Advertisement
SKIP THIS

नेपाली महिला तस्करीमा साउदी कूटनीतिक अधिकारी संलग्न


काठमाडौं-दुई नेपाली महिला दिल्लीस्थित साउदी अरेबियाको दूतावासका कूटनीतिक कर्मचारीको प्रत्यक्ष संलग्नतामा दुई नेपाली महिला पाँच महिनायता शारीरिक शोषण बेहोर्न बाध्य भएको उजुरीका आधारमा भिसा सेक्सनका काउन्सेलर तहका कर्मचारी छानबिनमा परेका छन् ।

कान्तिपुर दैनिकको समाचार अनुसार हरियाणा, गुडगाउँको कैट्रोना कम्प्लेक्समा बस्ने ती कर्मचारीले आफूहरूलाई घरमा बन्दीसरह राख्दै अतिथिलाई जबरजस्ती यौनकर्ममा लगाउने गरेको बागलुङ र मोरङका पीडित महिलाले बयान दिएका छन् । माइती इन्डियामार्फत स्थानीय प्रहरीमा दर्ता भएको उजुरीका आधारमा प्रहरीले सोमबार दिउँसो दुवै महिलालाई कैट्रोना कम्प्लेक्स, ई–ब्लकबाट उद्धार गर्दै गुडगाउँ, फेज ३ को चौकीमा ल्याएको थियो । यो घटनाबारे नेपाली दूतावासमा जानकारी गराउने माइती इन्डियाका संस्थापक बालकृष्ण पाण्डेका अनुसार साउदी अरेबिया दूतावासका भिसा मामला हेर्ने काउन्सेलरमाथिको उजुरीमा कूटनीतिक र राजनीतिक तवरमा छानबिन हुने भएकाले तत्काल कारबाहीकै तहमा यो मामिला अघि बढिहाल्ने स्थिति भने छैन ।

‘प्रहरीमा काउन्सेलरसहितको नाममा प्रथम सूचनापत्र (एफआईआर) दर्ता गर्ने काम भइसकेको छ,’ नेपाली कांग्रेसको भ्रातृ संगठन जनसम्पर्क समितिका अध्यक्षसमेत रहेका पाण्डेले कान्तिपुरसँग भने, ‘तर कूटनीतिक तहमा पुगेको संवेदनशील विषय भएकाले यौन दुष्कर्म, मानव तस्करी वा कुन शीर्षकमा मुद्दा चलाउने भन्ने विषयमा अहिले परामर्श भइरहेको छ ।’ मानव तस्करीको सन्जालबाट बर्दिया–राजापुर हँुदै गाडीको बाटोबाट ५ महिनाअघि दिल्ली ल्याइएकी मोरङकी महिलाले आफूसहित बागलुङकी महिलालाई दिल्लीबाट एक महिनाका लागि साउदी अरेबिया लगिएको जानकारी दिइन् । उनका अनुसार, साउदीमा पनि घरभित्र थुनेर यौन दुष्कर्म गर्न लगाएको र अत्यास लागेर रुवाबासी गर्दा गुडगाउँ ल्याएर फेरि कैदीसरह घरमा राखिएको थियो । माइती इन्डियाले नेपाली दूतावासमा दिएको सूचनाअनुसार यी नेपाली महिलाको नामथरसँग उनीहरूको पासपोर्ट विवरण पनि नमिल्दो छ ।

‘मेरा घरमा शारीरिक अशक्त श्रीमान् छन्, स–साना २ छोराछोरी छन् । काठमाडौंकी एकजना चिनारु एजेन्ट दिदीले घरेलु काममा महिनाको १ हजार साउदी रियाल तलब दिने भनेपछि घर सल्लाहमै विदेश हिँडेकी हुँ,’ बागलुङकी महिलाले भनिन् । उनले दिल्ली आउने क्रममा एजेन्टलाई दिन र अरू पासपोर्टको काममा मात्रै १ लाख रुपैयाँ खर्च भइसकेको बताइन् । तर, बितेको ५ महिनामा एक रुपैयाँ पनि तलब नपाएको उनले सुनाइन् । उनका अनुसार काठमाडौंकी कल्पना नामकी एजेन्टले आफूहरूलाई दिल्लीसम्म आउने प्रबन्ध मिलाएको र दिल्लीमा अनवर नामका एजेन्टले साउदी अरेबियाका मालिकको घरमा पुर्‍याएका थिए ।

मोरङकी ५० वर्षीया महिलाका चार छोराछोरी र २ नाति–नातिना गाउँमा छन् । श्रीमानले अर्कै विवाह गरेर हिँडेपछि आफूखुसी विदेशमा कमाइमा हिँडेकी उनले यस्तो विपत्ति आइपर्ला भन्ने सपनामा पनि नसोचेको बताइन् । ‘न दिनमा खान पाइन्थ्यो, न रातमै सुत्न पाइन्थ्यो,’ उनले रुँदै सुनाइन्, ‘त्यही भएर त्यहीं साउदीको घरमा काम गर्ने एकजना दार्जिलिङकी बहिनीलाई सबै कुरा सुनाएर उनैमार्फत आज प्रहरीमा आएका हौं ।’ पाण्डेका अनुसार, गुडगाउँ प्रहरीको बयान र प्रारम्भिक कानुनी कामकारबाही पूरा गर्नासाथै सोमबार रातिबाटै माइती इन्डियाको जिम्मेवारीमा दुवै महिला आश्रयस्थलमा रहनेछन् ।

दिल्ली ट्रान्जिट हुँदै भइरहेको मानव तस्करी र नेपाली महिला बेचबिखनको पछिल्लो घटनाका रूपमा दर्ता भएको कूटनीतिक संलग्नताको यो घटनाबारे नेपाली दूतावासले विदेश मन्त्रालयलाई पत्राचार गरिसकेको काउन्सेलर राजेन्द्रमान श्रेष्ठले बताए । ‘यो कूटनीतिक संलग्नताको गम्भीर विषय भएकाले समस्या समाधानमा भारत सरकारको विदेश मन्त्रालयले आवश्यक सहयोग गर्नेछ,’ श्रेष्ठले भने, ‘यसबारे नेपाली दूतावासले प्रहरी–प्रशासनसहित सरोकारसम्बद्ध सबै निकायमा पत्राचारसहितको समन्वय गरिसकेको छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • तमू धीं कोरियाको महाधिवेशन सम्पन्न, अध्यक्षमा तेज बहादुर गुरुङ सर्वसम्मत
  • एनआरएनए कोरियाको संरक्षकमा डा. प्रकाश धमला र लक्ष्मी गुरुङ चयन
  • सम्झनामा समर, समुद्र र सन क्रूज रिसोर्ट
  • कम्पनी मालिक र टोली प्रमुख दोषि ठहर, दुवैलाई जेल सजाय
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...