा दुवै सरकारको बराबर पहल हुने जानकारी उनले दिए ।

 

कामदारले हुन्डीमार्फत रकम पठाउँदा डलरको विनिमयदरभन्दा बढी रकम पाउँछन् । बैंकमार्फत रकम पठाउँदा विनिमयदर कम हुनुका साथै सेवा शुल्क पनि लाग्छ । त्यही भएर हुन्डी कारोबार फस्टाएको हो । स्वदेशबाट रकम पठाउँदा गाह्रो हुने भएकाले वास्तविक विनियमदरभन्दा बढी रकम दिनुपर्छ । विदेशबाट पठाउँदा भने राम्रो भाउ पाउँछन् ।-कारोबार

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कोरियामा चासोक तङनाम मनाइयो, पालामको लयमा झुम्यो सौल
  • नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको ७ औँ महाधिवेशन जनवरी ४ मा
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...